काठमाडौं– गायक यश कुमारको शब्द, संगीत र स्वर रहेको गीत ‘तिमी छौ र त’ सार्वजनिक गरिएको छ।
गायक यश कुमारले गीत सार्वजनिक गर्दै ‘तिमी छौं र त’ प्रेमले कुनै पनि जात नहेर्ने बताए।
आफूले यो गीतमा ब्राह्मण समुदायको युवा र लिम्बु समुदायकी युवतीबीचको प्रेम बुनेर म्युजिकल सिनेमा निर्माण गरेको उल्लेख गरेका छन्।
गायक यशले यो गीतलाई आफुले मौलिक र टिपिकल देखाउन लिम्बु समुदायको बोलीचालीको भाषा प्रयोग गरेकाले यसलाई दर्शकहरुले अश्लिल शब्दको रुपमा बुझेर गाली नगरी दिन आग्रह समेत गीत रिलिज कार्यक्रम गरे।
गीतको भिडियोमा यशसँगै प्रेम सुब्बा, अनु थापा र राजेश घटानी फिचर्ड छन्। भिडियोलाई विज्ञान राईले निर्देशन गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।