काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ‘ए’ बीचको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।
टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध वेस्ट इन्डिज ‘ए’ ले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।
लगातार तीन खेलमा जित निकाल्दै वेस्ट इन्डिज ‘ए’ ले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।
नेपाली टीम: रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा, प्रतिश जिसी र सागर ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।