• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन परिवर्तनले प्रदेश सरकारमा कस्तो असर?

64x64
नेपाल लाइभ आइतबार, फागुन २७, २०८०  ०९:००
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन अन्त्य गरी एमाले लगायतका दलसँग नयाँ गठबन्धन बनाएपछि संघीय सरकार मात्रै होइन, प्रदेश सरकारहरूमा पनि हलचल उत्पन्न भएको छ। संघीय सरकारमा मन्त्रीहरू मात्रै फेरिने देखिए पनि प्रदेशहरूमा भने मुख्यमन्त्री नै परिवर्तन हुनसक्ने देखिएको छ। कतिपय प्रदेशमा त मध्यावधिको आकलन समेत गरिएको छ।

कोशी प्रदेश
कोशी प्रदेशमा कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन्। उनी कांग्रेसका ८ र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। तर कांग्रेस-माओवादी केन्द्र लगायतका दलहरूको तत्कालीन गठबन्धनले कार्कीको अपनत्व लिएको थियो। परिणामतः कार्कीले एमालेसँगको सहमति छाडेर गठबन्धनकै मुख्यमन्त्री नियुक्त भएका थिए। नयाँ गठबन्धन बनेसँगै उनको पद धरापमा परेको छ। किनकि, प्रदेश सभामा कांग्रेसको एकल बहुमत छैन। अन्य दलले साथ दिएर बहुमत पुर्‍याउन सक्ने स्थिति पनि छैन।

तर कार्की संविधानको धारा १६८ (५) अनुसारको मुख्यमन्त्री हुन्। संविधानमा प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि धारा १६८ (५) लाई अन्तिम विकल्पको रुपमा प्रस्तुत गरिएको छ। त्यसैले कार्की पदमुक्त भएमा त्यसपछिको परिदृश्य प्रष्ट छैन। त्यस प्रदेशमा पुनः संविधानको धारा १६८ (२) अनुसारको प्रक्रिया आरम्भ हुन पनि सक्छ वा कार्कीकै नेतृत्व मध्यावधि निर्वाचन हुन सक्छ।

मधेश प्रदेश
मधेश प्रदेशमा अहिले जसपाका सरोज यादव मुख्यमन्त्री छन्। जसपाले पनि प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरिसकेकाले संघीय गठबन्धनमा आबद्ध दलहरूले आवश्यकता अनुसार यादवलाई मुख्यमन्त्रीमा सघाउने देखिन्छ। एमाले, जसपा, माओवादी केन्द्र, एकीकृत समाजवादीका सांसद संख्या मिलाउँदा मुख्यमन्त्री यादवले बहुमत पाउन सक्छन्। तर बलियो स्थितिमा रहन भने उनलाई अन्य दल वा स्वतन्त्र सांसदको मत आवश्यक पर्न सक्छ।

मधेश प्रदेशमा सरकारको नेतृत्व गरिरहेको जसपा तेस्रो ठूलो दल हो। यो प्रदेशमा एमाले पहिलो र कांग्रेस दोस्रो ठूलो दल हुन्। एमालेले पनि सरकारको नेतृत्व दाबी गर्न सक्छ। वा कांग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार गठनका लागि वैकल्पिक गठबन्धन निर्माणको प्रयत्न गर्न सक्छ। त्यतिबेला यादवले केही वर्ष सत्ता साझेदारी गर्नुपर्ने पनि हुनसक्छ।

बागमती प्रदेश
बागमती प्रदेशमा अहिले माओवादी केन्द्रका शालिकराम जम्कट्टेल मुख्यमन्त्री छन्। प्रदेश सभामा माओवादी केन्द्र तेस्रो ठूलो दल भए पनि कांग्रेसको मुख्य साथ रहँदा जम्कट्टेललाई सहज थियो। तर प्रधानमन्त्री प्रचण्डले संघीय सरकारमा गठबन्धन परिवर्तन गरेसँगै प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीहरू सामूहिक राजीनामा दिइसकेका छन्। यस्तो स्थितिमा प्रदेश सभामा बहुमत सिद्ध गर्न मुख्यमन्त्री जम्कट्टेलाई मुस्किल छ। गठबन्धनमा आबद्ध तीन दलहरू एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको प्रदेश सभामा ५५ सांसद मात्रै छन्। बहुमतका लागि ५६ सांसद चाहिन्छ। तर गठबन्धनबाहेकका दलहरू कांग्रेस रनेमकिपाले सघाउने सम्भावना लगभग छैन। बहुमतका लागि २ सिट रहेको हाम्रो नेपाली पार्टीलाई विश्वासमा लिनुपर्ने हुन्छ।

