काठमाडौं– रंग पत्रकारिता हुँदै सिनेमा लेखन तथा निर्देशनमा होमिएका लक्ष्मण सुवेदीको स्वपन योजना ‘सतीदेवी’ले आफ्नो रिलिज मिति घोषणा गरेको छ। घोषणा अनुसार सिनेमा साउन ४ गते अल नेपाल रिलिज हुनेछ।
सोमबार वितरक कम्पनीसँग सिनेमा ४ गते रिलिज गर्ने सम्झौता भएको छ। अभिनेत्री मलिका महतलाई जुत्ताको मालासहित कालो मोसो दलेर गाँउलेहरुले लखेटिरहेको पोस्टर रिलिज गरेपछि सिनेमा स्पटलाइटमा परेको थियो।
देशभित्र भएका फिल्म फेस्टिभलमा सिनेमा सर्वोत्कृष्ट सिनेमा घोषित हुँदै पुरस्कृत भइसकेकाले सिनेमालाई लिएर नेपाली सिनेनगरी उत्सुक छ। दर्शकलाई फिल्म मनपर्नेमा निर्देशक सुवेदीले बताउँदै आएका छन्।
मलिकाको मुख्य भूमिका रहेको सिनेमामा रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको अभिनय छ।
दिलासा र साराको प्रस्तुति रहेको फिल्मलाई श्रीदेवी, दिलासा र सारा सुवेदीले निर्माण गरेका हुन। नेपाली समाजमा छोरीको स्थान र भूमिकाप्रति रहेको द्वेषपूर्ण नजरमाथि लक्ष्मणले सिनेमाको कथानक बुनेका छन्।
दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदीले नै लेखेका हुन्।
सिनेमामा बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ। काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्टले वितरण गर्ने सिनेमालाफ उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।