काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा सुनुवाइ सुरु भएको छ। दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन्।
सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको थियो। केही बेरअघि बहस सुरु भएको हो।
मुद्दामा न्यायाधीशले कुनै आदेश दिएनन् भने आज-भोलिमै फैसला आउन सक्छ। आज सुरूमा सरकारी वकिलहरुले बहस गरिरहेका छन्। त्यसपछि सन्दीपका वकिलहरूले बहसमा भाग लिने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।