• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

अल्जाइमर्स: सम्हाल्नै नसक्ने अवस्थामा पुग्न सक्छन् बिरामी

डा रमेश कंडेल सोमबार, असोज १५, २०८०  ०९:०२
1140x725
प्रतिकात्मक तस्बिर

अल्जाइमर्स एक प्रकारको स्मृति क्षय हुने रोग हो। कति बिरामीहरु उपचारका लागि सुरुवाती अवस्थामा आइपुग्ने गर्छन् भने धेरै बिरामीहरु चिकित्सककहाँ आइपुग्दा अवस्था जटिल भइसकेको हुन्छ। विगतमा  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेको मेरो अनुभवका आधारमा शहरी भेगका बिरामीहरुमा यसबारेमा राम्रो ज्ञान भएको मैले थाहा पाएँ। मेरो जीवनकालमा सामान्य तथा जटिल खालको अल्जाइमर्सको समस्या भएका बिरामीहरुको उपचार गर्ने मौका पाएको छु। जसमा सम्झन लायक दुईवटा केशलाई म यहाँ उल्लेख गर्न चाहन्छु। 

मसँग अल्जाइमर्सको उपचारका लागि ८० वर्षीया आमा आइपुग्नु भएको थियो। जो आफूले खाए या नखाएको समेत याद गर्न सक्नुहुँदैन थियो। दिनभरी बुहारीले उहाँको खानपानमा विशेष ख्याल गर्दै बुहारीले खाना खाजा खुवाउने गर्थिन्। आमाले भने बुहारीले दिउँसोभरी केही खान दिईन भन्दै साँझ छोरालाई कुरा लगाउने गर्थिन्। यसले पारिवारिक जीवनमा कलह पैदा गरायो। 

उनीहरुले आकस्मिक रुपमा आमामा आएको परिवर्तन पश्चात् स्वास्थ्य परीक्षणका लागि अस्पताल ल्याएका थिए। यो अल्जाइमर्सको सामान्य अवस्थाको बिरामीको उदाहरण हो। त्यस्तै धेरै जटिल अवस्थाका बिरामीहरु मकहाँ आइपुग्नु भएको छ। हाल म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छु। त्यहाँ दुर्गम क्षेत्रबाट जटिल अवस्थामा मात्रै बिरामीहरु उपचारका लागि आइपुग्ने गर्छन्। बढ्दो उमेरमा बिर्सनु भनेका सामान्य नै हो भन्ने त्यहाँका मानिसहरुलाई लाग्ने गर्छ। अल्जाइमर्सका कारण जटिल अवस्थामा पुगी घर परिवारले सम्हाल्नै नसक्ने अवस्थामा बिरामीहरु अस्पताल आइपुग्छन्। 

रोल्पाका एक ज्येष्ठ नागरिक पुजा कोठामा गएर दिसा पिसाब गरेर त्यसले नै लिपपोत गर्ने अवस्थामा पुगेका थिए, तब मात्रै परिवारले उनलाई उपचारका लागि अस्पताल ल्याएका थिए। रोग निदानका क्रममा उनलाई अल्जाइमर्स भएको मैले पत्ता लगाएँ।

डा रमेश कंडेल

अल्जाइमर्स एक प्रकारको दीर्घकालीन रोग हो। सुरुवाती अवस्थामा यसका लक्षणहरु सामान्य हुन्छन्। सामान्यदेखि जटिल अवस्थासम्मका बिरामीहरुको उपचार गरेको अनुभव मसँग छ। 

अल्जाइमर्स एक पटक लागेपछि पूर्णरुपमा निको बनाउन सकिने रोग होइन। यसलाई नियन्त्रण गरिए पनि पूर्णरुपमा निको भने बनाउन सकिँदैन। उपचारका लागि आएका बिरामीहरुलाई अझै उक्त रोग बढ्न नदिनका लागि औषधि दिने गरिन्छ। 

