• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

ऋण काढेर होइन कमाएर किन्नुस् गाडी

64x64
नेपाल लाइभ मंगलबार, भदौ २६, २०७५  १२:४२
1140x725

आर्थिक रुपमा सबल हुँदै जाँदा खरीद गर्ने क्षमता बढ्छ। अर्कातिर आधुनिकताले पनि जीवनशैली परिवर्तनको माग गर्छ। उपभोग वृद्धि नगरी आर्थिक वृद्धि सम्भव हुँदैन। यसै सन्दर्भमा अटोमाबाइल्सको विषय पनि उपभोगकै विषय हो। तर, अटोमोबाइल्स खरीद गर्ने विषय आम्दानी र क्षमतामा आधारित हुनुपर्छ। 

गाडी चढ्न रहर लाग्नेले कमाएर किन्नुस्, ऋण लिएर होइन। ऋण तिर्ने क्षमता विकास नभइकन गाडी नकिन्नुस्। 

क्रेडिट कार्डको अर्थतन्त्र कसरी धराशायी भयो भनेर हामीले सन् २००७÷०८ को विश्व आर्थिक मन्दीको अध्ययन गरे पुग्छ। हामीले सिक्ने त्यहीबाट हो। 

ऋणमा आधारित उपभोगले भएको विकास दीगो हुँदैन। 

मूलुक आत्मनिर्भर र स्वावलम्बी बन्नुपर्छ पनि भन्ने र अटोमोबाइल्स सम्बन्धी सबै गुनासो पनि राखिरहने? यसमा कहीं न कहीं तालमेल मिलेको छैन। तालमेल खोज्नुपर्छ।

हामीले अटोमोबाइल्समा अलि बढी नै कर लगाएका छौं। भन्सारमात्र होइन, हामीले आयात कर पनि लगाएका छौं। अब अन्तर्राष्ट्रिय व्यापारका मान्यता अनुरूप हामीले यस्ता कर मिलान गर्दै लैजानुपर्छ। 

हाम्रो देशको कुल राजश्वको १५ प्रतिशत हिस्सा अटोमोबाइल्स क्षेत्रबाट आउँछ। अटोमाबाइल्सको आयात बढाएर भन्सार चाहिं घटाउँदै जाने अनि जति अटोमोबाइल्स थपिन्छ त्यही दरमा सडक पनि बढाउने भन्ने विषय मेल खाँदैन। आम्दानी बढाएर काम गर्नैपर्छ भन्ने मेरो मान्यता हो, ऋण लिएर होइन। 

सडक बनाउन राजश्व चाहियो, राजश्वका लागि आधार चाहियो। हाम्रो अर्थव्यवस्था भन्सारमा आधारित राजस्व प्रणालीमा आधारित हो। भन्सारमा आधारित राजश्व प्रणालीलाई आन्तरिक उत्पादनमा आधारित बनाउँदै लैजानुपर्छ। तर, आन्तरिक उत्पादनमा पनि अलिकति करको कुरा गर्दा हाम्रो क्षमता, सरकारले संरक्षण दिनुपर्ने लगायतका विषय आउँछन्। बाल्यावस्थाका हाम्रा उद्योगलाई धेरै कर लगाउने कुरा पनि आएन। 

Ncell 2
Ncell 2
nimb
nimb

राज्यले कर पनि नउठाउने विषय आइरहँदा, सडक विस्तार गर्नुपर्ने, विकास पनि धेरै गर्नुपर्ने अनि धेरै ऋण लियो भने त्यो ऋण तिर्ने क्षमता नपुग्ने जस्ता विषय हाम्रा सामु छन्। यी असम्भव विषयका बीच हामीले केही सम्भव समाधान त निकाल्नैपर्छ। 

हामीले अटोमोबाइल्समा अलि बढी नै कर लगाएका छौं। भन्सारमात्र होइन, हामीले आयात कर पनि लगाएका छौं। अब अन्तर्राष्ट्रिय व्यापारका मान्यता अनुरूप हामीले यस्ता कर मिलान गर्दै लैजानुपर्छ। 

जहाँ जे लाग्छ त्यही बोल्दिने अर्थमन्त्री त भएन नि! यसो माहोल हेरेर कुरा ग¥यो, फेरि अर्को दिन अर्कै कुरा ग¥यो, मेरो जीवनमा म त्यस्तो गर्दिन। 

कतिपय विषयमा तत्काल नतिजा नआउन सक्छ। किनकी सुधार त्यति सजिलो हुँदैन। बोलेर सुधार गर्नुपर्ने भए त बोल्दिउँला, तर गरेर सुधार गर्नुपर्ने पनि हुन्छ। 

