काठमाडौं– अमिताभ बच्चनले गायक अरिजित सिंहको आवाजको प्रशंसा गरेका छन्।
हाल अमिताभ बच्चन सोनी टिभीमा रियालिटी शो ‘कौन बनेगा करोडपति’ १५ को होस्ट गर्दैछन्।
कार्यक्रमको क्रममा एक सहभागीलाई सावरे गीतको पहिचानसँग सम्बन्धित प्रश्न सोधिएको थियो। सोनु निगम, उदित नारायण, अरिजित सिंह र जावेद अलीको नाम दिइएको विकल्पमा समावेश गरिएको थियो।
अमिताभ बच्चनले सावरे गीत फिल्म फ्यान्टमबाट लिइएको बताए। र भने, ‘अरिजित सिंह अद्भूत गायक हुन्। उनको स्वरले मन्त्रमुग्ध पार्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।