दमौली- तनहुँको व्यास नगरपालिका–३ स्थित मादी नदी किनारमा शनिबार एक जना बालकको शव भेटिएको छ। नदी किनारमा अन्दाजी १२/१३ वर्षीय बालकको शव भेटिएको हो।
मृत फेला परेका बालकको पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। मृतक बालकको सनाखतका लागि प्रयास भइरहेको उनको भनाइ छ।
स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।