• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन ७, २०८३ Thu, Jul 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

किन बढिरहेको छ चिनीको मूल्य?

64x64
नेपाल लाइभ सोमबार, असोज १, २०८०  १६:१५
1140x725

काठमाडौं – ‘साहुजी एक केजी चिनी दिनोस् न’ एक ग्राहकले चिनी माग्दै भने। 
व्यापारीले चिनी जोख्न थाले। ‘चिनीको पैसा कति हो?’ पर्स खोल्दै ग्राहकले सोधे।
‘१४० रुपैयाँ हो,’ व्यापारीले जवाफ दिए।
‘१४० रे, अस्ति भर्खर १२० रुपैयाँमा लगेको हो त?’ ती ग्राहकले झस्किँदै भने।
‘मैले बढाएको होइन। होलसेलबाटै महँगिएको छ। भारतमै चिनी सटेज हुन लागेको छ रे, उतैबाट मूल्य बढेर आएको भन्छन्,’ ती व्यापारीले भने।
‘कस्तो महँगी अब त चिनी किनेर खानै नसक्ने भइसकेछ,’ ती ग्राहकले भने। त्यसपछि १४० रुपैयाँ तिरेर चिनी बोक्दै आफ्नो बाटो लागे।

यो कुलेश्वरको एक किराना तथा खाद्यस्टोरका व्यापारी र ग्राहकबीच शनिबार साँझमा भएको संवाद हो। बिहीबारदेखि नेपाली बजारमा चिनीको मूल्य अत्यधिक महँगो भएको छ। गत भदौको पहिलो सातामा खुद्रा व्यापार संघले चिनीको थोक मूल्य प्रतिकिलो १०५ रुपैयाँ तोकेको थियो। होलसेल बजारमा पनि चिनी प्रतिकिलो १०५ रुपैयाँमा पाउँथ्यो। तर बजारमा १२० रुपैयाँ रहेको पाइएको थियो। 

भदौको अन्तिम सातातिर खुद्रा व्यापार संघमा चिनीको मूल्य प्रतिकिलो ९० रुपैयाँ तोकेको थियो। तर होलसेल बजारमा चिनीको मूल्य ११७ रुपैयाँ रहेको थियो। 

अहिले होलसेलमै प्रतिकिलो १० रुपैयाँले बढाइएको नेपाल खुद्रा व्यापार संघले जानकारी दिएको छ। चिनीका होलसेल बिक्रेताहरूले सिन्डिकेट कायम गरी प्रतिकिलो १० रुपैयाँ बढाएपछि खुद्रा मूल्य पनि सोहीअनुसार बढेको पाइएको छ।

केही दिनअघिसम्म प्रतिकिलो १ सय २० रुपैयाँ रहेको चिनीको बजार मूल्य अहिले १ सय ३० रुपैयाँ पुगेको संघको भनाइ छ। खुद्रा बजारमा अहिले चिनीको मूल्य प्रति किलो १३० रुपैयाँदेखि १४० रुपैयाँसम्म रहेको पाइएको छ।

गत भदौ २७  गतेसम्म चिनीको होलसेल मूल्य प्रतिकिलो १ सय १७ रुपैयाँ रहेको त्यसयता होलसेलरहरूले १२७ रुपैयाँ पुर्‍याएको संघका एक कर्मचारी बताउँछन्। होलसेल मूल्य बढेर आएपछि चिनीको खुद्रा मूल्य १४० रुपैयाँसम्म पुगेको ती कर्मचारीको भनाइ छ।

होलसेल व्यापारीको मनपरीका कारण चिनी बिक्री गर्नै नसक्ने अवस्था भएको उनको छ। बजारमा सिन्डकेट कायम गराएर चिनीको अभावसमेत भएको ती कर्मचारी बताउँछन्। नेपालमा उत्पादित चिनीको मौज्दात सकिएको र अन्तर्राष्ट्रिय माग तथा आपूर्तिमा तालमेल नमिल्दा मूल्य बढेको हुनसक्ने नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवालले बताए। सरकारले भन्सार छुट दिएको चिनी ल्याएर मूल्य नियन्त्रण गर्नुपर्ने उनको भनाइ छ।

