• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको विपक्षमा प्रतिपक्षी धार बलियो बनाउने तयारीमा शेखर-गगन समूह

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ २०, २०८०  १८:००
1140x725

काठमाडौं- गत आइतबार कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको निवास इटालीटारमा कांग्रेसको संस्थापन इतर पक्षका केही नेताहरूको बैठक बस्यो। सो बैठक सभापति शेरबहादुर देउवाको अकर्मण्यता र बलमिच्याइँको प्रतिवादमा केन्द्रित रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

सभापति देउवाले पार्टीभित्रका प्रतिपक्षी धारलाई बेवास्ता गर्दै एक्लै अघि बढ्ने बानीलाई निरन्तरता दिँदै गएपछि त्यसको प्रतिवादको रणनीति बनाउन सो पक्षको बैठक बसेको हो। त्यसका लागि उनीहरूले तीन तरिका अपनाउने भएका छन्। पहिलो- आफ्नो समूहलाई एकताबद्ध बनाउने। दोस्रो- आफ्नो समूहलाई विस्तार गर्ने। र तेस्रो- सभापति देउवाको प्रतिवाद गर्ने।

संस्थापन इतर समूहका दुई प्रभावशाली नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच असमझदारी बढेको छ। यद्यपि, कोइरालाले सार्वजनिक रुपमै त्यसको प्रतिवाद गर्दै आएका छन्। अब निरन्तर छलफल गर्दै असझमदारी हटाउँदै अघि बढ्ने तयारी उनीहरूको छ।

बैठकमा संस्थापन इतर समूहलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बारे छलफल भएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेपाल लाइभलाई जानकारी दिए। केसी निवासमा भएको छलफलमा सहभागी उनले भने, ‘संस्थापनइतर समूहलाई बलियो बनाउने बारेमा छलफल भएको छ। पार्टीभित्र पनि ठूलो वैकल्पिक शक्तिको आवश्यकता छ। पार्टी राजनीतिलाई सही मार्गनिर्देश गर्न पनि वैकल्पिक शक्तिलाई बलियो बनाउन आवश्यक छ। यिनै विषयमा छलफल भएको हो।’

त्यस्तै, आफ्नो समूहलाई थप विस्तार गर्ने रणनीति पनि अघि बढिरहेको छ। केसी निवासमा भएको छलफलमा पहिलो पटक संस्थापन इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए।

Ncell 2
Ncell 2
nimb
nimb

शर्मा गत महाधिवेशनअघिसम्म देउवा समूहमै थिए। सो समूहबाट महामन्त्रीको टिकट नपाएपछि प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भएर विजयी भएका थिए। त्यसयता उनी मुद्दागत हिसाबले संस्थापन इतर समूह निकट देखिए पनि समूहकै सदस्यको रुपमा खुलेका थिएनन्। पौडेल देउवाकै प्यानलबाट महामन्त्री उम्मेदवार थिए। पराजित भएपछि पनि उनी पनि शर्मा जस्तै संस्थापन इतर समूहसँगै नजिक देखिन्छन्।

केसी निवासमा बसेको बैठकले शर्मा र पौडेलको पनि उपस्थिति सम्भव भएपछि सो समूह थप बलियो बन्दै जाने र देउवाविरुद्ध संगठित प्रतिवाद गर्न सहज हुने नेताहरूको अपेक्षा छ।

शर्मा र पौडेल जस्तै अन्य नेताहरू र सांसदहरूलाई पनि आफ्नो पक्षमा ल्याउने उनीहरूको तयारी छ। त्यो संसदीय दलको नेता परिवर्तनदेखि आगामी महाधिवेशनमा सत्तापलटका लागि समेत कामयावी हुने उनीहरुको तयारी छ। महामन्त्री गगन थापा संसदीय दलको नेता बदल्ने हुटहुटीमा छन्। संसदीय दलको पुसमा सम्पन्न निर्वाचनमा उनले संस्थापन इतर पक्षको पनि उल्लेखनीय मत पाउन सकेका थिएनन्। त्यसैले आफ्नो समूहलाई एकताबद्ध र विस्तारित गर्न सकेमा पुसको नजिता उल्टिन सक्ने विश्लेषण उनी पक्षका नेताहरूको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पक्षको तेस्रो रणनीतिस्वरुप सभापति देउवाको अकर्मण्यताविरुद्ध मुखर भएर उभिने र उनलाई अन्य कोणबाट दबाब दिने तयारी छ। जसको सुरुवात सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार गरेर गरिसकेका छन्। सो समितिको सभापति पद उनले अस्वीकार गरेका थिए। सभापति देउवाले पार्टीभित्रको शक्ति संरचना अनुसार पार्टीले प्राप्त गरेको संसदीय समितिको सभापतिहरूको उचित भागबण्डा नगरेको भन्दै इतर पक्ष असन्तुष्ट थियो। त्यसैको परिणाम परियारको निर्णयमा देखिएको हो।

गत महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले ४० प्रतिशत मत पाएको र तर सभापति देउवाले त्यो शक्ति सन्तुलनलाई अस्वीकार गरेको बताउँदै आएका छन्।

केसी निवासमा भएको बैठकमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीद्वय पाण्डे र परियार, नेताहरू बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, प्रदीप पौडेल लगायतका नेताहरू सहभागी थिए। नेता शेखर कोइरालाको भने उपस्थिति थिएनन्। अर्को छलफलमा उनी उपस्थित हुने बताइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्