• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

अपांग बच्चा र कुलिबाली परिवार

64x64
नेपाल लाइभ शनिबार, भदौ २३, २०७५  ०४:४२
1140x725

म बसेको भवनको चार तलामाथि। बिजुली भर्‍याङबाट निस्केपछि उनको कोठामा जान दाहिने करिडोर समात्नुपर्छ। 

०००

कुलिबालीको परिवार आउनु पहिला त्यहाँ कंगोको एक परिवार बस्थ्यो। अपार्टमेन्टको मुल ढोका, बाथरुमको बाथटब र केही झ्यालहरु बाहेक त्यहाँ कुनै सद्दे कुरो बाँकी थिएन। भित्ताको कागजदेखि पानीको धारा, भान्साको दराजदेखि ट्वाइलेटको कमोड। बिजुलीका प्लगदेखि अपार्टमेन्टका भित्री ढोकाहरु।

समस्याको मूल जड त्यहाँ मानसिक अपांगता अर्थात् ओटिजम् भएको बच्चा बस्थ्यो।

अक्सर शान्त रहन्थ्यो। तर थाहै नपाईकन जब ओटिजम इमोसन आउँथ्यो तब थेगिसाध्यै हुन्थेन। पाँच मिनेटमै सबै तहसनहस पार्थ्यो। जे देख्यो त्यो समातेर फाल्थ्यो। झ्याल खोलेर हामफाल्न खोज्थ्यो। त्यो पाएन भने घरभित्र दगुरेर भान्साका ताप्के, चुला, ग्यास, सिलिन्डर केहि भन्थेन सब फाल्थ्यो। बिजुलीका प्लग टिभी केही भन्थेन। घाइते सिंह जस्तो आक्रामक बन्थ्यो ऊ। बोल्न नसक्ने उसलाई जोगाउन बाबुआमाले उसको कोठाका सबै झ्यालमा काँटी ठोकेका थिए भने ढोकाबाहिर चुकुल बनाएका थिए। ताकि इमोसन आयो कि त्यही कोठामा थुनिहाल्न सकियोस्।

त्यसो त अरु झ्यालमा पनि काँटी ठोकिएको थियो तर अरुमा भने मिनिमम चिजहरु भेटिन्थे। 

झ्यालहरु सबै बन्द भएपछि आमाले घरको मूल ढोका र करिडोरको ढोका खुलै राख्थिन् ताकि अलिअलि भए पनि घरभित्र हावा छिरोस्। 

इमोसन आउँदा बच्चा केही गरी बाहिर करिडोरमा निस्क्यो भने जो भेट्यो उसैको कपाल तान्थ्यो। जति कपाल तान्थ्यो त्यति कपाल हातमा ल्याएरै छाड्थ्यो। कुनै पनि हालतमा ऊसँग छुटिन सकिँदैनथ्यो। कामका लागि तलमाथि गरिरहने मेरो मात्र होइन उसका छिमेकीको कपाल समेत उसले कैयौँपटक तानिसकेको छ। करिडोरमा छिमेकीले डुलाउन निकालेका कुकुरहरुको पुच्छर च्याप्पै समातिदिएर कुकुरको टोकाइमा समेत ऊ परेको छ। कहिलेकाहीँ ऊ कुकुरमाथि हामफालेको पनि छ। जब ऊ सानै थियो घरपरिवारका सदस्यले च्याप्प समात्न सक्थे। तर अब ऊ १४ १५ को भइसकेको थियो र परिवारलाई हावाखेल पारिरहेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

उसलाई कति बेला आची आउँछ र कति बेला पिसाब लाग्छ थाहा हुन्थेन। त्यसैले उसलाई कट्टु लगाइदिनुको कुनै अर्थ थिएन। तैपनि बाबुआमाको बल पुगिन्जेल उसलाई कट्टु र प्याड लगाइदिन्थे। तर पछिपछि उसले कट्टु र प्याड पनि फुकालेर फाल्थ्यो र अक्सर नांगै बस्थ्यो। 

दिउँसो त येनकेन चल्थ्यो तर राति जब इमोसन आउँथ्यो घरमा उसका दाजु र दिदीहरु मात्र नभई छिमेकीहरु समेत ब्युँझन्थे। ऊ हरेक कोठामा यता र उता गोलपोस्टमा फालेको बलझैँ दौडिरहन्थ्यो।  

अपांग बाबुका दिदीहरु र दाइहरु झ्याल खोल्न नपाएकोमा अक्सर बुबाआमासँग झगडा गरिरहन्थे। 

उनीहरुको अपार्टमेन्ट मुन्तिर बस्ने छिमेकी र उनका माथि बस्ने छिमेकी दुवै यो परिवारको हल्ला खल्ला र बच्चाको क्रोधपूर्ण हुउ..हुउ…को चिच्याहटबाट आजित थिए। राति सुत्न सक्दैनथे। उनीहरुले कैयौँपटक मेरो अफिसका डाइरेक्टरका नामामा पत्र लेखी पठाएका थिए तर पनि समस्या समाधान भइरहेको थिएन। 

बढ्दै गएको छोरो। सम्हालन नसक्ने अवस्था। बच्चाका बाबु आफै मैले देख्दादेख्दै मानसिक रुपमा अक्षम बनिसकेका थिए। काममा जानेआउने र गाडी चलाउने मानिस पूरै जाँडको लतमा फसेका थिए। काम धाम गर्न छाडेर उनी अपांग भत्ता खान थालेका थिए। आमा हरेक दिन बिहान यो ठाउँ छाड्न पाए हुन्थ्यो भनेर रोइरहेकी हुन्थिन्। यो जोडीको ६ छोराछोरी मध्ये यो अपांग कान्छो थियो। 

