• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
नीति तथा कार्यक्रममा स्वास्थ्य कान्ति, ट्रमा, वीर लगायतका अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन कति सम्भव? अहिलेकै जनशक्ति, पूर्वाधार र बजेटमा कार्यान्वयन गर्न सकिन्छ?
लक्ष्मी चौलागाईं बिहीबार, जेठ ३, २०८१  ११:१४
1140x725

काठमाडौं- सरकारले संघीय अस्पतालहरुलाई कार्यबोझको आधारमा पुर्नसंरचना गर्दै पर्याप्त जनशक्ति भएका अस्पतालमा दुई सिफ्टमा बहिरंग (ओपिडि) सञ्चालन गर्ने नीति लिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।

आगामी आर्थिक वर्षदेखि वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, कान्ति बाल अस्पताल लगायतका पर्याप्त जनशक्ति उपलब्ध भएका अस्पतालहरूमा बहिरंग (ओपिडि) सेवा दुई सिफ्टमा सञ्चालन हुने नीति तथा कार्यक्रममा उल्लेख छ।

सरकारले नीति तथा कार्यक्रममा समेटेको उक्त विषय कार्यान्वयनका लागि पूर्वाधार र जनशक्ति हुन जरुरी हुन्छ। अहिलेको पूर्वाधार र जनशक्तिले सरकारको नीति कार्यान्वयन गर्ने सकिने अवस्था छ कि छैन? कसरी कार्यान्वयन गर्न सकिन्छ? नीति तथा कार्यक्रममा नाम लिइएका तीनवटै अस्पतालको नेतृत्व गरिरहेका चिकित्सकहरुले यस्तो बिचार प्रस्तुत गरेका छन्: 

विभागीय प्रमुखसँगको छलफलपछि निर्णय हुन्छ

dr-pankar-1704589903-1715837322.jpg

डा पंकज राय
निर्देशक, कान्ति बाल अस्पताल

सरकारको नीति तथा कार्यक्रम अन्तर्गत बिरामीको बढी चाप हुने कान्ति बाल अस्पतालमा दुई सिफ्टमा ओपिडी सञ्चालन गरिने सरकारको  नीति तथा कार्यक्रम ज्यादै प्रशंसनीय छ।  

हाल कार्यरत जनशक्ति तथा पूर्वाधारबाटै कसरी दुई सिफ्टमा ओपिडी सेवा प्रदान गर्न सकिन्छ भन्ने विषयमा अस्पतालका विभिन्न विभागका प्रमुखसँग छलफल पश्चात् मात्रै निर्णय गर्न सकिन्छ। 

Ncell 2
Ncell 2

विभागीय प्रमुखसँगको छलफल पश्चात् सरकारले ल्याएको उक्त नीति तथा कार्यक्रम कार्यान्वयनमा रहेका असहजताको पहिचान तथा  कार्यान्वयन योजना बन्नेछन्।

नेपाल सरकारको नीति तथा कार्यक्रममा परेको उक्त विषयलाई सकेसम्म छिटो कार्यान्वयन गर्नेतर्फ हाम्रो जोड हुनेछ। तत्कालका लागि भएकै जनशक्ति तथा पूर्वाधारको अधिकतम प्रयोग गरी सेवा सुरु गर्न सकिन्छ होला। तर,  दीर्घकालीन रुपमा भने यही जनशक्ति तथा पूर्वाधारबाट चलाउन सकिदैन। त्यसैले सुरु गर्दा नै सँगसँगै पूर्वाधारको विकास, जनशक्ति बढाउने र बजेट तर्जुमा गर्नेतर्फ पनि सोच्नुपर्ने हुन्छ।

दुई सिफ्टमा ओपिडी सञ्चालन हुँदा बिरामीहरुले आफ्नो अनूकुलमा स्वास्थ्य जाँच गराउन पाउने स्थिती हुन्छ। यो राम्रो पक्ष हो। एक सिफ्टमा मात्रै ओपिडी सञ्चालन भइरहँदा अस्पतालमा अत्याधिक भिडभाड हुने गरेको छ। दुई सिफ्टमा ओपिडी सञ्चालन हुँदा बिरामी संख्या बढेपनि भीडभाड भने कम हुने हुन्छ। यसले यहाँ काम गर्ने कर्मचारी वर्कलोड पनि स्वभाविक रुपमा घट्छ।

अस्पतालले पहिले त हालकै जनशक्तिबाट कसरी दुई सिफ्टमा सेवा विस्तार गर्न सकिन्छ भने खाका तयार पारेर मन्त्रालयलाई उक्त जानकारी दिनेछ। त्यसपश्चात् मात्रै सेवाको सुरुवात गर्नेछ।

कान्ति बाल अस्पतालको सेवालाई विस्तार गरी १ हजार बेडमा लैजाने तथा त्यसैअनुसार जनशक्ति तथा पूर्वाधारको विकास गर्नतर्फ सरकार सकारात्मक नै रहेको छ। कान्ति बाल अस्पतालको संरचना निर्माणका लागि करिब १ अर्ब बजेट नै छुट्याइएको तथा जनशक्ति थप गर्नका लागि ओएनएम सर्भे भएर अर्थ मन्त्रालयमा समेत पेश भइसकेको छ।

हाल कान्ति बाल अस्पतालमा दैनिक १२ सय भन्दा बढी बिरामीहरु ओपिडीमा आउने गरेका छन्। दुई सिफ्टमा सञ्चालन हुँदा बिरामी संख्या ६० प्रतिशतले बढ्ने आंकलन हामीले गरेका छौं । 

