• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
आइतबार, वैशाख २८, २०८२ Sun, May 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन तस्करी प्रकरण : आयोग गठनमा किन अर्घेल्याइँ?
64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०८०  १६:१८
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको भन्सारबाट जाँचपाससमेत भइसकेको अवस्थामा बरामद भएको तस्करीको ६० किलो ७१६ किलो सुन तस्करी प्रकरण अहिले अदालतमा छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणको मुद्दा अदालत टेकाएको हो।

अहिलेसम्म उक्त प्रकरणमा प्रतिवादी बनाएकाहरुमध्ये १८ जनाको बयान सकिएको छ। अदालती बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले आरोपीहरुलाई तारेख, धरौटी वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ।

पछिल्लो २ महिनादेखि चर्चामा रहेको सुन तस्करी प्रकरण अहिलेसम्म पनि चर्चामै छ। मोटरसाइकलको ब्रेकप्याडको रुपमा भित्र्याएको सुन बरामद भएपछि नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन महिनाभरी संघीय संसद्का बैठक अवरोध गर्दै आएको थियो।

एमालेले संसद् अवरोध जारी राखेपछि सरकार उच्चस्तरीय समिति गठन गर्न राजी भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको गत भदौ ६ गतेको सर्वदलीय बैठकमा दलहरुबीच सुन तस्करी प्रकरणको अनुसन्धानका लागि आयोग गठन गर्ने सहमति भएको थियो। 

संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका प्रमुख सचेतकले सुन तस्करीको छानबिनका लागि सरकारले आयोग गठन गर्नेसम्बन्धमा सहमति गरेका थिए।

दलहरुले गरेको सहमतिमा असोज ५ गते आयोग गठन गर्ने भनिएको थियो। तर, आज (सोमबार) असोज ८ गते बितिसक्दा समेत आयोग गठन बारे कुनै निर्णय हुन सकेको छैन।

यसअघि आइतबार असोज ७ गते बसेको सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठनबारे दलहरुबीच भएको छलफलमा सत्तापक्षले तीन बुँदे प्रस्ताव राखेको थियो। जहाँ कानुन परिमार्जन गर्ने भए सुझाव पेस गर्ने, संरचना परिवर्तनका लागि सुझाव पेस गर्ने तथा सीआईबीको प्रतिवेदन अध्ययन गर्ने विषय समावेश गरिएको थियो।

आयोगको कामबारेको यो प्रस्तावबारे प्रमुख प्रतिपक्ष दल एमाले भने असन्तुष्ट देखिएको थियो। आइतबारको बैठकपछि नेपाल लाइभसँग प्रतिक्रिया दिँदै एमालेका सचेतक महेश बर्तौलाले यसबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर मात्रै निर्णय लिने बताएका थिए।

Ncell 2
Ncell 2

तर सोमबार एक कार्यक्रममा अध्यक्ष ओलीले छानबिन नै नगर्ने आयोग किन चाहियो भन्दै प्रश्न गरेका छन्। एमालेकै मागअनुसार सहमति भएको आयोग गठनको कार्यादेश तस्करी रोक्न कानुन सच्याउने कुरातर्फ केन्द्रीत गर्न खोजिएको भन्दै यस्तो बताएका हुन्। 

उनले भनेका छन्, ‘सय किलो भनिएको सुन ६१ कसरी भयो? सरकारसँग सुन पगाल्ने एउटा मेसिन छ। पाँच वटा सुन पगाल्ने मेसिन तस्करसँग कसरी भयो? कसरी भयो? अनि अर्काले ठाउँ देखाइदिएपछि जाने? सरकारको अनुसन्धान गर्ने निकाय छैन? यी सब अनुसन्धान अरुले देखाएर बाध्य भएपछि गरिएका हुन्। त्यसैले हामीले छानबिन आयोग भनेका हौं। छानबिन नगर्ने आयोग किन चाहियो?  कानुन संशोधन गर्न किन आयोग चाहियो? त्यो कानुन संशोधन सुझाव आयोग छँदैछ नि।’

