• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

पूर्वबाट नेपथ्यद्वारा नयाँ वर्षको भव्य सुरुवात

64x64
नेपाल लाइभ शनिबार, वैशाख १, २०८१  १४:०७
1140x725

बिर्तामोड– स्थानीय डोमालाल रंगशालामा शुक्रबार लोकरक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो।’

अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएको थियो। यसरी वर्षकै अन्तिम साँझ मौसमी अनुकूलताका बीच ठीक साढे छ बजे कन्सर्ट प्रारम्भ भयो। ब्याण्डले पूर्वी भेगबाटै संकलित ‘कोशीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो।

नेपथ्यका अधिकांश प्रस्तुतीहरुमा मध्यतिर मात्र देखिने दर्शकहरुको चर्को उत्तेजना अनि जताततै नृत्यको दृश्य यसपाला बिर्तामोडमा भने प्रारम्भदेखि देख्न पाइयो। अघिल्लो लहरमै उभिएर सुरुदेखि नृत्य गर्ने समूहमा बिर्तामोड–६ की रेशु भुजेल देखिन्थिइन्। उत्तिकै नाच्ने साथीहरु सिमा र प्रतिमाको साथमा आएकी रेशुले कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा दुइवटै हातका बुढी औंला उचालिन्, आँखा झिमिक्क पारिन् र भनिन् ‘गज्जब’।

‘कोशीको पानी’ पछि क्रमैसँग ‘भेँडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुसँग संवादको थालनी गरे। ‘बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीहरुलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,’ उनले दर्शकहरुतर्फ हात फैलाउँदै भने, ‘भोली यो पूर्वी भेगबाट हुने सूर्योदयले हामी सबैको जीवनमा सुख र शान्ति ल्याओस्।’

कार्यक्रम सुरुहुनुभन्दा दुइ घन्टा अगावैदेखि मैदानमा उपस्थित भएर साथीहरुसँग रमाइलो गरिरहेका देखिने बिर्तामोडका दर्शकहरु अन्य कतिपय मामलामा पनि विशिष्ट देखिन्थे। पहिरनदेखि लिएर संगीत अनुकूल शरिरका बान्कीहरु सम्म मिलेको देख्दा यो सहरमा पश्चिमा साँगीतिक जमघटको प्रभाव भित्रिएको महशुस हुन्थ्यो।

Ncell 2
Ncell 2
nimb
nimb

कार्यक्रममा त्यसपछि अमृतले ब्याण्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माँग्दै ‘आँगनैभरि’ सुनाएका थिए। त्यसलाई ‘लामपाते सुरती’ र ‘चरि मरयो’ गीतले निरन्तरता दिएको थियो।

कार्यक्रम अघि बढ्दै जाँदा एक ठाउँमा अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाइरहेका थिए। त्यसमा करिब २० वर्षकी सरिता पाठक आनन्द लिएर नृत्य गरिरहेकी थिइन्। त्यतिबेलै अमृतले गीतमा ब्यक्त गरिएकै भावमा मन्त्रपाठ सुरुगर्दा सरिताले अचम्म मानेर गायकलाई हेर्दै हाँसिरहेको दृश्य निकै रोचक देखिन्थ्यो। मन्त्र सकिनेबित्तिकै हाँस्दा हाँस्दै सरिता फेरि नृत्य गर्न थालेकी थिइन्। उक्त गीत सकिएपछि आफु यो कन्सर्ट हेर्नका निम्ति बुधबारे देखि आएको जानकारी पनि उनले दिइन्।

यसरी सांगीतिक यात्रा गर्दा गायक अमृतले ती सहरमा बसोबास गरेर सिँगो राष्ट्रलाई योगदान दिइरहेका सर्जकहरुसँग भेटघाटको क्रमलाई पनि निरन्तरता दिइरहेकै हुन्छन्। बिर्तामोड नेपाली संगीत र साहित्यको सेवामा समर्पित कतिपय सर्जकहरुको कर्मथलो पनि हो। अघिल्लो दिन मात्रै अमृतले पुराना गीतकार शिवशंकर थापालाई उनको घरैमा गएर भेटेका थिए। कैयौँ कालजयी गीतहरुका लेखक थापाले त्यस अवसरमा नेपाली लोक संगीतलाई नयाँ पुस्तासम्म लैजान नेपथ्यले दिँदैआएको योगदानको प्रशंसा गरेका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

शुक्रबारको कन्सर्टमा अमृतले पूर्व देखि पश्चिम कुनासम्मबाट पैदल यात्रा गर्दै संकलन गरेका गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रम हेर्नका निम्ति सिमावर्ती भारतीय बस्तीहरु हुदै सिक्किम र भूटान छेउको जयगाउँ सम्मका दर्शकहरु आएका देखिन्थे। कार्यक्रमको अन्त्य भने सँधैजस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान् ‘रातो र चन्द्रसूर्जे’बाट गरिएको थियो।

कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाएका थिए। ‘अघिल्ला दुइपटक जस्तै यसपाला पनि बिर्तामोडले न्यानो स्वागत गरेकामा आभार प्रकट गर्न चाहन्छु,’ कार्यक्रम सकिएपछि अमृतले प्रतिक्रिया दिए। यसरी पूर्वी नेपालबाट नयाँवर्षको स्वागतसहित निस्किएको नेपथ्यले अब यो वर्षभरि श्रृंखलावद्ध यात्राहरु लिएर नेपाल र विदेशका मञ्चहरुमा आफूलाई उपस्थित गराउने भएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित
राष्ट्रपतिबाट दुई अध्यादेश जारी
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित
सम्बन्धित सामग्री
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर आशिष अविरलकै संगीत रहेको गीतलाई ऊर्जावान लोक–नृत्य शैलीमा तयार गरिएको छ। गीत सार्वजनिक भएसँगै यसको भिडियोले सामाजिक सञ्जालमा चर्चा प... सोमबार, असोज १२, २०८३
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
ताजा समाचारसबै
कांग्रेस महिला सहमहामन्त्रीमा  प्रतिमा निर्वाचित मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
लिग -२ मा नेपालको दोस्रो जित , ओमान ११३ रनले पराजित मंगलबार, असोज २७, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
तारकेश्वरमा गोली चलाएर लागूऔषध कारोबारी पक्राउ मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्