• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

त्रिविको पाठ्यक्रम समयानुकूल बनाउन सुझाव

64x64
रासस सोमबार, पुस २, २०८०  १९:५५
1140x725

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले आज ४९औं दीक्षान्त समारोह मनाएको छ। काठमाडौंस्थित दशरथ रङ्गशालामा आयोजित दीक्षान्त समारोहमा १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन्।

यद्यपि दीक्षित विद्यार्थीहरूले त्रिविको सबै सङ्कायको पाठ्यक्रम ‘आउट–डेटेड’ भइसकेकाले त्यसलाई समयानुकूल बनाउनुपर्ने खाँचो रहेको औंल्याएका छन्। 

हेटौंडा निवासी डा आर्यन मानन्धरले महाराजगञ्ज मेडिकल कलेजमा अध्ययन गरे। सल्यान जिल्ला अस्पतालमा कार्यरत मानन्धर दीक्षान्त समारोहका लागि काठमाडौं आइपुगेका हुन्। डा मानन्धरले मेडिकलको कोर्ष पुरानै रहेको बताउँदै यसलाई अब चाँडै समयानुकूल बनाइएन भने मेडिकल शिक्षा नै कमजोर हुने बताए। 

मोडेल नेपाल कलेजबाट बिबिए गरेकी धुलिखेलकी इस्मा श्रेष्ठ स्नातकोत्तरको अध्ययनका लागि विदेश जाने तयारीमा छिन्। नेपालको व्यवस्थापन सङ्कायमा कोर्षमा प्रयोगात्मक नभएको र कोर्ष पनि पुरानै रहेकाले बजारमा बिक्नै गाह्रो हुने गरेको उनले बताइन्। 

श्रेष्ठले भनिन्, ‘अहिले आवश्यकताअनुसारको शिक्षा छैन। बजारमा प्रतिस्पर्धा गर्ने खालको पाठ्यक्रम ल्याउनुपर्ने खाँचो छ।  ‘थ्योरी’मात्रै पढेर काम पाइँदैन अनि विदेश जानुपर्ने बाध्यता हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, रानीवनकी अरुणा गौलीले त्रिविबाट विजनेस एडमिनिस्ट्रेसन पढिन्। गौलीले अबको योजना विदेश गएर पढ्ने रहेको बताइन्। उनले भनिन्, ‘नेपालमा पढाइ खासै राम्रो र प्रतिस्पर्धा गर्ने खालको छैन। बाहिर धेरै ‘एड्भान्स’ भइसक्यो। हाम्रो बजारलाई चाहिएको शिक्षा नै छैन। त्रिविअन्तर्गतको सबै सङ्कायको कोर्ष फेर्नुपर्ने आवश्यकता खट्किसक्यो तर त्यसलाई परिवर्तन गरिएको छैन।’

उनले, स्नातक पूरा गर्न पाँच वर्ष नै लाग्ने बताउँदै पास हुन पनि एक वर्ष बर्बाद गर्नुपर्ने अवस्थाप्रति शिक्षा क्षेत्र सचेत हुनुपर्ने बताइन्। 

यद्यपि हेटौंडाका आर्यन मानन्धरले आगामी योजना सुनाउँदै भने, ‘अब लोकसेवा दिने विचार गरेको छु। अहिले भने कर्णाली जिल्लामा बसेर केही समय चिकित्सा सेवा गर्ने इच्छा छ।’ डा मानन्धरले आफ्नो देशको माया लागेको बताउँदै भने, ‘विदेश जान धेरै पैसा खर्च गर्नुको साटो यहीँ बसेको बेस्। फेरि बाहिर अहिले सुरक्षा पनि पहिलेजस्तो छैन।’ 

देशमा स्वास्थ्य सेवाको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको औंल्याउँदै मानन्धरले भने, ‘चिकित्सकलाई नेपालमा काम गरेअनुसारका तलब छैन। त्रिविले धेरै समय लगाएर सेमेस्टर सकाउँदा विद्यार्थी पढेर निस्किन नै धेरै समय लाग्छ।’

त्यस्तै, चितवन मेडिकल कलेजबाट एमबिबिएस उत्तीर्ण गरेका महोत्तरी जिल्ला जलेश्वरका प्रतीककुमार चौधरीले उच्च शिक्षाका लागि अमेरिका जाने योजना सुनाए। उनले भने, ‘मेडिकलको कोर्ष अपडेट गर्नुपर्ने आवश्कता छ। धेरै पुरानो भयो, यति शिक्षाले प्रतिस्पर्धा गर्न नेपाली विद्यार्थीलाई भविष्यमा समस्या हुन्छ। त्यसमाथि नेपालमा चिकित्सलाई सुरक्षा नभएको देख्दा दुःख लाग्छ। हुनुपर्ने जति न त देशमा चिकित्सकलाई सम्मान छ न त काम गरेअनुसारको तलब नै छ।’

तर लुम्बिनीकी खुश्बु अग्रहरीले नेपालमै बस्ने र काम गर्ने योजना रहेको बताइन्। अग्रहरीले पोखरा मल्टिपल क्याम्पसबाट स्नातक गरेर अङ्ग्रेजी विषयबाट स्नातकोत्तर गर्दैछिन्  र देशमै आफ्नो भविष्य खोज्दैछिन्।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १९:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सोमबार यो विवादसँग जोडिएका सर्वोच्चमा विचाराधीन चार थान रिट खारेज गरेको हो । सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ५ गते २१ प्रमुख प्रशासकीय अधिकृतसहित ३५ उपसचिव तथा सोसरहका... सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र पूर्वाधार विकास मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रभावित परिवारको आवास व्यवस्थापनक... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्