अल्जाइमर्स रोग जटिल बन्दै जाँदा बिरामीमा मानसिक समस्या समेत देखिने गर्छ। जटिल अवस्थाका बिरामीहरु कराउने, चिच्चाउने तथा निर्वस्त्र भएर समेत हिँड्ने गर्छन्। अल्जाइमर्स रोगले ग्रसित हुँदा बिरामीले देखाउने आपत्तिजनक व्यवहारका कारण परिवारलाई ठूलो आघात पुगेको हुन्छ। अल्जाइमर्सको उपचारपश्चात् बिरामी शान्त हुन्छन् भने परिवारले भिन्नै प्रकारको आनन्दको महसुस गर्छन्। अल्जाइमर्स हुँदा बिरामीले जीवनपर्यन्त औषधिको सेवन गर्नुपर्ने हुन्छ। 

अल्जाइमर्स सानादेखि ठूलो जोसुकैलाई पनि लाग्ने रोग हो। मेरो उपचार अनुभवमा दुर दराज समाजबाट अपहेलित भएका तथा सम्पन्न सहरी क्षेत्रका बिरामीसमेत आइपुग्ने गर्नुभएको छ।  सर्वोच्च अदालतका न्यायाधिशसमेत अल्जाइमर्स रोगको उपचारका लागि मकहाँ आइपुग्नु भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

अल्जाइर्सको उपचारका लागि कस्तो व्यवस्था आवश्यक? 
यो शल्यक्रिया गरेर उपचार गरिने रोग होइन। अल्जाइमर्स भइसकेपछि करिब १ लाख बराबराको उपचार सरकारले निःशुल्क रुपमा गर्ने व्यवस्था रहेको छ। अल्जाइमर्सको रोकथामका लागि नेपाल सरकारले तदारुकता देखाएको छ भन्ने उदाहरण पनि हो यो।

यसको औषधि विकास तथा प्रयोग अनुसन्धान कै चरणमा छन्। अल्जाइमर्स लागिसकेपछि निगरानीको आवश्यकता  पर्ने भएकोले बिरामीको स्याहारका लागि परिवारलाई पनि दबाब पर्नेगर्छ। अल्जाइमर्स रोग लागिसकेपछि पक्षघात, हृदयघात लगायत अन्य रोगले समेत चाँडै नै आक्रमण गर्न सक्ने भएकोले सरकारले स्वास्थ्य बीमाको दायरालाई बढाई ५ लाख बराबरको उपचार सेवा निःशुल्क बनाउन आवश्यक छ। १ लाख बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा लिने प्रक्रिया निकै नै झन्झटिलो भएकोले यसलाई सरल बनाउँदै लैजान आवश्यक छ। 

रोगको समयमै पहिचान तथा उपचारका लागि जनचेतना बढाउन सकेको अवस्थामा सुरुवाती अवस्थामा नै उपचार हुँदा निको हुने दर राम्रो हुन्छ।

अल्जाइमर्स के हो? 
यो ज्येष्ठ नागरिकमा देखापर्ने मस्तिष्कसम्बन्धी एक समस्या हो। जसको मुख्य लक्षण भनेका बिर्सदैं जानु हो। त्यसकारण बिर्सने समस्यालाई नै अल्जाइमर्स रोग भनिन्छ। उमेर जति ढल्किदैं जान्छ यो रोग लाग्ने सम्भावनासमेत बढ्दै जाने गर्छ। संख्याको हिसाबले भन्ने हो भने कूल जनसंख्याको ४ प्रतिशतमा  अल्जाइमर्सको समस्या देखापर्ने गर्छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर ८५ वर्षभन्दा माथिका मानिसहरुमा भने करिब ४० देखि ५० प्रतिशत यो रोग हुने सम्भावना हुन्छ। त्यसैले जति उमेर ढल्दै जान्छ अल्जाइमर्सको सम्भावना पनि बढ्दै जान्छ। 

लक्षणहरु 
यसका लक्षणहरुलाई सुरुवाती अवस्था, कम कडा र अत्यन्तै कडा गरी विभाजन गरिएको छ।  सुरुवाती अवस्थामा बिरामीहरुले भर्खर भर्खरका कुराहरु बिर्सेने गर्छन्। जस्तै खाएका कुराहरु बिर्सिने,सामान राखेको स्थान बिर्सिने, हराउने जस्ता समस्याहरु सुरुवाती अवस्थामा देखिने गर्छन्। 

कम कडा अवस्थामा बिरामीहरुले एउटै कुरा पटक पटक भन्ने, घरको बाटो बिर्सने जस्ता लक्षणहरु देखापर्ने गर्छ। 

