काठमाडौं– गायक तथा संगीतकार उमेश राउतको नयाँ गीत ‘कौसीमा हेरेर’ सार्वजनिक भएको छ। राउतको नयाँ गीत उनको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको हो।
लोक आधुनिक शैलीमा तयार पारिएको यो गीतले समसामयिक नेपाली समाजको चित्रलाई बोल्ने संगीतकार राउतको भनाइ छ।
नारायण थापाको शब्द रहेको गीतमा संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन्। ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका हुन्।
गीतको लिरिकल भिडियो दिपेश गिरीले तयार पारेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।