काठमाडौं– वेस्टइन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले चौथो खेलमा पहिलो विकेट निकालेको छ।
नेपालका लागि प्रतिश जिसीले पहिलो विकेट लिएका हुन्। दोस्रो ओभरको पहिलो बलमै वेस्टइन्डिजका ओपनर एलिक एथानाजकलाई सन्दीप जोराबाट क्याचआउट गराएका हुन्।
मध्याह्न सवा १२ देखि सुरु भएको खेलमा पनि वेस्टिइन्डिजले टस जित्दै नेपाललाई फिल्डिङको निम्तो दिएको हो। पाँच खेलको सिरिजमा वेस्टइन्डिज ‘ए’ले अघिल्ला ३ खेलमा दुई वटामा जितेको छ भने एउटामा हार व्यहोरेको छ।
सिरिज जित्ने सम्भावना कायमै राख्न नेपालले आज जित्नैपर्ने हुन्छ। पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भए पनि त्यसपछि दोस्रो खेलमा १० रन र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो।
नेपालले अर्को महिना वेस्टइन्डिज र अमेरिकामा हुने आईसीसी टी-२० विश्वकप खेल्ने अन्तिम १५ सदस्य टोली घोषणा गरेकाले यो खेल नेपाली टोलीका लागि परीक्षा हुनेछ।
कप्तान रोहितले सुरुआती दुई खेलमा ११२ र ७१ रन बनाएका थिए। तेस्रो खेलमा भने विश्राम गर्दै दीपेन्द्रलाई कप्तानी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।