• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

सुन तस्करी प्रकरण : आयोग गठनमा किन अर्घेल्याइँ?

64x64
नेपाल लाइभ सोमबार, असोज ८, २०८०  १६:१८
1140x725

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको भन्सारबाट जाँचपाससमेत भइसकेको अवस्थामा बरामद भएको तस्करीको ६० किलो ७१६ किलो सुन तस्करी प्रकरण अहिले अदालतमा छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धान सकेपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणको मुद्दा अदालत टेकाएको हो।

अहिलेसम्म उक्त प्रकरणमा प्रतिवादी बनाएकाहरुमध्ये १८ जनाको बयान सकिएको छ। अदालती बयान सकिएपछि थुनछेक बहस हुनेछ। त्यसपछि अदालतले आरोपीहरुलाई तारेख, धरौटी वा थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने आदेश दिनेछ।

पछिल्लो २ महिनादेखि चर्चामा रहेको सुन तस्करी प्रकरण अहिलेसम्म पनि चर्चामै छ। मोटरसाइकलको ब्रेकप्याडको रुपमा भित्र्याएको सुन बरामद भएपछि नेकपा एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै साउन महिनाभरी संघीय संसद्का बैठक अवरोध गर्दै आएको थियो।

एमालेले संसद् अवरोध जारी राखेपछि सरकार उच्चस्तरीय समिति गठन गर्न राजी भएको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको गत भदौ ६ गतेको सर्वदलीय बैठकमा दलहरुबीच सुन तस्करी प्रकरणको अनुसन्धानका लागि आयोग गठन गर्ने सहमति भएको थियो। 

संसद्मा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टीका प्रमुख सचेतकले सुन तस्करीको छानबिनका लागि सरकारले आयोग गठन गर्नेसम्बन्धमा सहमति गरेका थिए।

दलहरुले गरेको सहमतिमा असोज ५ गते आयोग गठन गर्ने भनिएको थियो। तर, आज (सोमबार) असोज ८ गते बितिसक्दा समेत आयोग गठन बारे कुनै निर्णय हुन सकेको छैन।

यसअघि आइतबार असोज ७ गते बसेको सुन तस्करी प्रकरणको छानबिनका लागि आयोग गठनबारे दलहरुबीच भएको छलफलमा सत्तापक्षले तीन बुँदे प्रस्ताव राखेको थियो। जहाँ कानुन परिमार्जन गर्ने भए सुझाव पेस गर्ने, संरचना परिवर्तनका लागि सुझाव पेस गर्ने तथा सीआईबीको प्रतिवेदन अध्ययन गर्ने विषय समावेश गरिएको थियो।

आयोगको कामबारेको यो प्रस्तावबारे प्रमुख प्रतिपक्ष दल एमाले भने असन्तुष्ट देखिएको थियो। आइतबारको बैठकपछि नेपाल लाइभसँग प्रतिक्रिया दिँदै एमालेका सचेतक महेश बर्तौलाले यसबारे पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेर मात्रै निर्णय लिने बताएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

तर सोमबार एक कार्यक्रममा अध्यक्ष ओलीले छानबिन नै नगर्ने आयोग किन चाहियो भन्दै प्रश्न गरेका छन्। एमालेकै मागअनुसार सहमति भएको आयोग गठनको कार्यादेश तस्करी रोक्न कानुन सच्याउने कुरातर्फ केन्द्रीत गर्न खोजिएको भन्दै यस्तो बताएका हुन्। 

उनले भनेका छन्, ‘सय किलो भनिएको सुन ६१ कसरी भयो? सरकारसँग सुन पगाल्ने एउटा मेसिन छ। पाँच वटा सुन पगाल्ने मेसिन तस्करसँग कसरी भयो? कसरी भयो? अनि अर्काले ठाउँ देखाइदिएपछि जाने? सरकारको अनुसन्धान गर्ने निकाय छैन? यी सब अनुसन्धान अरुले देखाएर बाध्य भएपछि गरिएका हुन्। त्यसैले हामीले छानबिन आयोग भनेका हौं। छानबिन नगर्ने आयोग किन चाहियो?  कानुन संशोधन गर्न किन आयोग चाहियो? त्यो कानुन संशोधन सुझाव आयोग छँदैछ नि।’

