काठमाडौं– नेपाल भ्रमणमा रहेको वेस्टइन्डिजको ‘ए’ टिमविरुद्ध चौथो खेलमा पनि नेपालको टप अर्डर फ्लप भएको छ। मात्र ७ ओभरमा नेपालले तीन विकेट गुमाइसकेको छ।
पछिल्ला हरेक खेलजस्तै आजको खेलमा पनि नेपालको ओपनिङ चल्न सकेन। ओपनर आशिफ शेख शून्य रनमै आउट भए भने कुशल भुर्तेलले जम्मा एक रन मात्र बनाउन सके।
यस्तै अर्का हिटम्यान भनिएका कुशल मल्ल पनि चार रन बनाएर आउट भए। यतिबेला क्रिजमा कप्तान रोहित पौडेलले सम्हालिरहेका छन्। उनलाई सन्दीप जोराले साथ दिएका छन्।
८ ओभर सकिँदा नेपालले तीन विकेटको क्षतिमा ६० रन बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।