• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असार २२, २०८३ Mon, Jul 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

फिजियोथेरापी: बालबालिकादेखि वृद्धवृद्धासम्मलाई उपयोगी

सार्थक गौतम शुक्रबार, भदौ २९, २०८०  ०८:२५
1140x725

फिजियोथेरापीलाई नेपालीमा भौतिक चिकित्साको नामले चिनिन्छ। यो वैज्ञानिक प्रमाणहरुमा आधारित एउटा उपचार प्रणाली हो। जसको मुख्य उद्देश्य नै जीवनको गुणस्तर बढाउनु हो। यसले धेरैजसो रोगहरुको आफैं पहिचान गरी आफ्नै विधि र प्रक्रियाबाट उपचार गर्ने काम पनि गर्छ। त्यसैले विश्व स्वास्थ्य संगठनले यसलाई स्वशासित र स्वतन्त्र पेसा पनि घोषणा गरेको छ। 

फिजियोथेरापीको भूमिका कुनै पनि रोगको रोकथाम र उपचारदेखि पुनर्स्थापना र स्वास्थ प्रोत्साहनसम्म हुन्छ। यसले शारीरिक र मानसिक दुवै हिसाबमा शरीरलाई फाइदा पुर्‍याउने काम गर्छ। फिजियोथेरापी भित्र यसका विभिन्न विभागहरु छन् र विभागका अनुसार छुट्टा-छुट्टै विशेषज्ञ र परामर्शदाता हुन्छन्। आउनुहोस् यसको बारेमा बुझौँ।

१. मस्कुलोस्केलेटल अर्थात् हाडजोर्नी र मांसपेसीसम्बन्धी फिजियोथेरापी:
यसका विशेषज्ञहरुले अर्थोपेडिक र रूमेटोलोजीकल अवस्थाको विस्तृत दायराको लागि सल्लाह र उपचार प्रदान गर्दछन्। शरीरमा भएका हड्डी, जोर्नी, मांसपेशी, स्ननायुबधन वा टेन्डनहरुमा कुनैपनि किसिमको चोट, समस्या भयो भने यसका विशेषज्ञको परामर्श लिनुपर्छ। जस्तैः मांसपेसीमा तनाव, मांसपेसी च्यातिएको, हड्डी खिइएको, भाँचिएको, जोर्नीहरुमा दुखाइ, गर्दन  दुख्ने, ढाड दुख्ने जस्ता समस्या साथै सर्जरी जस्तै ल्यामिनक्टोमी, आर्थ्रोप्लास्टी आदि गर्नु अघि र पछि। 

२. न्यूरोलोजिकल फिजियोथेरापी:
यसका विशेषज्ञहरुले स्नायु र न्यूरोभास्कुलर प्रणालीभित्र उत्पन्न भएका समस्याहरूको कारण हाम्रो चाल, सन्तुलन, विभिन्न अङ्गबीचको समन्वय, गति र कार्यहरूमा हुने गडबड र अव्यवस्थाको उपचार गर्दछन्l जस्तैः पक्षघात, झड्का, हातखुट्टा नचल्ने, झमझमाउने मुख एकातिर बाङ्गिएको हुने, नसा च्यापिएको वा खुम्चिएको, भेस्टिबुलर रोग, गुइलिन बार सिन्ड्रोम, आदि।

३.कार्डियोपल्मोनरी फिजियोथेरापी: 
यसका विशेषज्ञहरुले हृदय, रक्त नली र फोक्सोमा रोग वा समस्या भएका मानिसहरूको उपचार गर्दछन्। बिरामीको छातीबाट संक्रमित खकार खाली गर्न वा व्यक्तिलाई सास फेर्न मद्दत गर्न, भेंटिलेटरको प्रयोग, वा सास फेर्न सजिलो पार्ने व्यायामहरु सिकाउने गर्दछन्। आईसीयूमा सामान्य रूपमा सास फेर्नलगाउने देखि जटिलताहरू रोक्न पनि भूमिका खेल्दछन्। 
जस्तै: फोक्सो सम्बन्धित;  दम, तीव्र छाती संक्रमण, कोभिड- १९, क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजीज (सीओपीडी), सिस्टिक फाइब्रोसिस, निमोनिया, मुटु सम्बन्धित; मायोकार्डियल इन्फ्राक्सन  पछिको पुनर्स्थापना वा अन्य सर्जरीपछि रक्तनली सम्बन्धित;  डीभीटी , भेरिकोज आदि  अन्य; कोलिस्टेक्टोमी, या अन्यसर्जरी अघि र पछि।

४. पिडियाट्रिक (बाल चिकित्सा) फिजियोथेरापी:
यसका विशेषज्ञहरुले त्यस्ता बच्चाहरूको उपचार गर्दछन् जसमा मस्कुलोस्केलेटल, कार्डियोपल्मोनरी, न्यूरोलोजिकल वा विकासात्मक ढिलाइका साथै संवेदी कमजोरीका कारण समस्याहरु देखापर्दछ। जस्तै: मस्तिष्क पक्षाघात (cerebral palsy), डुचेन मस्कुलर डिस्ट्रॉफी, विभिन्न फ्राक्चर, स्पाइना बिफिडा, शारीरिक र मानसिक विकासमा ढिलाइ, अटिजम आदि।

