काठमाडौं– नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको अन्तिम टी–२० खेलमा नेपाललाई पहिलो झड्का लागेको छ।
पहिलो विकेटका रुपमा नेपालले ओपनर कुशल भुर्तेललाई गुमाएको हो। उनले १३ रन बनाए। भर्तेलको दोहोरो अंकमा यो रन धेरै समयपछि आएको हो। लगातार खराब फर्ममा रहेका भुर्तेलले आज दोहोरो अंकमा रन बनाएका हुन्।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रनको थियो।
वेष्ट इन्डिज ‘ए’ का लागि एलिक अथान्जले सर्वाधिक रन बनाए । अथान्जे ३५ रनमा अविजित रहे। रोस्टन चासेले ३३ र जोनसन चाल्र्सले २४ रन बनाएर आउट भए । फाबिएन एलेन ३३ रनमा अविजित रहे।
बलिङमा नेपालका सागर ढकाल र सोमपाल कामीले ३ – ३ विकेट लिए। सोमपालले एकैओभरमा दुई विकेट लिएको थियो।
अभिनाश बोहोराले एक विकेट लिए। वेष्ट इन्डिज ‘ए’ले सिरिजको उपाधि जितिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।