काठमाडौं- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार भएको छ। एउटा सरकारी बैठक सकेर बाहिर निस्कने क्रममा उनीमाथि गोली प्रहार भएको समाचार एजेन्सीहरुले जनाएका छन्।
स्लाभाकियाको राजधानी ब्राटिस्लाभाबाट करिब १८० किलोमिटरको दूरीमा रहेको ह्याण्डलोभास्थित एक सांस्कृतिक सामुदायिक केन्द्र अगाडि मानिसहरूसँग अभिवादन साटिरहेका बेला उनीमाथि आक्रमण भएको जनाइएको छ।
पेट, हात र खुट्टामा चोट लागेका फिकोलाई हेलिकोप्टरबाट अस्पताल लगिएको छ। उनको फेसबुक पेजमा दिइएको जानकारीअनुसार प्रधानमन्त्रीको अवस्था गम्भीर छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत गरेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।