Xtrem

Xtrem

हामीमा संरचनात्मक समस्या छन्, त्यसलाई हल गर्नुपर्छ। 

हामीले बजेट कार्यान्वयन गरेको दुई महिना हुन लागेको छ। परिणाम खोज्नका लागि केही समय पर्खनुपर्छ। कृत्रिम रुपमा देखाइएका उपलब्धि दरिलो रुपमा प्राप्त गर्नेगरी अघि बढ्नुपर्छ। 

मेरो अनुरोध छ, तपाईंहरूले सरकारलाई पर्ख र हेरको अवस्थामा राखिदिनुस्।  सरकारले ६ महिनामा केही गरेन भनिरहँदा यसअघि यति लामो समयसम्म नभएका विषयहरू, बिसौं÷तिसौं वर्षदेखिका विकृतिहरू र आर्थिक अनुशासनहीनता र अनियमिततामा पु¥याइएको स्थितिबाट सुधारका काम अघि बढाइरहेका छौं। ६ महिनामै सबै मिलिसक्छ भन्ने सदासयताका लागि म धन्यवाद दिन चाहन्छु। तर, त्यो व्यवाहारिक छैन। 

हामी सहकार्यको बाटोबाट अघि बढ्नुपर्छ। अरुलाई दोष दिएर आफ्ना कमजोरी लुकाउनु पनि हुँदैन। सरकार यसमा सचेत छ। म आफू अझ बढी सचेत छु। निजी क्षेत्रसँग हामी सहयोग र सहकार्यको वातावरण बनाउँछौं। 

लगानीसम्बन्धी कानून तर्जुमा गर्ने काम अहिले अन्तिम चरणमा पुगेको छ। कतिपय कानूनलाई निजी क्षेत्रमैत्री बनाउँदै छौं। बैंकिङ क्षेत्रको तरलतालाई समाधान गर्नेतर्फ हामीले धेरै प्रयास गरेका छौं। बाहिरबाट ऋण लिएर पनि तरलताको समस्या न्यूनीकरण गर्ने वातावरण बनेको छ। ब्याजदरमा पनि क्रमिक सुधार हुँदै जाला। यसले बजारमा पूँजीको उपलब्धता बढाउला। यसबाट अटो उद्योगले पनि सहज ऋण पाउने अवस्था आउला। 

तर, हामीले एउटा के विषय बुझ्नुपर्छ भने जब आर्थिक वृद्धि र विकासको एउटा चरणमा प्रवेश गर्छौं, हामीलाई स्रोतको अत्यधिक माग हुन्छ। यस मानेमा बैंकको ऋणको पनि माग हुन्छ। त्यस्तो माग पूरा गर्नका लागि बैंकिङ प्रणालीमा थप स्रोत साधन परिचालन गर्नुपर्छ। आन्तरिक रुपमा यसो गर्ने भनेको बचतबाटै हो। फेरि यसो भनेको राजस्व बढाउने नै हो। तसर्थ यहीं निर बचत बढाउने र वित्तीय प्रणालीमा तरलता बढाउने विषयमा कतै सम्झौता गर्न सकिँदैन। 

हामी आयात प्रतिस्थापन गर्ने भन्दै छौं। उद्योगको विषय आएको छ, वातावरणमैत्री वातावरण, सार्वजनिक सवारीमा ‘मास ट्रान्सपोर्टेसन’, विद्युतीय सवारीलगायतका विषय छन्। यी विषय सरकारका प्राथमिकतामा छन्। यसमा निजी क्षेत्रको सहयोग र सहकार्यको अपेक्षा गरेका छौं। 

अटोमोबाइल्समा स्पेयर्स पार्टस्को विषय छ। त्यहाँ चोरीपैठारीको प्रसंग पनि छ। अनि प्रतीतपत्र (एलसी)का माध्यमबाट हुने व्यापारमा पनि प्रश्न छ। 

हामी शुद्ध र पारदर्शी व्यापारका पक्षमा छौं। व्यापार यथार्थ र कारोबार मूल्यमा भएको प्रमाणस्वरुप भन्सार लिन पाइयोस् भन्ने उद्देश्यले नै भारतबाट हुने व्यापार पनि एलसीको माध्यमबाट हुनुपर्छ भनेर ५ करोड रुपैयाँभन्दा बढीको व्यापारलाई एलसिको माध्मबाट गर्ने भनेका छौं। एलसीको माध्यमबाट हुने व्यापारमा कारोबार मूल्य आउँछ। त्यो व्यवहारिक र पत्यारिलो पनि हुन्छ। यसले सरकारलाई यथार्थ ढंगमा कर निरुपण गर्न सघाउँछ। यसमा व्यापारीहरूले पनि सहयोग गर्नुपर्छ। 

