काठमाडौं– आन्तरिक बसाईं सर्नेको संख्या गण्डकी प्रदेशमा सबैभन्दा बढि रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
पाँच वर्षमा गण्डकी प्रदेशमा प्रतिलाखमा ४ हजार २७ जना बसाईं सरेका कार्यालयको तथ्यांकमा उल्लेख। यस्तै बागमती प्रदेशमा करिव १ लाखमा ५४ जना बसाईं सरेको तथ्यांकले देखाएको छ।
कर्णाली प्रदेशमा प्रतिलाख ३७ सय छन् भने तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ। ५ वर्षको अवधिमा एक लाखमा ३७ सय ५२ जना वाह्य बसाईं सराई भएका छन्।
प्रादेशिक रुपमा हेर्दा सबैभन्दा बढी सुदूरपश्चिममा एक लाखमा ७ हजार ३५९ जना बसाईं सरेका छन्।
दोस्रो स्थानमा गण्डकी प्रदेश रहेको छ। लुम्बिनी र कर्णाली क्रमशः तेस्रो र चौथो स्थानमा छन्। सबैभन्दा कम अन्तर्राष्ट्रिय बसाईंसराई भएकाहरुको प्रदेश मधेस प्रदेश रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।