• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, कात्तिक ११, २०८३ Wed, Oct 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यालयको गेट बाहिरबाट बन्द गरेर नाउपाका केन्द्रीय सदस्यमाथि कुटपिट

64x64
सक्षम मानन्धर सोमबार, चैत १९, २०८०  १५:३०
1140x725

काठमाडौं- विवादमा फसिरहेको नागरिक उन्मुक्ति पार्टीका नेताहरूमाथि कुटपिट भएको छ। सोमबार काठमाडौंको अनामनगर केन्द्रीय कार्यालयमा बोलाइएको केन्द्रीय समितिको बैठक बस्नुअघि भइरहेको छलफलका क्रममा आफूहरूमाथि कुटपिट भएको सो पार्टीका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारुले नेपाल लाइभलाई जानकारी दिए।

बैठक बिहान ८ बजे बोलाइएको उनले बताए। तर अध्यक्ष रञ्जिता श्रेष्ठ आइपुग्न केही ढिला हुने भएपछि आफूहरू संरक्षक रेशम चौधरीसँग अनौपचारिक छलफलमा रहेकै बेलामा कुटपिट भएको उनले बताए।

‘रेशम दाइसँग पार्टीको अबको बाटो के हुने भनेर छलफल गरिरहेका थियौं। संघ र प्रदेशमा फरकफरक गठबन्धनलाई साथ दिनलाई हाम्रो नैतिकताले दिँदैन भनिरहेका थियौँ। संघ र प्रदेशमा एउटै गठबन्धनमा सहभागी होऔँ भनिरहेका थियौं। महाधिवेशनबाट निर्वाचित भएका तर निर्वाचन आयोगले मान्यता नदिएका केन्द्रीय सदस्यलाई वैध बनाउने उपाय र पार्टीमा अहिले देखिएका विवादको विषयमा छलफल गरिरहेका थियौं’, नेपाल लाइभसँग रामलालले भने, ‘त्यसै क्रममा रेशम दाइकै उपस्थितिमा दुर्घटना घट्न गयो। दुःखद् घटना घट्यो। नघट्नुपर्ने घटना घट्यो।’

अर्का संस्थापक केन्द्रीय सदस्य रमेश विकले कार्यालय रहेको घरको बाहिर निस्किने मुख्य ढोकालाई बाहिरबाट बन्द गरेर आफूमाथि भौतिक आक्रमण भएको बताए। विकले प्रधानमन्त्री निवास बालुवाटार गएमा बाहिर निस्किँदा पिट्ने धम्की दिएको र सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जना (आइतबार रेशमलाई भेट्न जानेहरू) को हत्या समेत हुन सक्ने भनेर रेशम चौधरीले भनेको बताए। यद्यपि चौधरीले माफी समेत मागेको उनको भनाइ छ।

‘घरको एक्जिट ढोकामा बाहिरबाट बन्द थियो। र संस्थापक केन्द्रीय बाहेक बाहिरका मान्छेहरू पनि थिए। त्यसैले उहाँ (रेशम चौधरी)ले सुनियोजित ढंगले आक्रमण गराएको हो भन्ने लाग्छ’, विकले सोमबार आयोजित एक पत्रकार सम्मेलनमा भने।

Ncell 2
Ncell 2
nimb
nimb

अध्यक्ष श्रेष्ठ आफूमाथि आक्रमण भएको आधा घण्टापछि आइपुगेको विकले बताए। अध्यक्षले घटनाप्रति खेद व्यक्त गरेको र नसहन भनेको उनले बताए।

महाधिवेशनले चयन गरेको केन्द्रीय समितिलाई निर्वाचन आयोगले वैधता नदिएपछि नाउपमा संस्थापक केन्द्रीय समिति क्रियाशील छ। तर सोमबारको बैठक स्थलमा भने महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति सदस्यहरू पनि उपस्थित भएको रामलालले बताए। ‘उहाँहरू किन आउनुभयो? कसरी आउनुभयो? त्यो थाहा भएन। तर उहाँहरूले 'यो पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको मात्रै होइन, हाम्रो पनि हो' भन्न थाल्नुभयो', उनले भने, 'हामीले त्यस्तो कहिल्यै भनेकै थिएनौं। बरु उहाँहरूलाई वैध बनाउने उपाय खोजिरहेका छौं।’

तर उनीहरू एक्कासी आक्रमणमा उत्रिएको थारुले बताए। ‘रेशम चौधरीकै उपस्थितिमा आक्रमण हुनु भनेको सुनियोजित हो भन्ने लाग्छ’, उनले भने।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

