• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ ३, २०८३ Sun, May 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

कर्णालीका हजारौँ महिलाकी आमा

64x64
नेपाल लाइभ शनिबार, भदौ ३०, २०८०  ११:०३
1140x725

काठमाडौं- सात समुद्र पारिबाट नेपाल आएकी डा सेर्ली हेउडको मन र दिमागमा स्वास्थ्य सेवा अभावमा कर्णालीका महिलाले भोग्नु परेका बेदनाले गाँजिएका दृश्यहरु झुल्किरहन्छन्।

कर्णाली, राजधानी काठमाडौंदेखि धेरै परको पहाड, जहाँ मानिसहरू उचित स्वास्थ्य सेवाको अभावमा पीडित छन्। जहाँ पीडा बहन गर्ने अग्रभागमा महिलाहरु मात्र दोहोरिइरहन्छन्। 

जब कर्णालीमा पहिलो पटक पाइला टेकिन्, ती दृश्यले उनको मन बेस्कन पग्लिएको थियो, गाँठो परेको थियो। त्यहाँका महिलाहरु उचित औषधिको सुविधा नहुँदा निको हुने रोगसँग पनि बर्षौंदेखि जुधिरहेका थिए। सामाजिक र पारिवारिक उल्झनले आफूलाई लागेको रोगको उपचार सम्भव छैन भन्ने सत्य बोकेर बसेका महिलाहरुको भाग्य देखेर उनी पीडाको आहालमा डुब्थिन्। 

उनी यो पीडाको आहाल सफा गर्न कम्मर कसेर उत्रिइन्। जसको उज्यालो बाछिटाहरु देखिन थालेका छन्। विगतको तुलनामा आजभोलि महिलाहरुको स्वास्थ्य स्थितिमा उल्लेखनीय सुधार भएको छ। उनले गरेको योगदानप्रति महिलाहरु यति कृतज्ञ छन् कि माया र सम्मानले आमा भनेर बोलाउँछन्। 

ती प्रिय आमा हुन् विगत २० वर्षदेखि नेपाललाई नै आफ्नो थातथलो मानेर बसेकी बेलायती नागरिक सेर्ली हेउड। स्त्री रोग विशेषज्ञ डा सेर्ली अब त नेपाललाई आफ्नो पहिलो घर भन्न रुचाउँछिन्। 

उनको नेपाल यात्राको वर्णन गर्न सन् २००३ मा पुग्नुपर्छ। पहिलो पटक इन्टरनेसनल नेपाल फेलोसिप (आईएनएफ) को फेलोको (स्वयंसेवक)का रूपमा नेपाल आएकी डा सेर्ली मुगु जिल्ला पुगेर काम गरिन्। त्यहाँ रहँदा उनले स्वास्थ्य शिविरहरुमा जस्ता रोगहरु बोकेर महिलाहरु आएको देखिन्। त्यसले उनको भावी सोच र लक्ष्य नै बदलियो। यसको पछाडि उनीसँग ठोक्किएको एक किशोरीको दर्दनाक कथा थियो। 

१३ वर्षको उमेरमै विवाह गरेकी किशोरीले एक वर्षपछि मृत बच्चालाई जन्म दिएकी थिइन्। तीन दिनसम्मको असह्य पीडापछि मृत बच्चा जन्माएकी ती किशोरी आमालाई फिस्टुला भएको थियो। शरीरको कुनै अंग वा रक्तनली अर्को अंगमा जोडिएर असाधारण आकार बन्नुलाई फिस्टुला भनिन्छ। बच्चा जन्माउने बेला संक्रमण भएर मलासय वा पिसाब थैलीको बाटो खुल्न जाने र दिसा–पिसाब अनियन्त्रित रुपमा बाहिर आउने हुन्छ। उनै किशोरी अनेक संयोगले स्वास्थ्य शिविरमा आइपुगिन्, जहाँ डा सेर्लीले काउन्सिलिङ गर्न पाइन् र किशोरी आमाले भाग्नु परेको असह्य पीडाकै कारण उनले यथास्थितिको मार्ग बदल्ने निचोड निकालिन्।