यो प्रदेशमा एमाले दोस्रो ठूलो दल हो। गठबन्धनका दलहरूबीच बाँडफाँट हुँदा एमालेले सरकारको नेतृत्व दाबी गर्ने सम्भावना पनि छ। तर एमाले वा माओवादी केन्द्र जसले नेतृत्व गरे पनि हाम्रो नेपाली पार्टीको मत लिन सक्नुपर्ने छ। नत्र प्रदेश सभाको सबैभन्दा ठूलो दल कांग्रेसको नेतृत्वमा सरकार गठन हुने र क्रमशः मध्यावधितिर जाने सम्भावना रहन्छ।

गण्डकी प्रदेश
गण्डकी प्रदेशमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन्। कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन रहँदा उनलाई बहुमतको चिन्ता थिएन। तर, प्रचण्डले सरकारका लागि गठबन्धन परिवर्तन गरेसँगै उनले माओवादी केन्द्रका मन्त्रीहरूलाई बर्खास्त गरिसकेका छन्। त्यसैले अब गठबन्धनबाहेकका दलहरूको साथ लिएर बहुमत जुटाउनुपर्नेछ। गण्डकीमा बहुमतका लागि ३१ सिट चाहिन्छ। कांग्रेस एक्लैसँग २७ सिट छ। बहुमतका लागि उनले एमाले र माओवादी केन्द्रको साथ पाउने सम्भावना छैन। त्यसैले २ सांसद रहेको राप्रपा र एक जना स्वतन्त्र सांसदको सहयोग पाए पनि बहुमत पुग्दैन। त्यसैले उनको सरकार जोगिने सम्भावना कम छ।

Ncell 2
Ncell 2
nimb
nimb

तर पाण्डेको विकल्पमा सरकार गठन गर्न पनि गठिनाइ छ। किनकि, एमाले र माओवादी केन्द्रसँग पनि ३० सांसद मात्रै छन्। त्यसमध्ये माओवादीका एक सांसद त सभामुख नै छन्। संघीय सरकारमा राप्रपालाई नराख्ने सहमति गरेका एमाले र माओवादी केन्द्रको गठबन्धनले गण्डकी प्रदेशमा राप्रपालाई साथ नलिने हो भने सरकार गठन गर्न सक्ने छैनन्। त्यसैले गण्डकी प्रदेशमा पनि सबैभन्दा ठूलो दलका रुपमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुने र मध्यावधि हुने सम्भावना देखिन्छ।

लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री छन्। प्रधानमन्त्री प्रचण्डले गठबन्धन गरेसँगै यस प्रदेशको सत्ता साझेदार माओवादी केन्द्रले समर्थन फिर्ता लिने र मुख्यमन्त्रीले माओवादी केन्द्रका मन्त्रीहरू बर्खास्त गर्ने काम भइसकेको छ। अब उनका लागि संघीय गठबन्धनमा रहेका दल बाहेकको समर्थन जुटाउनुपर्ने भएको छ।उनलेराप्रपा, नागरिक उन्मुक्ति पार्टी,जनमत पार्टी, लोसपा, राजमोर स्वतन्त्र सांसदहरुको मत सुनिश्चित गर्नुपर्छ। अर्कोतिर, यो प्रदेशमा एमाले, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी बहुमत नजिक रहेकाले उनीहरूले थप एक वा दुई दलको मत लिन सके पुग्छ।

