धनगढी- कैलालीको कैलारी गाउँपालिका- ८ मा दुई जना बालबालिकाको नदीमा डुबेर मृत्यु भएको छ। आइतबार दिउँसो साढे १ बजे लोहरपुर तेडी बाँधमा नुहाउने क्रममा ती बालबालिकाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
नदीमा डुबेर गम्भीर अवस्थामा पुगेका ७ वर्षीय अमिल खड्का र १३ वर्षीया दुर्गा साँउदको मृत्यु भएको प्रहरीले जनाएको छ।
गम्भीर अवस्थामा खड्काको उद्धार गरेर उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको हो। साँउदलाई भने थप उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।