• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ २४, २०८३ Sun, Jun 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नीति तथा कार्यक्रममा स्वास्थ्य

कान्ति, ट्रमा, वीर लगायतका अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन कति सम्भव?

अहिलेकै जनशक्ति, पूर्वाधार र बजेटमा कार्यान्वयन गर्न सकिन्छ?
लक्ष्मी चौलागाईं बिहीबार, जेठ ३, २०८१  ११:१४
1140x725

काठमाडौं- सरकारले संघीय अस्पतालहरुलाई कार्यबोझको आधारमा पुर्नसंरचना गर्दै पर्याप्त जनशक्ति भएका अस्पतालमा दुई सिफ्टमा बहिरंग (ओपिडि) सञ्चालन गर्ने नीति लिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

आगामी आर्थिक वर्षदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायतका पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले नीति तथा कार्यक्रममा समेटेको उक्त विषय कार्यान्वयनका लागि पूर्वाधार र जनशक्ति हुन जरुरी हुन्छ। अहिलेको पूर्वाधार र जनशक्तिले सरकारको नीति कार्यान्वयन गर्ने सकिने अवस्था छ कि छैन? कसरी कार्यान्वयन गर्न सकिन्छ? नीति तथा कार्यक्रममा नाम लिइएका तीनवटै अस्पतालको नेतृत्व गरिरहेका चिकित्सकहरुले यस्तो बिचार प्रस्तुत गरेका छन्: 

विभागीय प्रमुखसँगको छलफलपछि निर्णय हुन्छ

dr-pankar-1704589903-1715837322.jpg

डा पंकज राय
निर्देशक, कान्ति बाल अस्पताल

सरकारको नीति तथा कार्यक्रम अन्तर्गत बिरामीको बढी चाप हुने कान्ति बाल अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन गरिने सरकारको  नीति तथा कार्यक्रम ज्यादै प्रशंसनीय छ।  

हाल कार्यरत जनशक्ति तथा पूर्वाधारबाटै कसरी दुई सिफ्टमा ओपिडी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा अस्पतालका विभिन्न विभागका प्रमुखसँग छलफल पश्चात् मात्रै निर्णय गर्न सकिन्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

विभागीय प्रमुखसँगको छलफल पश्चात् सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रम कार्यान्वयनमा रहेका असहजताको पहिचान तथा  कार्यान्वयन योजना बन्नेछन्।

नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको उक्त विषयलाई सकेसम्म छिटो कार्यान्वयन गर्नेतर्फ हाम्रो जोड हुनेछ। तत्कालका लागि भएकै जनशक्ति तथा पूर्वाधारको अधिकतम प्रयोग गरी सेवा सुरु गर्न सकिन्छ होला। तर,  दीर्घकालीन रुपमा भने यही जनशक्ति तथा पूर्वाधारबाट चलाउन सकिदैन। त्यसैले सुरु गर्दा नै सँगसँगै पूर्वाधारको विकास, जनशक्ति बढाउने र बजेट तर्जुमा गर्नेतर्फ पनि सोच्नुपर्ने हुन्छ।

दुई सिफ्टमा ओपिडी सञ्चालन हुँदा बिरामीहरुले आफ्नो अनूकुलमा स्वास्थ्य जाँच गराउन पाउने स्थिती हुन्छ। यो राम्रो पक्ष हो। एक सिफ्टमा मात्रै ओपिडी सञ्चालन भइरहँदा अस्पतालमा अत्याधिक भिडभाड हुने गरेको छ। दुई सिफ्टमा ओपिडी सञ्चालन हुँदा बिरामी संख्या बढेपनि भीडभाड भने कम हुने हुन्छ। यसले यहाँ काम गर्ने कर्मचारी वर्कलोड पनि स्वभाविक रुपमा घट्छ।

अस्पतालले पहिले त हालकै जनशक्तिबाट कसरी दुई सिफ्टमा सेवा विस्तार गर्न सकिन्छ भने खाका तयार पारेर मन्त्रालयलाई उक्त जानकारी दिनेछ। त्यसपश्चात् मात्रै सेवाको सुरुवात गर्नेछ।

कान्ति बाल अस्पतालको सेवालाई विस्तार गरी १ हजार बेडमा लैजाने तथा त्यसैअनुसार जनशक्ति तथा पूर्वाधारको विकास गर्नतर्फ सरकार सकारात्मक नै रहेको छ। कान्ति बाल अस्पतालको संरचना निर्माणका लागि करिब १ अर्ब बजेट नै छुट्याइएको तथा जनशक्ति थप गर्नका लागि ओएनएम सर्भे भएर अर्थ मन्त्रालयमा समेत पेश भइसकेको छ।

हाल कान्ति बाल अस्पतालमा दैनिक १२ सय भन्दा बढी बिरामीहरु ओपिडीमा आउने गरेका छन्। दुई सिफ्टमा सञ्चालन हुँदा बिरामी संख्या ६० प्रतिशतले बढ्ने आंकलन हामीले गरेका छौं । 

