काठमाडौं– इजरायली सेनाले आइतबार प्रभावित गाजा पट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ।
सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजा बीचको पश्चिमी इरेज क्रसिङ खोल्ने घोषणा गरेको हो। सेनाका अनुसार नयाँ क्रसिङ इरेज क्रसिङको पश्चिममा समुन्द्रको किनार नजिक रहेको छ।
इजरायली सेनाले गाजापट्टीको उत्तरमा सहायताका लागि मार्गहरू बढाउने प्रयासको रूपमा क्रसिङ निर्माण गरेको हो।
उत्तरी गाजाको जबलिया क्षेत्रमा ठूलो मात्रामा कारबाही सुरु गरेको बताएको छ। यसले जबलियाबाट पश्चिमी गाजा शहरमा रहेको आश्रयस्थलमा सर्वसाधारणलाई खाली गर्न आह्वान गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।