आन्तरिक रुपमा स्पेयर्स पाट्स् उत्पादन गर्न सकिन्छ भने त्यहाँ सरकारको संरक्षण रहन्छ। यसका लागि गोरखकाली टायर उद्योग निजी क्षेत्रले चलाउन चाहन्छ भने आउनुस् भनेर आह्वान गर्न सक्छौं।

चोरीपैठारी र भन्सार दरका बीच केही सम्बन्ध छ। चौरीपैठारी हुन्छ भनेर भन्सारका दर घटाउँदै शून्यमा पुर्‍याए पनि यो रोकिएलाजस्तो लाग्दैन। किनकी त्यसपछिका अरु प्रक्रिया त बाँकी नै रहन्छन्। 

भन्सार दर घटाएपछि बढी राजस्व आउँछ भन्ने एउटा सिद्धान्त पनि विकसित भएको थियो, विगतमा। त्यसले भन्सार शून्यमा पु¥यायो भने असीमित राजस्व बढ्छ भन्ने सिद्धान्त प्रतिपादन गर्छ। यो अर्थशास्त्रको कुनै पनि सिद्धान्तले दिँदैन। 

चोरीपैठारी हुने बिन्दूमा प्रशासनिक संयन्त्रबाट रोक्नुपर्छ भन्ने हाम्रो प्रयास हो। भन्सारका दर र अटोमोबाइल्सका दर संरचना परिवर्तन गर्दै जाँदा केही सुधार हुँदै जान्छ। यसमा सरकारले ध्यान दिन्छ। 

आन्तरिक रुपमा स्पेयर्स पाट्स् उत्पादन गर्न सकिन्छ भने त्यहाँ सरकारको संरक्षण रहन्छ। यसका लागि गोरखकाली टायर उद्योग निजी क्षेत्रले चलाउन चाहन्छ भने आउनुस् भनेर आह्वान गर्न सक्छौं। 

भन्सारका दरहरू क्रमशः सुधार हुँदै जान्छन्, चोरीपैठारी पनि कम हुँदै जाला। विश्व व्यापार संगठन (डब्लुटिओ), दक्षिण एसिया स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा), बंगालका खाडी राष्ट्रको लागि आर्थिक तथा प्राविधि सहयोगका लागि पहल (बिम्स्टेक)का प्रावधानलाई क्रमशः सम्बोधन गर्दै जान्छौं। यसबाट अन्ततः हामी सन्तुलित भन्सार नीतिमै पुग्ने हो। त्यहाँ नपुगुन्जेल क्षमता बढाउनका लागि केही समय आवश्यक छ। 

कुल राजस्वमा आन्तरिक राजस्वको हिस्सा २ तिहाइ पुग्ने अवस्था बनेपछि हामी भन्सारमा विचार गर्छौं। भन्सार, भन्सारमा आधारित मूल्य अभिवृद्धि कर (भ्याट), ती वस्तुको नाफामा लाग्ने आयकर लगायतको हिसाब गर्दा ५५ देखि ६० प्रतिशत आम्दानी व्यापारमा आधारित छ। व्यापारमा आधारित अर्थतन्त्रलाई आन्तरिक उद्योगमा आधारित बनाउनका लागि केही प्रयास गरेका छौं। यसका लागि औद्योगिक संरक्षणको प्रयास गरेका छौं। 

तसर्थ मैले भनेको छु, केही समय हामीले तपाईंहरूसँग मागेका छौं। यी सुधारहरू क्रमशः हुँदै जानेछन्। भन्सार प्रशासनलाई शुद्ध र पारदर्शी बनाउनेमा हाम्रो जोड रहनेछ। 

व्यवहारमा कतै गल्ती भएको छ, हार्मेनाइजेसन कोर्ड बिगारेर बदमासी गरिएको छ भने सोझै हामीलाई उजुरी गर्नुस्, हामी ती ठाउँमा कारबाही गर्न पछि पर्नेछैनौं। 

(नाडा अटो शो, २०१८ को सुभारम्भ कार्यक्रममा अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेका विचारको सम्पादित अंश)

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०७५  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
दार्मामा स्क्रब टाइफसबाट मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो बिहीबार, असोज ८, २०८३
रूसले नेपाल र भारत सहित ४७ देशका नागरिकलाई छलकपट गरेर युद्धमा पठाएको जेलेन्स्कीको आरोप बिहीबार, असोज ८, २०८३
राष्ट्र बैंकले नयाँ सुरक्षा विशेषतासहित एक हजार दरको नोट चलनचल्तीमा ल्यायो बिहीबार, असोज ८, २०८३
काठमाडौंका चार खाद्य उद्योगमाथि कारबाही, ४ लाखभन्दा बढीका अखाद्य सामग्री नष्ट बिहीबार, असोज ८, २०८३
परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबिच भेटवार्ता बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्