५.समुदायमा आधारित फिजियोथेरापी 
यसका  विशेषज्ञहरुको मुख्य उद्देश्यसमुदायमा आधारित मेडिकल एकीकरण, अवसरहरूको  सामनता र अशक्तहरूका लागि शारीरिक उपचार पुनर्वास कार्यक्रमहरूको स्थापना गरेर अशक्त र अन्य व्यक्तिहरुलाई सहयोग पुर्‍याउनु हो। यसका विशेषज्ञहरुले सामुदायिक स्तरमा फिजियोथेरापीको जागरूकता बढाइ धेरैभन्दा धेरै मानिसलाई यसको सेवाबाट फाइदा पुर्‍याउनु अनि समुदायमा भएका  श्रोत साधनहरुको उपयोग गरेर उपचार दिने गर्दछन्l  जस्तैः काठको प्रयोग गरेर प्यारलर बार बनाएर हिँडाउनेl 

६.महिला स्वास्थ्य फिजियोथेरापी:
यसका विशेषज्ञहरुले महिलाको श्रोणि र श्रोणिको तलको भागमा  असर गर्ने सबै विकारहरूको चिकित्सीय उपचार गर्ने गर्दछन्।
जस्तै : गर्भावस्था,  सिजेरियन सेक्सन,  डायस्टेसिस रेक्टाइ एब्डोमिनिस, गर्भलिंग मधुमेह, मूत्र पथ संक्रमण, आङ्ग खस्ने समस्या आदि।

nimb
nimb
Ncell 2
Ncell 2

७.जेरियाट्रिक फिजियोथेरापी:
यसका विशेषज्ञहरुले वृद्ध व्यक्तिहरूको गतिशीलता र सन्तुलन सुधार गर्ने, लड्नबाट जोगाउने, शक्ति र आत्मबल बढाउनुका साथै अरु रोगहरु लाग्नबाट बचाउने काम गर्दछन्। उनीहरुलाई आत्मनिर्भर बन्न प्रेरित गरी जिवनको गुणस्तर बढाउने काम पनि गर्दछन्। जस्तै : डिमेन्सिया, फिटनेस सम्बन्धित व्यायामहरू सिकाउने, लड्नबाट बचाउने आदि।

८.खेलकुद फिजियोथेरापी:
यसका विशेषज्ञहरुले विभिन्न शारीरिक क्रियाकलाप र व्यायम सिकाइ खेलाडीहरूको खेल खेल्ने क्षमता र स्तर बढाउन मद्दत गर्दछन्। खेल खेल्दा वा अभ्यासको क्रममा केही चोटपटक लागे वा शारीरिक समस्या आएमा त्यही अनुसार उपचार पनि गर्दछन्। जस्तै :  खुट्टा मर्कनु,  एसिल इन्जुरि, मांसपेशी ऐंठन लिगामेन्ट च्यातिने आदि।

अन्य विशेषग्यता: क्यान्सरमा फिजियोथेरापी, पशु चिकित्सा फिजियोथेरापी, अन्तरिक्ष यात्रीहरूको लागि फिजियोथेरापी आदि।  
फिजियोथेरापिष्टहरुले विभिन्न रोगहरुको बारेमा अनुसन्धान गरेर देशको ढुकुटिमा स्वाश्थ्य समन्धि नयाँ तथ्य जोड्न पनि महत्व भुमिका खेल्दछन।

फिजियोथेरापीको  भूमिका यतिमा मात्र सिमित छैन। भूकम्प, बाढिपहिरो जस्तो प्राकृतिक प्रकोपमा परेर शारीरिक अपाङ्गता र अशक्तता भएका मानिसहरुको उपचार र पुनर्स्थापना गरि उनीहरुलाई पहिलाको जस्तै काम गरेर हिड्न सक्नि बनाउने काम फिजियोथेरापीले गर्दछ। यति मात्र होइन, स्थानीय तहदेखि विश्वब्यापी फैलिएको (कोरोना भाइरस) वा कुनै पनि संक्रामक तथा महामारीको रोकथाम, नियन्त्रण, उपचार र आवस्यकता परेको खण्डमा पुनर्स्थापनासमेत गरेर सम्पूर्ण मानिसहरूको जीवन स्तर बढाउने काम फिजियोथेरापीले गर्दछ।   

फिजियोथेरापीको यति धेरै विशेषता र महत्व भएतापनि हाम्रो देशमा फिजियोथेरापीको जति उपभोग हुनुपर्ने त्यति नभएको देखिन्छ। मेरो व्यक्तिगत विचारमा, जनमानिसमा फिजियोथेरापीको महत्वबारे जानकारी र जागरुकताको कमी र फिजियोथेरापी सेवा सम्मको पहुँचतामा कठिनाइका कारण मानिसहरुले यसको लाभ लिन नसकेको हुनसक्छ। के कारणले गर्दा मानिसहरु फिजियोथेरापिको फाइदा लिनबाट बन्चित छन्, अनुसन्धान गरेर पत्ता लगाइ समाधान गर्न सरोकारवालालाई अनुरोध गर्दछु।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्