काठमाडौँ- कीर्ते तथा जालसाजी मुद्दामा फरार रहेका प्रतिवादीलाई प्रहरीले काठमाडौँको कालिमाटीबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका ५० वर्षीय अशोक सिंह छन्। काठमाडौँ जिल्ला अदालतले २०७० मा उनलाई १५ हजार ४ सय रुपैयाँ जरिवाना भराउने फैसला गरेको थियो।
लामो समयदेखि फरार उनलाई काठमाडौँ महानगरपालिका–१३ स्थित कालिमाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।