बच्चाका बाबुले समेत नगरपलिका प्रमुखसँग सुहाँउदो घर देऊ भनी हारगुहार गरेका थिए। तर उनी झनझन् समस्यामा फसिरहेका थिए। 

छोराले कपाल भुत्ल्याउने भएका कारण आमाले सबै कपाल मुडेकी थिइन्। बच्चाको रेखदेखमा यिनैले सधैं समय दिन्थिन्। समाजमा घुलमिल हुनबाट वञ्चित रहेको देख्थेँ म। घरमा कुनै पाहुना लागेको या उल्लासको वातावरण भएको कहिल्यै देखिन। जाँडले झुल लोग्नेलाई उनले त्यति विश्वास गर्दिनथिन्। कति पटक त जँड्याहा लोग्नेले उनलाई कुट्दै गर्दा म ट्वाक्क पुगेर के गरेको यस्तो समेत भन्न भ्याइसकेको थिएँ।

छिमेकीहरु उनलाई फोहरी र सडेकी अफ्रिकी भनेर हेप्थे। बच्चाको अवस्था थाहा नहुन्जेल म पनि छिमेकीहरुको कुरा सही हो भन्थेँ। पटकपटक गएर झ्याल खोल भन्थेँ र करिडोर गनायो भनेर गुनासो गरिरहन्थेँ।

उनको बानी पनि राम्रो थिएन। अक्सर घरबाट निस्केका फोहरका झोलाहरु करिडोरमा राख्थिन् जहाँबाट साङ्लाहरु निस्केर करिडोरमा सलबलाइरहेका हुन्थे। 

एकदिन मैले रातो मुख लाउनैपर्यो। त्यो दिनदेखि करिडोरमा फोहरी झोलाहरु देखिएनन् तर मलाई पनि व्यर्थमा गाली पो गरेकी छु कि भन्ने लाग्यो र बिस्तारै उनीहरुसँग बात मार्न थालेँ। अरुभन्दा पनि बच्चा इमोसनमा आएपछि बहुलासरह चिच्याउने साह्रै कारुणिक दृश्यले मन खायो। झ्याल र भित्ताहरुमा आफ्नै टाउको ठोक्थ्यो र टुटुल्को उठाउँथ्यो। थाकेर देब्रे हातको बूढीऔंला चुस्थ्यो र भुइँमा खुत्रुक निदाउँथ्यो।

अब त मैले केही न केही गर्नुपर्छ भन्ने लागेपछि हाकिमलाई सिधै भेटेर गुनासो गरेँ। बच्चाका बाबु र डाइरेक्टरसँग सम्पर्क स्थापित गरिदिएँ। केही समयमा उनलाई डाइरेक्टरले गजबको घर दिए। केही दिनमा उनीहरु घर सरे। तर बेइमानीको पराकाष्ठा पनि देखाएर गए। 

घर पाएका दिनदेखि भाडा तिर्न छाडिदिए। कोठाका सामान आधा फाले आधा फालेनन्। घर सफा गर्नु त परै जाओस् ढोकाबाट निकालेका ढोकाका बिँडहरु र बिजुलीका चिमहरु समेत बोकेर गए। 

उनी गएपछि त्यो कोठा खाली गर्न र मर्मत सम्भार गर्न मैले झन्डै आठ हजार युरो खर्च गर्नुपर्‍यो।

डाइरेक्टरले पछि खुब रिसाएर भने, ‘तपाईंले भनेपछि सिंगै घरमा सारिदिएँ तर भाडा त तिरेनन् तिरेनन्। यति मर्मत सम्भारमा यत्रो पैसा खर्च गराएर पनि गए। उता उनी सरेको घरमा समेत हामीले थुप्रो पैसा खर्च गर्‍यौं।

नेपालीमा उखान छ– बैगुनीलाई गुनले मार्नु।

तर यो घटनामा गुनलाई बैगुनले मार्‍यो। 

जुन कचौरामा उनले खाइरहेका थिए, त्यसैमा उनले दिसा गरेजस्तो। 

000
 

त्यही कोठामा अहिले कुलिबालीको परिवार आएको छ। कुलीबाली पनि उस्तै जँड्याहा छन्। श्रीमती मानसिक रोगी। साना चार जना छोरीहरु छन्। मन खान थालिसकेको छ। 

(लेखिका फ्रान्सका गरिब गुरुवाहरुका लागि बनाइएका सामाजिक घरहरुका लागि काम गर्छिन्। यो उनले देखेका र भोगेका मध्ये एक सत्य घटना हो।)
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  ०४:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १४ सय ५२ शव फेला‚ १४ सय २२ को पहिचान अझै भएन बुधबार, असोज ७, २०८३
बीपी राजमार्गमा १० टनसम्मका मालवाहक सवारी चल्ने, टोखा–छहरेमा राति आवागमन बन्द बुधबार, असोज ७, २०८३
कोशी र बागमतीका केही स्थानमा भारी वर्षाको सम्भावना बुधबार, असोज ७, २०८३
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता बुधबार, असोज ७, २०८३
यस्तो छ आजका लागि विदेशी मुद्राको दर, अमेरिकी डलरको मूल्य कति? बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्