अहिलेसम्म आयोगले गर्ने कामकारबाही बारे कुरा नमिल्दा आयोग गठनले पूर्णता पाउन सकेको छैन। यता गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले भने यसअघि भएका आयोग गठनको सम्झौता अक्षरस पालना गर्न गृहमन्त्रालय र सरकार प्रतिबद्ध रहेको सोही अनुसार छलफलको क्रम जारी रहेको बताए।

यसअघि गत शुक्रबार पनि अयोग गठनबारे छलफल भएको थियो। त्यतिबेलाको छलफल पनि बिना निष्कर्ष सकिएको थियो। उक्त छलफलमा सत्तापक्षले तीन बुँदे प्रस्ताव राखेको थियो। यसअघि शुक्रबार छलफल भए पनि सहमति जुट्न नसक्दा आयोग गठन हुन सकेको थिएन।

shivam cement

shivam cement

सत्तापक्षको तीन बुँदे प्रस्तावलाई एमाले मान्न तयार छैन जसकारण पनि आयोग गठनले पूणता नपाएको बताइन्छ। भेप तथा ब्रेकप्याण्डमा लुकाएर ल्याइएको सुन प्रकरणका बारेमा आयोगले नै छानबिन गरेर कारबाही गर्नुपर्नेसम्मका अधिकार हुनुपर्ने एमालेको अडान छ। यसअघि सीआईबीले गरेको अनुसन्धान चित्तबुझ्दो नभएकाले त्यसलाई आधार मानेर थप अनुसन्धान र कारबाहीको प्रक्रिया आयोगले समेत गर्नुपर्ने एमालेको माग छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेबीच आयोगको क्षेत्राधिकार तथा काम कारबाहीका बारेमा कुरा नमिल्दा अहिलेसम्म आयोग गठनको प्रक्रियाले मुर्त रुप लिन सकेको छैन। त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत देश बाहिर रहेका छन्।

उनी विदेशमा रहेकालेसमेत आयोग गठनमा ढिलाइ भएको बताइन्छ। उनी स्वदेश फर्किएपछि आयोग गठन हुने कुरा गृहमन्त्री निकट स्रोतको बुझाइ छ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्बमाथि
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की
सम्बन्धित सामग्री
उपत्यका विकास प्राधिकरणका सब-इन्जिनियरविरुद्ध साढे ३ करोड भष्ट्राचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा पौड्यालविरुद्ध ३ करोड ६३ लाख २१ हजार २०७ बिगो दाबी गरिएको छ। आइतबार, वैशाख २८, २०८२
अवरूद्ध नारायणघाट–मुग्लिन सडक सञ्चालनमा आइतबार विहान इच्छाकामना–५ तुइनखोला भन्ने स्थानमा वीरगन्जबाट काठमाण्डौ जाँदैगरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको कोईला लोड गरिएको ट... आइतबार, वैशाख २८, २०८२
ट्रकको ठक्करबाट एक जनाको मृत्यु मृत्यु हुनेमा ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोही घटनामा पाँचथर मिक्लाजुङ... आइतबार, वैशाख २८, २०८२
ताजा समाचारसबै
दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार १० अर्बमाथि आइतबार, वैशाख २८, २०८२
सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित आइतबार, वैशाख २८, २०८२
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’: जेलेन्स्की आइतबार, वैशाख २८, २०८२
राष्ट्रपति र उपराष्ट्रपति कार्यालयमा एउटै कर्मचारी व्यवस्था गर्नुपर्ने कांग्रेस सांसद खतिवडाको सुझाव आइतबार, वैशाख २८, २०८२
प्रेम सुवालले भने : प्रधानमन्त्रीज्यू! जनताको बहुदलीय जनवाद पुँजीवादी सरकारमा जाने भर्‍याङ मात्र हो ? आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
अमेरिकी विदेशमन्त्रीले भारतीय विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखलाई यस्तो भने शनिबार, वैशाख २७, २०८२
भारत–पाकिस्तानबीच युद्धविराम शनिबार, वैशाख २७, २०८२
आफै अमेरिका छाड्न चाहने अवैध आप्रवासीले अब बोनस पाउने आइतबार, वैशाख २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्