• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फिजियोथेरापी: बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयोगी

सार्थक गौतम शुक्रबार, भदौ २९, २०८०  ०८:२५
1140x725

फिजियोथेरापीलाई नेपालीमा भौतिक चिकित्साको नामले चिनिन्छ। यो वैज्ञानिक प्रमाणहरुमा आधारित एउटा उपचार प्रणाली हो। जसको मुख्य उद्देश्य नै जीवनको गुणस्तर बढाउनु हो। यसले धेरैजसो रोगहरुको आफैं पहिचान गरी आफ्नै विधि र प्रक्रियाबाट उपचार गर्ने काम पनि गर्छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यसलाई स्वशासित र स्वतन्त्र पेसा पनि घोषणा गरेको छ। 

फिजियोथेरापीको भूमिका कुनै पनि रोगको रोकथाम र उपचारदेखि पुनर्स्थापना र स्वास्थ प्रोत्साहनसम्म हुन्छ। यसले शारीरिक र मानसिक दुवै हिसाबमा शरीरलाई फाइदा पुर्‍याउने काम गर्छ। फिजियोथेरापी भित्र यसका विभिन्न विभागहरु छन् र विभागका अनुसार छुट्टा-छुट्टै विशेषज्ञ र परामर्शदाता हुन्छन्। आउनुहोस् यसको बारेमा बुझौँ।

१. मस्कुलोस्केलेटल अर्थात् हाडजोर्नी र मांसपेसीसम्बन्धी फिजियोथेरापी:
यसका विशेषज्ञहरुले अर्थोपेडिक र रूमेटोलोजीकल अवस्थाको विस्तृत दायराको लागि सल्लाह र उपचार प्रदान गर्दछन्। शरीरमा भएका हड्डी, जोर्नी, मांसपेशी, स्ननायुबधन वा टेन्डनहरुमा कुनैपनि किसिमको चोट, समस्या भयो भने यसका विशेषज्ञको परामर्श लिनुपर्छ। जस्तैः मांसपेसीमा तनाव, मांसपेसी च्यातिएको, हड्डी खिइएको, भाँचिएको, जोर्नीहरुमा दुखाइ, गर्दन  दुख्ने, ढाड दुख्ने जस्ता समस्या साथै सर्जरी जस्तै ल्यामिनक्टोमी, आर्थ्रोप्लास्टी आदि गर्नु अघि र पछि। 

२. न्यूरोलोजिकल फिजियोथेरापी:
यसका विशेषज्ञहरुले स्नायु र न्यूरोभास्कुलर प्रणालीभित्र उत्पन्न भएका समस्याहरूको कारण हाम्रो चाल, सन्तुलन, विभिन्न अङ्गबीचको समन्वय, गति र कार्यहरूमा हुने गडबड र अव्यवस्थाको उपचार गर्दछन्l जस्तैः पक्षघात, झड्का, हातखुट्टा नचल्ने, झमझमाउने मुख एकातिर बाङ्गिएको हुने, नसा च्यापिएको वा खुम्चिएको, भेस्टिबुलर रोग, गुइलिन बार सिन्ड्रोम, आदि।

३.कार्डियोपल्मोनरी फिजियोथेरापी: 
यसका विशेषज्ञहरुले हृदय, रक्त नली र फोक्सोमा रोग वा समस्या भएका मानिसहरूको उपचार गर्दछन्। बिरामीको छातीबाट संक्रमित खकार खाली गर्न वा व्यक्तिलाई सास फेर्न मद्दत गर्न, भेंटिलेटरको प्रयोग, वा सास फेर्न सजिलो पार्ने व्यायामहरु सिकाउने गर्दछन्। आईसीयूमा सामान्य रूपमा सास फेर्नलगाउने देखि जटिलताहरू रोक्न पनि भूमिका खेल्दछन्। 
जस्तै: फोक्सो सम्बन्धित;  दम, तीव्र छाती संक्रमण, कोभिड- १९, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजीज (सीओपीडी), सिस्टिक फाइब्रोसिस, निमोनिया, मुटु सम्बन्धित; मायोकार्डियल इन्फ्राक्सन  पछिको पुनर्स्थापना वा अन्य सर्जरीपछि रक्तनली सम्बन्धित;  डीभीटी , भेरिकोज आदि  अन्य; कोलिस्टेक्टोमी, या अन्यसर्जरी अघि र पछि।

४. पिडियाट्रिक (बाल चिकित्सा) फिजियोथेरापी:
यसका विशेषज्ञहरुले त्यस्ता बच्चाहरूको उपचार गर्दछन् जसमा मस्कुलोस्केलेटल, कार्डियोपल्मोनरी, न्यूरोलोजिकल वा विकासात्मक ढिलाइका साथै संवेदी कमजोरीका कारण समस्याहरु देखापर्दछ। जस्तै: मस्तिष्क पक्षाघात (cerebral palsy), डुचेन मस्कुलर डिस्ट्रॉफी, विभिन्न फ्राक्चर, स्पाइना बिफिडा, शारीरिक र मानसिक विकासमा ढिलाइ, अटिजम आदि।

५.समुदायमा आधारित फिजियोथेरापी 
यसका  विशेषज्ञहरुको मुख्य उद्देश्यसमुदायमा आधारित मेडिकल एकीकरण, अवसरहरूको  सामनता र अशक्तहरूका लागि शारीरिक उपचार पुनर्वास कार्यक्रमहरूको स्थापना गरेर अशक्त र अन्य व्यक्तिहरुलाई सहयोग पुर्‍याउनु हो। यसका विशेषज्ञहरुले सामुदायिक स्तरमा फिजियोथेरापीको जागरूकता बढाइ धेरैभन्दा धेरै मानिसलाई यसको सेवाबाट फाइदा पुर्‍याउनु अनि समुदायमा भएका  श्रोत साधनहरुको उपयोग गरेर उपचार दिने गर्दछन्l  जस्तैः काठको प्रयोग गरेर प्यारलर बार बनाएर हिँडाउनेl 

