एजेन्सी– संयुक्त राष्ट्रसङ्घको महासभाले बिहीबार मे २४ लाई अन्तर्राष्ट्रिय ‘मारखोर दिवस’को रूपमा घोषणा गर्ने प्रस्ताव पारित गरेको छ।
मारखोर पाकिस्तानको राष्ट्रिय जनावर हो र यसलाई अङ्ग्रेजीमा स्क्र्यु–हर्न गोट पनि भनिन्छ।
उक्त प्रस्तावले अन्तर्राष्ट्रिय मारखोर दिवस विश्वव्यापी रूपमा मनाउन आह्वान गरेको र समग्र पारिस्थितिकीय प्रणालीमा मारखोरको भूमिकालाई ध्यानमा राख्दै त्यसको संरक्षणका लागि अन्तर्राष्ट्रिय र क्षेत्रीय सहयोग अभिवृद्धि गर्नका लागि सबै सरोकारवालाहरूलाई उचित ध्यान दिन आमन्त्रण गरेको छ।
यसले संयुक्त राष्ट्र वातावरण कार्यक्रमलाई अन्तर्राष्ट्रिय दिवस मनाउन सहजीकरण गर्न आमन्त्रित गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।