काठमााडौं– थाइल्याण्ड निवासी खुशी कार्की जसले नेपालमा डान्स युनिभर्सको उपाधि जितेकी थिइन् उनको अभिनयमा म्युजिक भिडियो सार्वजनिक भएको छ।
यो उनको अभिनय रहेको दोस्रो म्युजिक भीडियो हो। सुवास ढुङ्गानाको स्वर रहेको ‘हर्कत’मा युवा उमेरको आर्कषण र एकतर्फी प्रेमलाई भीडियोमा देखाउन खोजिएको छ। हरि लम्सालको संगित रहेको गितमा कार्कीलाई रोहन नेपाली र गायक ढुङ्गाना स्वयंले पनि अभिनय गरेर साथ दिएका छन्।
कार्कीको यो दोस्रो अभिनय हो। यसअघि अभिनेता पल शाहसँग पहिलो मुम्जिक भिडियो सार्वजनिक भएको थियो। बर्मामा जन्मेकी कार्की नेपाली मूलकी हुन्। उनी भदौमा भएको मेरो डान्स युनिभर्सको प्रतियोगिता हुँदै विजेता भएकी थिइन्।
उनले नेपाली गीतका साथै फिल्महरुमा समेत अभिनय गर्ने बताएकी छन्। उनले नेपाली भाषा, संस्कृति र कला एकदमै मनपर्ने र भविष्यमा नेपाली फिल्म र अभिनय क्षेत्रमा केही योगदान दिने रहर रहेको कार्कीले बताएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।