एजेन्सी–इजरायलले हमासद्वारा बन्धक बनाइएकामध्ये ३ जनो शव फेला परेको जनाएको छ ।
हमासको कब्जामा रहेकामध्ये शानि लुइक, अमित बुस्किला र इत्झाक गेलेरेन्टरको शव फेला परेको इजरायली डिफेन्स फोर्स-आइडीएफले जनाएको हो । उनीहरुको ७ अक्टोबरमै हत्या गरी शव गाजामा ल्याइएको आइडीएफको भनाइ छ ।बन्धकहरुको शव हमासको सुरुङमा फेला परेको हो ।
हमासले गत ७ अक्टोबरमा इजरायलमा आक्रमण गरेपछि २ सय ५२ जनालाई बन्धक बनाएकामध्ये १ सयभन्दा बढीलाई रिहा गरेपनि बाँकी १ सय २५ जना अझै पनि हमासकै कब्जामा छन् ।
गत नोभेम्बरमा भएको एक साताको संघद्दर्ष बिरामका क्रममा १ सय ५ जना रिहा भएका थिए भने बाँकीमध्ये कति जना जीवित छन् भन्ने थाहा हुन सकेको छैन । इजरायल र हमासबीचको युद्धका क्रममा ३५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।