६.महिला स्वास्थ्य फिजियोथेरापी:
यसका विशेषज्ञहरुले महिलाको श्रोणि र श्रोणिको तलको भागमा  असर गर्ने सबै विकारहरूको चिकित्सीय उपचार गर्ने गर्दछन्।
जस्तै : गर्भावस्था,  सिजेरियन सेक्सन,  डायस्टेसिस रेक्टाइ एब्डोमिनिस, गर्भलिंग मधुमेह, मूत्र पथ संक्रमण, आङ्ग खस्ने समस्या आदि।

Ncell 2
Ncell 2
nimb
nimb

७.जेरियाट्रिक फिजियोथेरापी:
यसका विशेषज्ञहरुले वृद्ध व्यक्तिहरूको गतिशीलता र सन्तुलन सुधार गर्ने, लड्नबाट जोगाउने, शक्ति र आत्मबल बढाउनुका साथै अरु रोगहरु लाग्नबाट बचाउने काम गर्दछन्। उनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरी जिवनको गुणस्तर बढाउने काम पनि गर्दछन्। जस्तै : डिमेन्सिया, फिटनेस सम्बन्धित व्यायामहरू सिकाउने, लड्नबाट बचाउने आदि।

८.खेलकुद फिजियोथेरापी:
यसका विशेषज्ञहरुले विभिन्न शारीरिक क्रियाकलाप र व्यायम सिकाइ खेलाडीहरूको खेल खेल्ने क्षमता र स्तर बढाउन मद्दत गर्दछन्। खेल खेल्दा वा अभ्यासको क्रममा केही चोटपटक लागे वा शारीरिक समस्या आएमा त्यही अनुसार उपचार पनि गर्दछन्। जस्तै :  खुट्टा मर्कनु,  एसिल इन्जुरि, मांसपेशी ऐंठन लिगामेन्ट च्यातिने आदि।

अन्य विशेषग्यता: क्यान्सरमा फिजियोथेरापी, पशु चिकित्सा फिजियोथेरापी, अन्तरिक्ष यात्रीहरूको लागि फिजियोथेरापी आदि।  
फिजियोथेरापिष्टहरुले विभिन्न रोगहरुको बारेमा अनुसन्धान गरेर देशको ढुकुटिमा स्वाश्थ्य समन्धि नयाँ तथ्य जोड्न पनि महत्व भुमिका खेल्दछन।

फिजियोथेरापीको  भूमिका यतिमा मात्र सिमित छैन। भूकम्प, बाढिपहिरो जस्तो प्राकृतिक प्रकोपमा परेर शारीरिक अपाङ्गता र अशक्तता भएका मानिसहरुको उपचार र पुनर्स्थापना गरि उनीहरुलाई पहिलाको जस्तै काम गरेर हिड्न सक्नि बनाउने काम फिजियोथेरापीले गर्दछ। यति मात्र होइन, स्थानीय तहदेखि विश्वब्यापी फैलिएको (कोरोना भाइरस) वा कुनै पनि संक्रामक तथा महामारीको रोकथाम, नियन्त्रण, उपचार र आवस्यकता परेको खण्डमा पुनर्स्थापनासमेत गरेर सम्पूर्ण मानिसहरूको जीवन स्तर बढाउने काम फिजियोथेरापीले गर्दछ।   

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

फिजियोथेरापीको यति धेरै विशेषता र महत्व भएतापनि हाम्रो देशमा फिजियोथेरापीको जति उपभोग हुनुपर्ने त्यति नभएको देखिन्छ। मेरो व्यक्तिगत विचारमा, जनमानिसमा फिजियोथेरापीको महत्वबारे जानकारी र जागरुकताको कमी र फिजियोथेरापी सेवा सम्मको पहुँचतामा कठिनाइका कारण मानिसहरुले यसको लाभ लिन नसकेको हुनसक्छ। के कारणले गर्दा मानिसहरु फिजियोथेरापिको फाइदा लिनबाट बन्चित छन्, अनुसन्धान गरेर पत्ता लगाइ समाधान गर्न सरोकारवालालाई अनुरोध गर्दछु।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च
सम्बन्धित सामग्री
रवि लामिछानेको तीर्थयात्राः प्रस्थानमा हल्लाखल्ला, फर्कंदा ‘गुपचुप’ तीनदिने भ्रमण सकेर उनी आइतबार राति नयाँदिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए। मंगलबार, कात्तिक १०, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
आज मौसम सफा रहने, बिहीबारदेखि हिमपात र वर्षाको सम्भावना बिहीबारदेखि भने देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपात हुन सक्ने बताइएको छ । सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
जनकपुरविरुद्ध कर्णाली याक्स १९ रनले विजयी मंगलबार, कात्तिक १०, २०८३
पावर प्लेमा जनकपुरको दुई विकेट गुम्यो, ३२ रन मात्रै मंगलबार, कात्तिक १०, २०८३
अब सहकारीका मुद्दा धेरै भएका जिल्ला अदालतमा डेडिकेटेड बेञ्च मंगलबार, कात्तिक १०, २०८३
एनपीएल ३ : जनकपुरविरुद्ध कर्णालीले दियो १३३ रनको लक्ष्य मंगलबार, कात्तिक १०, २०८३
लुम्बिनी विकास कोषको नियुक्ति विवादमा सरकारको आलोचना, प्रश्न उठाउनेलाई तर्साएको प्रदीप पौडेलको आरोप मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्