मुख्यमन्त्री चौधरी पदमुक्त भएमा यो प्रदेशमा एमालेको सरकार गठन हुनसक्छ। किनकि, अघिल्लो वर्ष एमाले र माओवादी केन्द्र लगायतका दलबीच गठबन्धन हुँदा पनि त्यस गठबन्धनबाट एमालेका लीला गिरी मुख्यमन्त्री भएका थिए। यसपटक पनि उनैले अवसर पाउने सम्भावना देखिन्छ।

कर्णाली प्रदेश
कर्णाली प्रदेशमा माओवादी केन्द्रका राजकुमार शर्मा मुख्यमन्त्री छन्। सुरुवातमा एमालेको र अलिपछि कांग्रेसको साथ पाएर उनी मुख्यमन्त्रीमा कायम छन्। प्रधानमन्त्री प्रचण्डले संघीय सरकारका लागि गठबन्धन परिवर्तन गरेसँगै कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्। साथै कांग्रेसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। शर्मालाई विश्वासको मत लिन कठिनाइ छैन। किनकि, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको सहज बहुमत पुग्छ।

तर यो प्रदेशमा सरकारको नेतृत्वमा एमालेको पनि दाबी रहँदै आएको छ। अघिल्लो वर्ष पुसमा शर्मा मुख्यमन्त्री हुँदै गर्दा पनि एमाले र माओवादी केन्द्रबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। यसपटक पनि तत्काललाई शर्मा नै मुख्यमन्त्री रहने र केही समयपछि एमालेले पाउने सहमति हुनसक्छ।

सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। प्रधानमन्त्री प्रचण्डले गठबन्धन परिवर्तन गरेसँगै उनले माओवादी केन्द्र र एकीकृत समाजवादीका मन्त्रीहरूलाई बर्खास्त गरिसकेका छन्। साथै, नागरिक उन्मुक्ति पार्टीलाई थप मन्त्रालय दिँदै मन्त्रीमा नियुक्त गरेका छन्। उनको प्रयत्न राप्रपा र स्वतन्त्र सांसदलाई पनि सरकारमा सहभागी गराउने रहेको छ। उनको त्यो प्रयत्न सफल भएमा उनले प्रदेश सभामा बहुमत पाउन सक्छन् र सरकारले निरन्तरता पाउने छ।

यो प्रदेशमा नागरिक उन्मुक्ति पार्टी मुख्य निर्णायक दल हो। ७ सिट रहेको यो दल जता उभिन्छ, त्यतैतिर बहुमत जुट्ने आधार बन्छ। सायद त्यो बुझेरै मुख्यमन्त्री शाहले यो पार्टीलाई थप मन्त्रालयसहित सरकारमा बलियो उपस्थिति गराएका हुन्। अर्कोतिर, एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी पनि बहुमत नजिक पुग्छन्। उनीहरूलाई पनि नागरिक उन्मुक्तिकै सहयोग चाहिन्छ। त्यही कारण पनि यो पार्टीले मुख्यमन्त्रीमा दाबी गरिरहेको छ। कांग्रेसकै मुख्यमन्त्री शाह मुख्यमन्त्रीमा निरन्तर रहे वा नयाँ गठबन्धनको सरकार बने पनि कुनै समयमा नागरिक उन्मुक्तिलाई केही समय मुख्यमन्त्रीमा सघाउनुपर्ने हुनसक्छ।

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ०९:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’?
सम्बन्धित सामग्री
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ लामिछानेले नेपालको राष्ट्रिय हित तथा नेपालका सरोकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत गर्न प्रधानमन्त्री शाहको भ... मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] न्यौपानेले समयावधि बाँकी रहे पनि क्युरेक्स फर्मासिटिकल्सबाट उत्पादित औषधिको गुणस्तर नरहेकोबारे प्रश्न उठाउन खोजेका थिए। मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? सामान्यतया विदेश भ्रमणमा निस्कँदा शुभकामना, उपहार वा आवश्यक सामग्री दिने चलन हुन्छ। तर, प्रधानमन्त्री शाहको यसपटकको गन्तव्य र वाग्ले... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई निगरानी, कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्