काठमाडौं-चेन्नइ सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लुरु जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा प्रवेश गरेको छ ।
घरेलु मैदानमा गए राति भएको खेलमा बेंग्लुरुले चेन्नइलाई २७ रनले पराजित गर्दै प्लेअफमा पुगेको हो । समान १४ अंक भए पनि नेटरनरेटमा चेन्नेइ, दिल्ली र लखनउलाई पछि पार्दै बेंग्लुरु चौथो स्थानमा रहन सफल भएको हो ।
२१९ रनको लक्ष्य पछ्याएको चेन्नइले ७ विकेट गुमाउँदै १९१ रन मात्रै बनायो । चेन्नइका रचिन्ल रवीन्द्रले ६१, रवीन्द्र जडेजाले ४२, अजिङ्क्या राहानेले ३३ र महेन्द्र सिंह धोनीले २५ रन बनाए ।
बेंग्लुरुका यश दयालले २, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज, लोकी फर्गुसन र क्यामरन ग्रीनले एक/एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बेंग्लुरुले ५ विकेटको क्षतिमा २१८ रन बनाएको थियो । बेंग्लुरुका कप्तान फ्याफ डु प्लेसिसले ५४, विराट कोहलीले ४७, रजत पतिडरले ४१, क्यामरन ग्रीनले ३८, ग्लेन म्याक्सवेलले १६ र दिनेश कार्तिकले १४ रनको योगदान गरे ।
चेन्नइका शार्दुल ठाकुरले २, तुशार देशपाण्डे र मिचेल स्यान्टनरले एक/एक विकेट लिए ।
यसअघि आईपीएलको प्लेअफका चार वटा टोलीको टुंगो लागिसकेको छ । १९ अंकका साथ कोलकाता पहिलो स्थानमा छ । प्लेअफ पुगिसकेका राजस्थान रोयल्स र सनराईजर्स हैदराबाद दोस्रो र तेस्रोका लागि प्रतिस्पर्धामा छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।