अहिलेसम्म आयोगले गर्ने कामकारबाही बारे कुरा नमिल्दा आयोग गठनले पूर्णता पाउन सकेको छैन। यता गृहमन्त्रीका स्वकीय सचिव विजय गौतमले भने यसअघि भएका आयोग गठनको सम्झौता अक्षरस पालना गर्न गृहमन्त्रालय र सरकार प्रतिबद्ध रहेको सोही अनुसार छलफलको क्रम जारी रहेको बताए।

यसअघि गत शुक्रबार पनि अयोग गठनबारे छलफल भएको थियो। त्यतिबेलाको छलफल पनि बिना निष्कर्ष सकिएको थियो। उक्त छलफलमा सत्तापक्षले तीन बुँदे प्रस्ताव राखेको थियो। यसअघि शुक्रबार छलफल भए पनि सहमति जुट्न नसक्दा आयोग गठन हुन सकेको थिएन।

सत्तापक्षको तीन बुँदे प्रस्तावलाई एमाले मान्न तयार छैन जसकारण पनि आयोग गठनले पूणता नपाएको बताइन्छ। भेप तथा ब्रेकप्याण्डमा लुकाएर ल्याइएको सुन प्रकरणका बारेमा आयोगले नै छानबिन गरेर कारबाही गर्नुपर्नेसम्मका अधिकार हुनुपर्ने एमालेको अडान छ। यसअघि सीआईबीले गरेको अनुसन्धान चित्तबुझ्दो नभएकाले त्यसलाई आधार मानेर थप अनुसन्धान र कारबाहीको प्रक्रिया आयोगले समेत गर्नुपर्ने एमालेको माग छ ।

सत्तापक्ष र प्रमुख प्रतिपक्ष एमालेबीच आयोगको क्षेत्राधिकार तथा काम कारबाहीका बारेमा कुरा नमिल्दा अहिलेसम्म आयोग गठनको प्रक्रियाले मुर्त रुप लिन सकेको छैन। त्यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समेत देश बाहिर रहेका छन्।

उनी विदेशमा रहेकालेसमेत आयोग गठनमा ढिलाइ भएको बताइन्छ। उनी स्वदेश फर्किएपछि आयोग गठन हुने कुरा गृहमन्त्री निकट स्रोतको बुझाइ छ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १६:१८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक
सम्बन्धित सामग्री
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली हानेर सुजन शाहीलाई नियन्त्रणमा लिएको हो । बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुर घटना : अभद्र व्यवहार मुद्दाबाट छुटेका युवक खुकुरी प्रहारमा संलग्न, ३ जना नियन्त्रणमा घटनामा स्थलमा सुरुमा ४ जना र पछि थप एक जना आएको दृश्य सिसिटिभीमा देखिन्छ । तर, हत्यामा ३ जना मात्रै संलग्न रहेको अनुसन्धानमा संलग्न... बिहीबार, वैशाख २४, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे सार्वजनिक खरिद प्रणाली ह्याक गरेर ठेक्का विवरण हेरफेर भएको प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)... शुक्रबार, वैशाख ११, २०८३
ताजा समाचारसबै
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाविरुद्ध कुशल भुर्तेलले बनाए शतक शनिबार, जेठ २, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
सरकारलाई कांग्रेसको प्रश्न : नीति तथा कार्यक्रम कुनै ठट्टाको विषय होइन शनिबार, जेठ २, २०८३
हिमालचुलीको रोयल्टी समयमै विभाज्य कोषमा जम्मा गर्न संघलाई आग्रह शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
प्रधानमन्त्री बालेन शाहको राजीनामा माग्दै हर्क साम्पाङले जारी गरे विज्ञप्ति शुक्रबार, जेठ १, २०८३
अनुसन्धान विभाग फेरि गृहबाट प्रधानमन्त्रीकै मातहत सारियो शुक्रबार, जेठ १, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
जेनजीले बहिस्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल,लिए यी ६ अडान शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्