जनशक्ति व्यवस्थापन एकदमै महत्वपूर्ण छ

pramod_yadav-1715837273.jpg

डा प्रमोद कुमार यादव
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, ट्रमा सेन्टर

राष्ट्रिय ट्रमा सेन्टरमा पनि दुई सिफ्टमा ओपिडी सञ्चालन गरिने सरकारले नीति तथा कार्यक्रमको हामीले स्वागत गरेका छौं। सरकारको उक्त नीति तथा कार्यक्रम बिरामीका लागि निकै नै राम्रो कुरा हो। यद्यपि जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन भने यसका लागि अत्यावश्यक छ। पूर्वाधार भन्दा पनि यसका लागि जनशक्ति व्यवस्थापन एकदमै महत्वपूर्ण छ। 

केही जनशक्ति थप गरी उनीहरुको तलब तथा भत्तामा समेत केही फेरबदल गर्न सकेमा सरकारको उक्त कार्यक्रम कार्यान्वयन गर्न सहज हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यतालिका बनाएर दुई सिफ्टमा सेवा दिन सकिन्छ। 

यसरी दुई सिफ्टमा सेवा दिनकालागि हाल रहेको जनशक्तिमा ५० प्रतिशत थप गर्नुपर्छ। ओपिडी सेवामा  आउने बिरामीहरुको संख्या ६० प्रतिशतले बढ्ने सम्भावना रहन्छ। 

हाल राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक ५ सय भन्दा बढी बिरामीहरु ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गर्छन्। 

थप सेवा सुविधा प्रदान नगरी उक्त सेवा सुरु गर्न सकिँदैन

samaj_gautam1685409549-1715837191.jpg
डा समाज गौतम
उपनिर्देशक, वीर अस्पताल

वीर अस्पतालको ओपिडी सेवालाई दुई सिफ्टमा विस्तार गर्ने महत्वपूर्ण योजना सरकारले अघि सारेको छ। जुन निकै नै राम्रो योजना हो। यसले दिउसोको समयमा व्यस्त तथा कामकाजी बिरामीहरु समेत लाभान्वित हुनेछन्। 

हालकै अवस्थामा कार्यरत जनशक्तिलाई थप सेवा सुविधा प्रदान नगरिकन नै उक्त सेवा सुरु गर्न सकिदैन। नियमित सेवा गर्दा जनशक्ति थप गर्नुपर्ने हुन्छ। पूर्वाधारको विस्तार पनि सँगैसँगै गर्दै जानुपर्छ । यद्यपि कार्यक्रमको नतिजा आए नआएको तथा लक्षित वर्गसमक्ष कार्यक्रम पुगे नपुगेको समेत नियमित अनुगमन हुन जरुरी छ। 

पछिल्लो समय केन्द्रीय स्तरको अस्पताल वीरमा बिरामीको चाप एकदमै बढ्दो अवस्थामा छ। यहाँ दैनिक ३ हजारभन्दा बढी बिरामीहरु ओपिडी आउने गरेको उनी बताउँछन्। दुई सिफ्टमा हुँदा भीड केही घट्ने र बिरामीको संख्या बढ्ने सम्भावना रहन्छ । त्यसैले सरकारले नीति अनुसार बजेट छुट्या्उने र कार्यान्वयनमा लैजाने काम गर्ने अपेक्षा हामीले गरेका छौं।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी
सम्बन्धित सामग्री
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणत... आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)का अनुसार खाद्यजन्य रोगका कारण वार्षिक करिब चार लाख २० हजार जनाको मृत्यु हुने गरेको छ । आइतबार, जेठ २४, २०८३
‘देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ’: सञ्चारमन्त्री तिमिल्सिना रास्वपा धादिङको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले राजनीति कस्तो हुनुपर्छ भन्ने विषयमा नयाँ बहस (डिस्कोर्स... शनिबार, जेठ २३, २०८३
ताजा समाचारसबै
यी २८ जिल्लामा आज हुँदैछ रास्वपाको अधिवेशन आइतबार, जेठ २४, २०८३
ओमानलाई सजिलै हराउँदै फाइनलमा पुग्यो नेपाल आइतबार, जेठ २४, २०८३
दुई इरानी ड्रोनलाई गोली हानेर खसालेको अमेरिकाको दाबी आइतबार, जेठ २४, २०८३
हिमाली र पहाडी भागमा वर्षाको सम्भावना, तराईमा तापक्रम बढ्ने आइतबार, जेठ २४, २०८३
आज विश्व खाद्य सुरक्षा दिवस, दूषित खाद्यवस्तुका कारण बर्सेनि ६० करोड मानिस बिरामी आइतबार, जेठ २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा शनिबार, जेठ २३, २०८३
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
ट्रम्पको १७ महिने कार्यकालमा ४ हजार ६ सय भारतीय नागरिक अमेरिकाबाट निष्कासित शनिबार, जेठ २३, २०८३
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन शनिबार, जेठ २३, २०८३
‘बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो’ : प्रधानमन्त्री शाह शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्