‘नेपाली उत्पादन सकिएको सिजन छ। भारतमासमेत यो वर्ष चिनी उत्पादनमा कमी आउने सम्भावना रहेको समाचार आइरहेको छ। यस्तो अवस्थामा चिनीको मूल्य बढाउने प्रयास हुनु स्वभाविकै हो। सरकारले २० हजार टन चिनी ल्याउने भनेको छ, त्यो र थप परिमाणको चिनी ल्याएर सरकारले मूल्य नियन्त्रणका लागि तत्कालै कदम चाल्नु भने जरुरी छ,’ अग्रवालले भने।

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा खपत हुने चिनीमध्ये ७५ प्रतिशत उद्योगहरुले र उपभोक्ताले २५ प्रतिशत खपत गर्दै आएको अग्रवालको भनाइ छ। अहिले सरकारले चाडपर्वलाई लक्षित गरेर चिनीको अभाव हुन नदिन ५० प्रतिशत भन्सार छुटमा २० हजार मेट्रिक टन चिनी आयात गर्ने निर्णय गरेको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई उक्त परिमाणमा चिनी आयात गर्न अनुमति दिएको अर्थ मन्त्रालयले जनाएको छ। हाल चिनीमा ३० प्रतिशत भन्सार लाग्दै आएको छ। सरकारको अनुमतिपछि २ कम्पनीले १५ प्रतिशत मात्रै भन्सार तिरेर चिनी आयात गर्न पाउनेछन्।

भारतमा चिनीको मूल्य ६ वर्षयताकै उच्च 
भारतको महाराष्ट्र राज्यमा यसवर्ष खडेरीका कारण उखु उत्पादनमा कमी आउने भएकाले भारतमा चिनीको मूल्य ६ वर्षयताकै उच्च भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

उक्त समाचार आइसकेपछि नेपालमा चिनीको मूल्य बढेको खुद्रा व्यापारीहरुको भनाइ छ। महाराष्ट्रमा भारतको कूल चिनी उत्पादनको एक तिहाइ उत्पादन हुन्छ। भारतमा चिनी उत्पादन घट्ने भएपछि उसले निर्यात बन्द गर्ने हो कि भन्ने आकलनसमेत गर्न थालिएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन्।

यही मौका छोपेर नेपालका होलसेल व्यापारीले बजारमा चिनीको कार्टेलिङ र गैरकानुनी मौज्दात कायम गरेको साना खुद्रा व्यापारीहरु बताउँछन्।

प्रकाशित मिति: सोमबार, असोज १, २०८०  १६:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
सम्बन्धित सामग्री
सुन र चाँदीको मूल्य सामान्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको... बिहीबार, साउन ७, २०८३
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो हिजो मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो । बुधबार, साउन ६, २०८३
सुनको मूल्य सामान्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो। मंगलबार, साउन ५, २०८३
ताजा समाचारसबै
अब विश्वविद्यालय मेरिटोक्रेसीको आधारमा चल्छ, राजनीतिक हस्तक्षेप हुँदैन : शिक्षामन्त्री पोखरेल बिहीबार, साउन ७, २०८३
लामो संघर्षबाट ल्याइएको लोकतन्त्र अहिले अपहरणमा परेको छ : ओली बिहीबार, साउन ७, २०८३
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन बिहीबार, साउन ७, २०८३
विश्वकप लिग २ : नेदरल्यान्ड्सविरुद्ध टस हार्‍यो नेपाल, पहिले ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
आन्तरिक राजस्व कार्यालय लहानका कर अधिकृत ५ लाख घुससहित पक्राउ बिहीबार, साउन ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना बिहीबार, साउन ७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णयहरू बुधबार, साउन ६, २०८३
जम्मू–कश्मिरमा अमरनाथ यात्रा सुरक्षामा खटिएका प्रहरीमाथि आतंकवादी हमला, एक प्रहरीको हत्या बुधबार, साउन ६, २०८३
हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
विष्णु पाैडेललाई साधारण तारेखमा छोड्न विशेष अदालतको आदेश शुक्रबार, साउन १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्