‘उनी अत्यन्त पीडादायी समस्याले गुज्रिरहेकी थिइन्। किशोरावस्थामै भोग्नु परेको प्रसवको जटिलताले उनको स्वास्थ्य अवस्था अत्यन्त नाजुक थियो,’ स्वास्थ्यखबरसँग भिडियो संवादमा लण्डनबाट जोडिएकी डा सेर्ली मुगुकी ती किशोरी आमाको पीडा सुनाउँछिन्। सामान्यतया स्वास्थ्य शिविरमा आएका फिस्टुलाका बिरामीलाई डाक्टरले ललितपुरको पाटन अस्पतालमा पठाउने गर्थे। तर परिवारबाट त्यज्य भएर बसेकी ती किशोरी आमा पाटन पुग्न सक्ने कुनै आर्थिक स्थितिमा थिइनन्।

nimb
nimb
Ncell 2
Ncell 2

यसले डा सेर्लीलाई थप पीडा दियो र कर्णालीमै फिस्टुलाको उपचार गर्ने अस्पताल निर्माण गर्ने अठोट मनमा गढ्यो। उनले ठहर गरिन्, त्यो अठोटले सार्थकता पाए धेरै महिलाले पीडाबाट छुटकारा पाउँथे। तर त्यतिबेला फिस्टुलाका बिरामीको शल्यक्रिया गर्न तालिमप्राप्त स्वास्थ्यकर्मीको अभाव थियो। के गर्ने ? उनले पुनः तय गरिन्, उही आइएनएफको फेलो बनेर तालिम लिने। त्यही फेलोसिप अन्तर्गत उनी इथियोपिया पुगिन्। दक्षता हासिल गरेर उनी पुनः नेपाल फर्किइन्।

उनले सुर्खेतमा सरकारी अस्पतालको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरेकी थिइन्, जहाँ धेरै महिलाको शल्यक्रिया गरिएको थियो। सन् २०११ मा उनी सहितको चिकित्सकको समूहले ५६ जनाको फिस्टुलाको शल्यक्रिया गरेको थियो। 
स्वास्थ्य शिविर मात्र चलाएर उनी अल्झिने अवस्थामा थिइनन्। उनको मन–मस्तिष्कमा फिस्टुला उपचारलाई मात्र केन्द्रित हुने कर्णालीमा अस्पताल बनाउने सोचले घर गरिरहेकै थियो। उनी आफ्नो सपनाको अस्पतालबाट स्थानीय डाक्टरहरुलाई तालिम दिने र सो उपचारको लागि दक्ष बनाउने सपना बुन्थिन्। 

त्यसका लागि उनले आईएनएफमार्फत निरन्तर प्रयत्न गरेकै थिइन्। अन्ततः आईएनएफको पहल र कर्णाली प्रदेश सरकारको सहयोगमा अस्पताल निर्माण गर्ने जग्गा प्राप्त भयो। त्यसैले आज डा सेर्लीको सपनाले मूर्त रुप लिएको छ। जसका कारण कार्र्णालीको प्रादेशिक अस्पतालसँगै फिस्टुला रोगको लागि बेग्लै १७ शय्याको उपचार केन्द्र छ। जसमा वार्षिक ३ सय जनासम्म महिलाको उपचार गर्न सम्भव भएको छ। 

डा सेर्लीले कर्णालीका सुर्खेत, जुम्ला, मुगु लगायतका जिल्लामा काम गरिसकेकी छन्। उनी नेपाली भाषा सिकेर स्पष्ट बोल्न सक्ने भएकी छिन्।  उनको अथक मिहिनेत र लगावले गम्भीर पीडामा रहेका धेरै महिलाको रोगको निदान भएको छ। 

‘महिलाहरूले एकदमै पीडादायक रुपमा फिस्टुलाको सामना गरिरहेका हुन्छन्। बारम्बार पिसाब चुहिने कारण आउने नराम्रो गन्ध र संक्रमणले ग्रस्त भइरहेका हुन्छन्। लाज र डरले यो रोगबारे खुलेर कुरा गर्न पनि चाँहदैनन्,’ डा सेर्ली तितो अनुभव साझा गर्दै भन्छिन्, ‘तर म सन् २००९ देखि रोग लागेकै कारण हुने लाज र संक्रमणबाट मुक्त गर्ने अभियानमा छु। म महिलाहरूलाई यो रोगबाट मुक्त गर्न चहान्थेँ र सम्मानपूर्वक बाँचेको देख्न चाहन्थेँ।’

