काठमाडौं-जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति गुजरात टाइटान्स र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण रद्द गरिएको छ । टस नै हुन नसकेपछि दुवै टोलीले एक/एक अंक बाँडे ।
यससँगै गुजरात टाइटान्सको प्लेअफ सम्भावना सकिएको छ । १३ खेलबाट जम्मा ११ अंक जोडेको गुजरात ८औं स्थानमा छ । गुजरातले अब एक खेलमात्रै खेल्न बाँकी छ ।
यसअघि लगातार दुई संस्करणमा फाइनलमा पुगेको गुजरातले एकपटक उपाधि जितेको थियो ।
कोलकाता यसअघि नै प्लेअफमा पुगिसकेको छ । कोलकाताले एक खेल खेल्न बाँकी हुँदा १९ अंक जोडेर शीर्ष स्थानमा छ । दुई खेल खेल्न बाँकी राजस्थान रोयल्स १६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।