काठमाडौं– संयुक्त राष्ट्र महासभाले शुक्रवार प्यालेस्टिनीलाई संयुक्त राष्ट्रको पूर्ण सदस्य बन्नको लागि योग्यताको रूपमा मान्यता दिँदै र सुरक्षा परिषद्लाई यस विषयमा अनुकुलताका साथ पुनर्विचार गर्न सिफारिस गर्दै समर्थन गर्ने प्रश्ताव पारित गरेको छ।
प्रश्तावको पक्षमा १४३ मत र अमेरिका र इजरायलसहित ९ विपक्षमा र २५ देशले भाग लिएका थिए। चीनले प्रश्तावको पक्षमा मतदान गरेको थियो।
प्रश्तावले प्यालेस्टाइन राज्य सदस्यताका लागि योग्य रहेको बताएको छ। संयुक्त राष्ट्रसंघका लागि साउदी अरेबियाका स्थायी प्रतिनिधि अब्दुलअजीज अलवासिलले प्रश्तुत गरिएको प्रश्ताव पूर्णरूपले मिल्दोजुल्दो रहेको बताए।
अन्तर्राष्ट्रिय समुदायको इच्छालाई कार्यान्वयन गर्न र मध्यपूर्वमा साँचो शान्ति स्थापना गर्न योगदान पुर्याउन खोजेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।