काठमाडौँ- नक्कली लाइसेन्स प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। बुधबार इलाका प्रहरी कार्यालय सल्यानमा कार्यरत कम्प्युटर अपरेटर गणेश भण्डारी र बिहीबार काठमाडौंको यातायात व्यवस्था विभागमा कार्यरत कर्मचारी दीपा न्यौपानेलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो।
योसँगै नक्कली लाइसेन्स प्रकरणमा पक्राउ पर्नेको संख्या ११ पुगेको सीआईबीले जनाएको छ।
यसअघि पक्राउ परेका आईटी इन्जिनियर सुरजप्रकाश अर्याल, इन्जिनियर हरिश भट्ट, शाखा अधिकृत नारायणप्रसाद पाण्डे, लाजरस सुनुवार, प्रदीप सुनार, अजित मिश्र, मिलन बाँस्तोला, बसन्त पाण्डे र बिर्जुकुमार चौधरी प्रहरीको हिरासतमा छन्।
यातायात व्यवस्था विभाग र यस मातहत कार्यालयमार्फत अनधिकृत रूपमा सवारी लाइसेन्स जारी हुने गरेको भन्ने गुनासोको आधारमा विभागले अध्ययन थालेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।