काठमाडौं- ‘बोक्सीको घर’को गीत ‘जीन्दगीको कथा, यता न उता’ सार्वजनिक भएको छ। सिनेमा केकी अधिकारीले निर्माण गरेकी हुन् भने मुख्य अभिनेत्री पनि उनी नै हुन्।
सार्वजनिक गीतको संगीत मोनिस निरौलाले तयार पारेका हुन्। गीतमा स्वीअरिती र निहारिकाको संयुक्त स्वर रहेको छ भने गीतका रचनाकार सुलक्षण भारती गुन्।
भारतीको लेखन-निर्देशनमा तयार भएको सिनेमा वैशाख १४ गते रिलिज हुनेछ।
गीतको भिडियोमा अभिनेत्री केकी र फिल्मका निर्देशक तथा अभिनेता सुलक्षण भारतीलाई देख्न सकिन्छ।
भिडियोमा उनीहरुको विवाह र त्यसपछिको अवस्थालाई देखाइएको छ। गीतको भाव अनुसार दृश्य अपुरो छ। निर्माण पक्षले यसलाई ‘सस्पेन्स’ राखेको छ।
'बोक्सीको घर' सोही नाममा आठ वर्षअघि मञ्चन भएको नाटकमा आधारित रहेको छ। सामाजिक थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीको भनाइ छ।
फिल्ममा केकीका अलवा सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।
केकी अधिकारी फिल्मिस्को प्रस्तुतिमा निर्माण भएको फिल्म नेपालसहित विभिन्न देशमा एक साथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने योजना केकीको।
फिल्ममा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन्।
लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको फिल्ममा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।