काठमाडौं– वेस्ट इन्डिज ‘ए’ सँगको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ।
टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ वेस्ट इन्डिज ‘ए’ले ६० रन जोड्दा तीन विकेट गुमाएको छ। यसअघि २१ रनमा पहिलो विकेट गुमाएको थियो।
नेपालका लागि तीनवटै विकेटल सागर ढकालले लिएका हुन्। दोस्रो ओभरको चौथो बलमा सागर ढकालले वेस्ट इन्डिज ‘ए’ का जोनसन चाल्र्सलाई ५ रनमा आउट गरेका थिए। उनको नेपालका कप्तान रोहित पौडेलले उत्कृष्ट वान ह्यान्डेड क्याच लिएका हुन्।
दोस्रो विकेटका रुपमा कदीम एलियाने आउट भएका थिए। उनलाई ढकाल आफैंले क्याच आउट गरेका हुन्।
तेस्रो विकेटका रुपमा सागरले मार्क डेयललाई कप्तान रोहित पौडेलबाट क्याच आउट गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।