नागरिक उन्मुक्ति पार्टीमा पछिल्लो केही हप्ता रञ्जिता श्रेष्ठ र रेशम चौधरी पक्षबीच विवाद देखिँदै आएको छ। अध्यक्ष श्रेष्ठ संघदेखि प्रदेशसम्म एउटै गठबन्धनलाई साथ दिनुपर्ने पक्षमा छिन्। सोही अनुसार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिलाएकी छिन्। उनी सुदूरपश्चिम प्रदेशमा पनि कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ गठबन्धनलाई सघाउनुपर्ने पक्षमा छिन्।

अर्कोतिर रेशम चौधरी भने संघमा कुनै गठबन्धनमा लाग्न नहुने र सुदूरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई नै साथ दिनुपर्ने पक्षमा छन्। सोही अनुसार उनले सरकारमा आफू निकटका मन्त्रीहरू पनि पठाएका छन्। ती मन्त्रीहरूलाई फिर्ता आउन र सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठले निर्देशन दिँदै आएकी छिन्।

नागरिक उन्मुक्ति पार्टी गठन हुँदा संरक्षकमा रेशम चौधरी र अध्यक्षमा रञ्जिता श्रेष्ठ थिए। उनीहरू पती पत्नी समेत हुन्। पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्ष चयन गरेको थियो। नयाँ केन्द्रीय समिति पनि निर्वाचित गरेको थियो। त्यसको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगलाई निवेदन दिइएको थियो। तर आयोगले चौधरी अध्यक्ष हुन नसक्ने निर्णय गरेको थियो। जसकारण अहिले नाउपामा पुरानै केन्द्रीय समिति ब्युँतिएको छ। जसको अध्यक्ष रञ्जिता श्रेष्ठ हुन्। उनले सोही समितिको बैठक राखेर निर्णय गर्दै आएकी छिन्। पछिल्ला घटनाक्रममा नाउपाका नेताहरू 'पती-पत्नीबीचको व्यक्तित्वको संघर्ष'को रुपमा चित्रित गर्छन्।

यो पनि पढ्नुहोस्

विवादमा नाउपा : एक्लिँदै तर झन् कठोर बन्दै अध्यक्ष रञ्जिता श्रेष्ठ

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १५:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
सक्षम मानन्धर
लेखकबाट थप
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो जसपा, चैत २२ को 'गोप्य सहमति' पालना नभएकोमा थियो असन्तुष्टि
लुम्बिनीमा एकै दिन दोस्रो पटक मन्त्रिपरिषद् विस्तार, मन्त्रालय पनि ११ पुर्‍याइयो
अप्ठ्यारोमा एकीकृत समाजवादी : दीर्घ सोडारी रोज्ने कि मुख्यमन्त्री पद?
सम्बन्धित सामग्री
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक समितिको आजको बैठकमा समितिका सभापति कृष्णप्रसाद पौडेलले मन्त्रालयलाई यथाशीघ्र सूक्ष्मरुपमा प्रत्येक वडाको हानी नोक्सानी र क्षतिको विव... बुधबार, कात्तिक ११, २०८३
एनपीएल : नेपाली बलरको दबदबा, सबै खेलमा प्लेयर अफ दी म्याच उत्कृष्ट घोषित हुनेमा लुम्बिनी लायन्सका शेर मल्ल, चितवन राइनोजका कमलसिंह ऐरी र कर्णाली याक्सका युनिश विक्रम ठकुरी रहेका छन् । नेपाली... बुधबार, कात्तिक ११, २०८३
हुम्लामा हर्क साम्पाङले के प्रतिबद्धता जनाए ? उनी अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा उनी सहभागी भए । बुधबार, कात्तिक ११, २०८३
ताजा समाचारसबै
अर्नब चक्रवातको असर: भारतमा तीन जनाको मृत्यु, ३१ घरमा क्षति बुधबार, कात्तिक ११, २०८३
प्रहरीको ‘स्वीप अपरेसन’ : ९२ जना पक्राउ बुधबार, कात्तिक ११, २०८३
ग्यास किन्दा बिल अनिवार्य, निगमको निर्णय कार्यान्वयन गर्न व्यवसायीलाई आग्रह बुधबार, कात्तिक ११, २०८३
मलेसियाले मानेन नेपालको प्रस्ताव, १२५ म्यानपावरबाटै कामदार लैजाने नीति कायम बुधबार, कात्तिक ११, २०८३
संसदीय विशेष समिति माग्यो बाढी प्रभावित क्षेत्रमा भएको क्षतिको तथ्यांक बुधबार, कात्तिक ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लुम्बिनीका सभामुख घर्तीसहित ५ जनाविरुद्ध जालसाजी मुद्दा बुधबार, कात्तिक ११, २०८३
‘अर्णब चक्रवात’ कमजोर हुँदै नेपालतर्फ, नेपालमा जोखिम मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्