काठमाडौं- नेपाल तेस्रो टी-२० सिरिजमा नेपाल वेस्टइन्डिज ‘ए’ सँग ७६ रनले पराजित भएको छ। आज पराजित भएपछि वेस्टइन्डिजसँग नेपाल २-१ ले पछाडि परेको छ।
२२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.२ ओभरमा १५१ रनमा अल आउट भयो। टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले जोनसनको शतकमा २ सय २८ रन बनाएको हो।
नेपालका तर्फबाट लोकेश बमले २९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए।
त्यस्तै करण केसीले १७ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाए। विनोद भण्डारी १५ बलमा ४ चौकासहित १९, अनिल शाह १४, आरिफ शेख ३, कुशल मल्ल २०, गुलशन झा ६, विवेक यादव ३ र दीपेन्द्रसिंह ऐरी ७ रनमा आउट भए।
वेस्टइन्डिजका लेग स्पिनर हायडन वाल्सले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। गुडाकेश मोतीले ४ ओभरमा २८ रन खर्चेर २ विकेट लिए। ओबेद म्याककोय, म्याथ्यु फर्ड र फबिएन एलेनले १-१ विकेट लिए।
पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा नेपाल १० रनले पराजित भएको थियो। चौथो खेल बिहीबार र अन्तिम खेल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।