डा सेर्लीसँग पारिवार स्वास्थ्य महाशाखामा पनि काम गरेको अनुभव छ। सरकारी निकायलाई सिजेरियन अपरेसनको तालिम सञ्चालन गर्न उनी सन् २००६ मा जोडिएकी थिइन्। ‘सुरक्षित प्रजननलाई थप सिपयुक्त बनाउने तालिम दिने काममा जोडिन पाउँदा म खुसी थिएँ। यसले सिजेरियन अपरेसन गर्ने मेडिकल अफिसरहरूलाई प्रशिक्षण दिन्थ्यो। नेपालमा त्यतिबेला दुर्गम क्षेत्रमा सीएस गर्न सक्ने डाक्टर थोरै थिए। डाक्टरहरूलाई तालिम दिएपछि म केही हप्ता तिनीहरूले दिने सेवालाई मद्दत गर्न बस्थेँ। त्यस सिलसिलामा धनकुटा, अर्घाखाँची, जुम्ला र बैतडी लगायतका जिल्लामा पुगेको थिएँ,’ उनी आफूले गरेको कामबारे जानकारी गराउँछिन्।

पछिल्लो समय नेपालको स्वास्थ्य क्षेत्रमा भएका विकास र सकारात्मक परिवर्तनले डा सेर्लीलाई खुसी बनाएको छ। ‘नेपालले ठूलो प्रगति गरेको छ। अहिले सबै जिल्लामा तपाईंले सीएस गर्न सक्ने सुविधायुक्त मानव संसाधनले सुसज्जित अस्पतालहरू देख्न सक्नुहुन्छ,’ आफ्ना व्यक्तिगत कामले लण्डन पुगेकी सेर्ली मन्द मुस्कान सहित खुसी व्यक्त गर्छिन्। 

यति हुँदाहुँदै पनि उनलाई सताउने भनेको कर्णालीका महिलाहरूले फिस्टुलाका कारण भोग्नुपरेको पीडाको सम्झनाले नै हो। उनलाई कर्णालीकी एक ६५ वर्षीया महिलाले करिब ४० वर्ष बेहोरेको फिस्टुलाको कहर सम्झेर अहिले पनि जिरिङ्ग हुन्छ। २५ वर्षकी हुँदा बच्चा जन्माएकी ती महिलालाई सोही बखतदेखि फिस्टुलाले गाँजेको थियो। ती महिलाको दुःखका क्षण सम्झिँदै डा सेर्ली स्वास्थ्यखबरसँग भन्छिन्, ‘उनी हाम्रो अस्पतालमा आइन्। उनको पहिलो सन्तानको रुपमा रहेकी छोरीको विवाह भइसकेको थियो। दोस्रो सन्तान बाँच्न सकेन। श्रीमान्को पनि मृत्यु भइसकेको थियो। उनी आफ्नी छोरीको विवाहमा समेत उपस्थित हुन नसकेको बताउँथिन्। उनको शरीर पूरै दुर्गन्धित थियो।’

शल्यक्रियापछि ती महिला निको भएको डा सेर्ली बताउँछिन्। करिब ४ दशक बोकेको रोग फ्याँकेकी ती महिलाको अनुहार सम्झेर डा सेर्ली अहिले पनि आनन्द महसुस गर्छिन्। शल्यक्रियापछि ती महिलाले आफन्तसँग भेट्न सक्ने भएको र समाजमा पुनस्र्थापना भएकोले आफूलाई थप खुसी मिलेको डा सेर्ली बताउँछिन्। 

‘तर उनलाई फिस्टुला भएकोले समाजले एकान्त पारेको र बहिष्कार गरी ४० वर्षसम्म रोगको साथ बाँच्नु पर्ने त्रासको कल्पना गर्नुहोस् त। एक्लोपन, लाज, बहिष्कार र रोगसँग ४० वर्ष कसरी जुध्न सकिन्  होला ? तपाईं यस्तो कल्पना समेत गर्न सक्नुहुन्न। मेरा लागि ती महिला उपचार पाएर खुसी साथ घर फर्किएको देख्न पाउनु चरम खुसीको कुरा थियो,’ डा सेर्ली चिन्ता सहितको खुसी दर्शाउँछिन्।

