गाजा- गाजापट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको संख्या ३४ हजार ९७१ पुगेको छ। ७८ हजार ६४१ घाइते भएका छन्।
हालको द्वन्द्व अक्टोबर ७, २०२३ मा सुरु भएको थियो। गत २४ घण्टाको अवधिमा इजरायली सेनाले तटीय एन्क्लेभमा २८ प्यालेस्टाइनीको हत्या गरेको छ भने अन्य ६९ जनालाई घाइते बनाएको छ।
इजिप्टको कायरोमा बिहीबार इजरायल र हमासबीचको युद्धविरामको वार्ता असफल भएपछि इजरायलले प्यालेस्टिनी शहर रफाहमा आक्रमणलाई तीब्र पारेको छ।
यसअघि शनिबार इजरायली सेनाले पूर्वी रफाहमा रहेका प्यालेस्टाइनी बासिन्दाहरूलाई ती क्षेत्रहरूमा हमास लडाकुहरूलाई लक्षित गर्दै आगामी सैन्य कारबाहीहरू उद्धृत गर्दै थप खाली गर्न आदेश दिएको थियो।
- सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।