बिस्तारै यो रोग बल्झिदैं जाँदा घरपरिवारका सदस्यहरु नै नचिन्ने अवस्था आउने, पूर्व जानकारी भएका स्थानहरु समेत बिर्सने,अति शंका गर्ने जस्ता लक्षणहरु देखापर्ने गर्छन्। 

शाकाहारी ज्येष्ठ नागरिकमा अल्जाइमर्सको जोखिम बढी?
लामो समयदेखि शाकाहारी जीवनशैली अपनाउने ज्येष्ठ नागरिकहरुमा अल्जाइमर्सको जोखिम अन्यमा भन्दा बढी हुने गर्छ।उनीहरुमा भिटामिन बी१२ को कमी हुने भएकोले अल्जाइमर्सको जोखिम बढी हुने गरेको हो। चिकित्सककहाँ आइपुगेका बिरामीहरुलाई अवस्था अनुसार औषधि दिने गरिन्छ। 

अल्जाइर्सको रोकथाम कसरी गर्ने?
जुन कारणले अल्जाइमर्स हुने जोखिमलाई बढाउने गर्छ,त्यसलाई सुरुवाती अवस्थामा ने पहिचान गरी नियन्त्रण गर्न सकेको अवस्थामा अल्जाइमर्सको जोखिमलाई कम गर्न सकिन्छ। उच्च रक्तचापले अल्जाइमर्सको जोखिमलाई बढाउने गर्छ। त्यसकारण सकेसम्म रक्तचापलाई सन्तुलनमा राख्न सक्नुपर्छ। त्यस्तै मधुमेह, अत्याधिक मोटोपना, टाउकोमा लाग्ने चोटपटक, सामाजिक रुपमा निष्क्रिय जीवनशैली लगायतका कारण अल्जाइमर्सको जोखिम बढ्ने गर्छ। 

अल्माइमर्स ज्येष्ठ नागरिकहरुलाई लाग्ने रोग हो। समाजले ज्येष्ठ नागरिकलाई हेर्ने दुष्टिकोणमा परिवर्तन गर्न नसकेको अवस्थामा ज्येष्ठ नागरिकको स्वास्थ्यको ख्याल गर्न तथा समयमा नै उपचार प्रक्रियामा लान सकिँदैन। समाजमा बालबालिकालाई गर्ने खर्चलाई लगानी भनी बुझ्ने तथा ज्येष्ठ नागरिकमा हुने खर्चलाई अनावश्यक खर्चका रुपमा हेर्ने प्रचलन रहेको छ। उनीहरुको स्वास्थ्यलाई व्यक्ति परिवार, समाज र राज्यले नै प्राथमिकताको सूचीमा राख्नु आवश्यक देखिएको छ। ज्येष्ठ नागरिकको उपचारका लागि सरकारले प्रत्येक स्वास्थ्य संस्थाहरुमा ज्येष्ठ नागरिक उपचार विभागको व्यवस्था गर्न आवश्यक छ। 

(राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कंडेलसँग लक्ष्मी चौलागाईंले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप
पहिलो १० ओभरमा कर्णाली याक्सको ७२ रन, तीन विकेट गुम्यो
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा?
सम्बन्धित सामग्री
मोजाभित्र प्याज राखेर सुत्दा ज्वरो निको हुन्छ? के भन्छ विज्ञान ‘यदि रुघाखोकी लागेको छ भने प्याजलाई गोलो काटेर मोजाभित्र राख्नुस् र त्यो मोजा लगाएर रातभर सुत्नुस्।’ शनिबार, असोज २४, २०८३
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
पहिलो १० ओभरमा कर्णाली याक्सको ७२ रन, तीन विकेट गुम्यो मंगलबार, कात्तिक १०, २०८३
कोशी प्रदेश लोकसेवा आयोगका अध्यक्ष गुरागाईंले किन दिए राजीनामा? मंगलबार, कात्तिक १०, २०८३
पशु, बाख्रा र गुदरी हाटबजारको राजस्व हिनामिना गरेपछि... मंगलबार, कात्तिक १०, २०८३
एनपीएल–३ तेस्रो खेल: जनकपुर बोल्ट्सले टस जित्दै फिल्डिङ रोज्यो मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्