काठमाडौं– भारतको चुनावी अभियानमा रहेका कन्हैया कुमारमाथि हातपात भएको छ।
माला लाउने बाहानामा उनलाई हातपात भएको एनडीटीभीले उल्लेख गरेको छ।
हातापात गर्नेलाई आम आदमी पार्टीले उजुरी दर्ता गरेको बताइएको छ। दिल्लीमा केन्द्र चुनावका उम्मेदवार कन्हैया कुमार भारतीय कांग्रेस पार्टीका नेता हुन्।
अघिल्लो चुनावमा उनी बिहारबाट कम्युनिस्ट पार्टीबाट उठेर पराजित भएका थिए। उनी भारतको जवाहरलाल नेहरु विश्वविद्यालयको स्वबियु सभापति भएर मोदी तथा बिजेपीविरुद्ध चर्को आन्दोलन र अभिव्यक्ति दिएर चर्चामा आएका युवा नेता हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।