काठमाडौँ- अनलाइनमार्फत ठगी गरेको आरोपमा ४ जना पक्राउ परेका छन्। उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
काभ्रेको नमोबुद्ध नगरपालिका–२ का ३१ वर्षीय सुदीप प्याकुरेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका–१ का ३० वर्षीय सञ्जय बस्नेत, नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ का १९ वर्षीय छेवाङ लामा र सिन्धुपाल्चोकको पाँचपोखरी थानपाल गाउँपालिका–५ का २१ वर्षीय करण तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जाल फेसबुक, ह्वाट्स् एप, इन्टाग्राम लगायतमा साथी बनाएर कुराकानी गरी विश्वास दिलाउने र विभिन्न सामानहरु गिफ्ट पठाइदिएको छु, भन्सार शुल्क पठाइदिनु भन्दै रकम हाल्न लगाएर ठगी गरेको खुलेको छ।
अनालइनमा लगानी गर्दा रकम दोब्बरले बढ्ने भन्दै आश्वासन दिँदै रकम हाल्न लगाएर पनि ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ। यो समूहले अहिलेसम्म १६ लाख ५९ हजार रुपैयाँ ठगी गरेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।