डा सेर्ली नेपालमा समुदायस्तरमै सुरक्षित मातृत्व सुनिश्चित गर्न सकिनेमा विश्वस्त छिन्। जसको पूर्वसर्त भने महिलालाई फिस्टुलाबाट जोगाउने हुनुपर्ने उनको धारणा छ। ‘सुरक्षित सुत्केरी र सुरक्षित मातृत्व नै महिलाहरूलाई फिस्टुलाको अवस्था सामना गर्नबाट जोगाउने एक मात्र उपाय हो। नेपाल फिस्टुलाबाट मुक्त हुने सुनिश्चित गर्न नेपालले यसमा काम गर्न आवश्यक छ,’ उनी आफ्नो जीवनको बाँकी रहेको महत्वपूर्ण समय यसैमा खर्च गर्ने भन्दै भन्छिन्, ‘जबसम्म मलाई नेपाल आउने अनुमति मिल्छ, भिसा प्राप्त हुन्छ तबसम्म म फिस्टुलाको क्षेत्रमा काम गर्न नेपाल आउँछु।’

डा सेर्ली इंगल्यान्डका साथीभाइ र संस्थामार्फत केही रकम जोहो गरेर नेपाल फर्कने बताउँछिन्। उनी लामो समयदेखि यही नियमिततामा रहेकी छन्। तीन वर्षसम्म नेपालमा बस्ने र पैसा जुटाउन करिब चार महिनाका लागि लण्डन फर्कने गर्छिन्। उनले उठाएको पैसा आईएनएफलाई दिइन्छ, जसले नेपालमा खाँचोमा परेका मानिसहरूलाई हेरचाह गर्न सहयोग प्रदान गर्छ। 

कर्णालीमा उनले सेवा गरेका मानिसहरूले उनलाई आदरपूर्वक आमाभन्दा आफ्नो हृदय भावनाले छपक्कै भरिने गरेको बताउँछिन्। ‘यसले मलाई ठूलो आनन्द दिन्छ। तिनीहरूबाट यस्तो सुन्न पाउनु एकदमै सन्तोषको कुरा हो,’ उनी भन्छिन्। 
डा सेर्ली विगत केही महिनादेखि आफ्नी बिरामी आमाको हेरचाह गर्ने क्रममा इंग्ल्याण्डमा रहनु परेको थियो। नेपालीहरूले आमा भनेर सम्बोधन गरेकी प्रिय सेर्लीले जुलाईमा आफ्नी आमा गुमाउन पुगिन्।

सेर्ली अब झट्टै नेपाल आएर यहाँका सयौँ आमा र आफूलाई आमा मान्ने सयौँ महिलालाई सेवा दिने कर्ममा लाग्ने बताउँछिन्। ‘नेपालले मलाई कहिलेसम्म आउन दिने हो त्यसमा भर पर्छ,’ उनी दोहोर्‍याउँदै भन्छिन्, ‘तर मेरो मुटु नेपालमै छ र सधैँ रहनेछ।’

(यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड अन्तर्गत दिगो विकासका लक्ष्यभित्र स्वास्थ्यका विषयमा डा सेर्लीको योगदानको कदर गर्दै हेल्थ अवार्ड प्रदान गरिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उनलाई अवार्ड प्रदान गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, भदौ ३०, २०८०  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस
आज सातै प्रदेशमा वर्षाको सम्भावना
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
३ लाख नदिए उड्न दिन्न भन्ने म्यानपावरमाथि स्टिङ अपरेसन, एजेन्ट रङ्गेहात पक्राउ आइतबार, जेठ ३, २०८३
मदन भण्डारीलाई सम्झँदा मित्र गुमाएको पीडा मात्र होइन, युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुन्छ : ओली आइतबार, जेठ ३, २०८३
रास्वपाको वडा अधिवेशन आज, करिब १५०० वडामा नयाँ समिति चयन हुँदै आइतबार, जेठ ३, २०८३
आज ३३ औँ मदन-आश्रित स्मृति दिवस आइतबार, जेठ ३, २०८३
आज सातै प्रदेशमा वर्षाको सम्भावना आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
कुशल भुर्तेलको शतकीय पारीमा अमेरिकामाथ नेपालको ९ विकेटको फराकिलो जित शनिबार, जेठ २, २०८३
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत उत्तीर्ण, नतिजा कसरी हेर्ने? सोमबार, वैशाख २८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्