काठमाडौँ- बेलायत पठाइदिने प्रलोभन देखाएर ४१ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बझाङको बुंगल नगरपालिका घर भई कीर्तिपुर बस्ने २३ वर्षीय योगेन्द्र बाग छन्।
सामाजिक सञ्जाल फेसबुकमा ‘निशा टुर्स लिमिटेड’ नामको आइडीमार्फत कुरा गरेर उनले पीडितहरूलाई बेलायतमा वर्किङ्ग भिसामा पठाउने सपना देखाएर रकम असुलेको प्रहरीले जनाएको छ।
४१ लाख १५ हजार असुलेपछि सम्पर्कविहीन भएका उनलाई कीर्तिपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनलाई ठगी मुद्दामा कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।