काठमाडौं– क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि स्थगित भएको छ। न्यायाधीशले हेर्न नमिल्ने भन्दै स्थगित गरेका हुन्।
अर्को पेसी जेठ १ गतेलाई तोकिएको छ। बलात्कार मुद्दामा जिल्लाको फैसलाविरुद्ध उनी उच्च अदालत पुगेका हुन्।
सन्दीपको मुद्दाको पेसी पाटन उच्च अदालतका मुख्य न्यायाधीस नृपध्वज निरौला र न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासमा परेको थियो।
अघिल्लो पेसीमा इजलासले सन्दीपको मुद्दालाई प्राथमिकतामा राखेर हेर्ने आदेश दिएबमोजिम मुद्दाले अग्राधिकार पाएको थियो। तर, मुद्दाको सुनवाइ हुनेमा सन्दीपका कानून व्यवसायी ढुक्क थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।