काठमाडौं- अनलाइनमार्फत बालबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ। सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई काठमाडौं माकलबारी बस्ने १९ वर्षीया अञ्जली अधिकारीलाई प्रहरीले पक्राउ गरेको हो।
अञ्जलीले आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई अनलाइन टाइपिङको रोजगारी दिने प्रलोभन देखाई अनलाइन यौन क्रियाकलापमा लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
सामाजिक सञ्जाल स्ट्रिप च्याटमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनलाई काठमाडौँको माकलबारीबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।
स्ट्रिप च्याटमा अकाउन्ट खोली लाइभ भिडिओ च्याटमा बस्न लगाई यौनका कुरा गर्ने, गोप्य अंग देखाउन लगाउने जस्ता कार्यमा बालबालिकाहरुलाई प्रयोग गरिएको पाइएको प्रहरीले जनाएको छ। ग्राहकसँग पहिल्यै रकम लिएर मात्रै भिडिओ च्याटमा बस्न लगाउने गरिएको पाइएको प्रहरीले जनाएको छ ।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।