जनशक्ति व्यवस्थापन एकदमै महत्वपूर्ण छ

pramod_yadav-1715837273.jpg

डा प्रमोद कुमार यादव
निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट, ट्रमा सेन्टर

राष्ट्रिय ट्रमा सेन्टरमा पनि दुई सिफ्टमा ओपिडी सञ्चालन गरिने सरकारले नीति तथा कार्यक्रमको हामीले स्वागत गरेका छौं। सरकारको उक्त नीति तथा कार्यक्रम बिरामीका लागि निकै नै राम्रो कुरा हो। यद्यपि जनशक्ति तथा पूर्वाधारको व्यवस्थापन भने यसका लागि अत्यावश्यक छ। पूर्वाधार भन्दा पनि यसका लागि जनशक्ति व्यवस्थापन एकदमै महत्वपूर्ण छ। 

केही जनशक्ति थप गरी उनीहरुको तलब तथा भत्तामा समेत केही फेरबदल गर्न सकेमा सरकारको उक्त कार्यक्रम कार्यान्वयन गर्न सहज हुन्छ। राष्ट्रिय ट्रमा सेन्टरमा कार्यतालिका बनाएर दुई सिफ्टमा सेवा दिन सकिन्छ। 

यसरी दुई सिफ्टमा सेवा दिनकालागि हाल रहेको जनशक्तिमा ५० प्रतिशत थप गर्नुपर्छ। ओपिडी सेवामा  आउने बिरामीहरुको संख्या ६० प्रतिशतले बढ्ने सम्भावना रहन्छ। 

हाल राष्ट्रिय ट्रमा सेन्टरमा दैनिक ५ सय भन्दा बढी बिरामीहरु ओपिडीमा स्वास्थ्य परीक्षणका लागि आउने गर्छन्। 

थप सेवा सुविधा प्रदान नगरी उक्त सेवा सुरु गर्न सकिँदैन

samaj_gautam1685409549-1715837191.jpg
डा समाज गौतम
उपनिर्देशक, वीर अस्पताल

वीर अस्पतालको ओपिडी सेवालाई दुई सिफ्टमा विस्तार गर्ने महत्वपूर्ण योजना सरकारले अघि सारेको छ। जुन निकै नै राम्रो योजना हो। यसले दिउसोको समयमा व्यस्त तथा कामकाजी बिरामीहरु समेत लाभान्वित हुनेछन्। 

हालकै अवस्थामा कार्यरत जनशक्तिलाई थप सेवा सुविधा प्रदान नगरिकन नै उक्त सेवा सुरु गर्न सकिदैन। नियमित सेवा गर्दा जनशक्ति थप गर्नुपर्ने हुन्छ। पूर्वाधारको विस्तार पनि सँगैसँगै गर्दै जानुपर्छ । यद्यपि कार्यक्रमको नतिजा आए नआएको तथा लक्षित वर्गसमक्ष कार्यक्रम पुगे नपुगेको समेत नियमित अनुगमन हुन जरुरी छ। 

पछिल्लो समय केन्द्रीय स्तरको अस्पताल वीरमा बिरामीको चाप एकदमै बढ्दो अवस्थामा छ। यहाँ दैनिक ३ हजारभन्दा बढी बिरामीहरु ओपिडी आउने गरेको उनी बताउँछन्। दुई सिफ्टमा हुँदा भीड केही घट्ने र बिरामीको संख्या बढ्ने सम्भावना रहन्छ । त्यसैले सरकारले नीति अनुसार बजेट छुट्या्उने र कार्यान्वयनमा लैजाने काम गर्ने अपेक्षा हामीले गरेका छौं।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी
सम्बन्धित सामग्री
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी हिउँ कम पग्लनु तथा वर्षा कम भएकाले नदीमा मिसिने खोलामा जल प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी आएको केन्द्रका प्रमुख इन्जिनियर पशु... सोमबार, जेठ ५, २०८२
रेशम चौधरीलाई थुन्न अनधिकृत पत्र लेखेका सर्वोच्चका अधिकृतलाई १ लाख रुपैयाँ जरिवाना सोमबार न्यायाधीश दिनबन्धु बरालको इजलासले अधिकृत विष्टसँग एक लाख रुपैयाँ धरौटी माग गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष... सोमबार, जेठ ५, २०८२
कोशीका सांसदहरू सवार गाडी दुर्घटना दुर्घटना भएको गाडीमा सांसदहरू नम्बरलाल धिमाल, राधाकृष्ण खनाल, मैयाँ श्रेष्ठ र विद्या चाम्लिङ थिए । गाडीमा सामान्य क्षति पुगेको तर, क... सोमबार, जेठ ५, २०८२
ताजा समाचारसबै
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
नदीमा पानीको प्रवाह कम हुँदा विद्युत् उत्पादनमा कमी सोमबार, जेठ ५, २०८२
‘मधेसको भूमिमा हिरा छन्, पहिचान गर्न बाँकी छ’ सोमबार, जेठ ५, २०८२
लागूऔषध सहित तीन जना पक्राउ सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
रविविरुद्धको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश आइतबार, जेठ ४, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
स्याउ बोकेको कन्टेनरबाट सात किलोबढी सुन बराबद आइतबार, जेठ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्