काठमाडौं-वेस्ट इन्डिज ए सँगको सिरिजअन्तर्गत नेपालले आज तेस्रो खेल खेल्दैछ ।
खेल मध्याह्न सवा १२ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । आजको खेलका आधारमा नेपालले टी२० विश्वकपका लागि केही खेलाडीसमेत छनोट गर्नेछ ।
५ खेलको सिरिजमा दुवै टिम अहिलेसम्मका २ खेलमा १–१ को बराबरीमा छन् । पहिलो खेलमा नेपाल रोहित पौडेलको शानदार शतकमा २०५ रनको लक्ष्य पूरा गर्दै ४ विकेटले विजयी भएको थियो ।
तर दोस्रो खेलमा १६१ रन भेट्याउन नसकी १० रनले पराजित भएको थियो । दोस्रो खेलमा रोहितले ७१ रन बनाएका थिए भने अन्य ब्याटर चल्न सकेका थिएनन् ।
चौंथो खेल बिहीबार र पाँचौं खेल शनिबार हुनेछ ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी ।
वेस्टइन्डिज ए टोली
रोस्टन चेश(कप्तान), एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।