• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक ८, २०८३ Sun, Oct 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवाको विपक्षमा प्रतिपक्षी धार बलियो बनाउने तयारीमा शेखर-गगन समूह

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, भदौ २०, २०८०  १८:००
1140x725

काठमाडौं- गत आइतबार कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीको निवास इटालीटारमा कांग्रेसको संस्थापन इतर पक्षका केही नेताहरूको बैठक बस्यो। सो बैठक सभापति शेरबहादुर देउवाको अकर्मण्यता र बलमिच्याइँको प्रतिवादमा केन्द्रित रहेको बैठकमा सहभागी नेताहरूले बताएका छन्।

सभापति देउवाले पार्टीभित्रका प्रतिपक्षी धारलाई बेवास्ता गर्दै एक्लै अघि बढ्ने बानीलाई निरन्तरता दिँदै गएपछि त्यसको प्रतिवादको रणनीति बनाउन सो पक्षको बैठक बसेको हो। त्यसका लागि उनीहरूले तीन तरिका अपनाउने भएका छन्। पहिलो- आफ्नो समूहलाई एकताबद्ध बनाउने। दोस्रो- आफ्नो समूहलाई विस्तार गर्ने। र तेस्रो- सभापति देउवाको प्रतिवाद गर्ने।

संस्थापन इतर समूहका दुई प्रभावशाली नेता शेखर कोइराला र महामन्त्री गगन थापाबीच असमझदारी बढेको छ। यद्यपि, कोइरालाले सार्वजनिक रुपमै त्यसको प्रतिवाद गर्दै आएका छन्। अब निरन्तर छलफल गर्दै असझमदारी हटाउँदै अघि बढ्ने तयारी उनीहरूको छ।

बैठकमा संस्थापन इतर समूहलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने बारे छलफल भएको कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले नेपाल लाइभलाई जानकारी दिए। केसी निवासमा भएको छलफलमा सहभागी उनले भने, ‘संस्थापनइतर समूहलाई बलियो बनाउने बारेमा छलफल भएको छ। पार्टीभित्र पनि ठूलो वैकल्पिक शक्तिको आवश्यकता छ। पार्टी राजनीतिलाई सही मार्गनिर्देश गर्न पनि वैकल्पिक शक्तिलाई बलियो बनाउन आवश्यक छ। यिनै विषयमा छलफल भएको हो।’

त्यस्तै, आफ्नो समूहलाई थप विस्तार गर्ने रणनीति पनि अघि बढिरहेको छ। केसी निवासमा भएको छलफलमा पहिलो पटक संस्थापन इतर समूहको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल पनि सहभागी थिए।

Ncell 2
Ncell 2
nimb
nimb

शर्मा गत महाधिवेशनअघिसम्म देउवा समूहमै थिए। सो समूहबाट महामन्त्रीको टिकट नपाएपछि प्रकाशमान सिंह प्यानलबाट उम्मेदवार भएर विजयी भएका थिए। त्यसयता उनी मुद्दागत हिसाबले संस्थापन इतर समूह निकट देखिए पनि समूहकै सदस्यको रुपमा खुलेका थिएनन्। पौडेल देउवाकै प्यानलबाट महामन्त्री उम्मेदवार थिए। पराजित भएपछि पनि उनी पनि शर्मा जस्तै संस्थापन इतर समूहसँगै नजिक देखिन्छन्।

केसी निवासमा बसेको बैठकले शर्मा र पौडेलको पनि उपस्थिति सम्भव भएपछि सो समूह थप बलियो बन्दै जाने र देउवाविरुद्ध संगठित प्रतिवाद गर्न सहज हुने नेताहरूको अपेक्षा छ।

शर्मा र पौडेल जस्तै अन्य नेताहरू र सांसदहरूलाई पनि आफ्नो पक्षमा ल्याउने उनीहरूको तयारी छ। त्यो संसदीय दलको नेता परिवर्तनदेखि आगामी महाधिवेशनमा सत्तापलटका लागि समेत कामयावी हुने उनीहरुको तयारी छ। महामन्त्री गगन थापा संसदीय दलको नेता बदल्ने हुटहुटीमा छन्। संसदीय दलको पुसमा सम्पन्न निर्वाचनमा उनले संस्थापन इतर पक्षको पनि उल्लेखनीय मत पाउन सकेका थिएनन्। त्यसैले आफ्नो समूहलाई एकताबद्ध र विस्तारित गर्न सकेमा पुसको नजिता उल्टिन सक्ने विश्लेषण उनी पक्षका नेताहरूको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

यो पक्षको तेस्रो रणनीतिस्वरुप सभापति देउवाको अकर्मण्यताविरुद्ध मुखर भएर उभिने र उनलाई अन्य कोणबाट दबाब दिने तयारी छ। जसको सुरुवात सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति अस्वीकार गरेर गरिसकेका छन्। सो समितिको सभापति पद उनले अस्वीकार गरेका थिए। सभापति देउवाले पार्टीभित्रको शक्ति संरचना अनुसार पार्टीले प्राप्त गरेको संसदीय समितिको सभापतिहरूको उचित भागबण्डा नगरेको भन्दै इतर पक्ष असन्तुष्ट थियो। त्यसैको परिणाम परियारको निर्णयमा देखिएको हो।

गत महाधिवेशनमा सभापतिका उम्मेदवार शेखर कोइरालाले ४० प्रतिशत मत पाएको र तर सभापति देउवाले त्यो शक्ति सन्तुलनलाई अस्वीकार गरेको बताउँदै आएका छन्।

केसी निवासमा भएको बैठकमा कांग्रेस महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीद्वय पाण्डे र परियार, नेताहरू बलबहादुर केसी, दिलेन्द्रप्रसाद बडु, प्रदीप पौडेल लगायतका नेताहरू सहभागी थिए। नेता शेखर कोइरालाको भने उपस्थिति थिएनन्। अर्को छलफलमा उनी उपस्थित हुने बताइएको छ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  १८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘पार्टी जागरण अभियान’ शुभारम्भ गर्दै उनले दुई दलबीच राजनीतिक कार्यशैली र सुशासनप्रतिको... शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा दुईमहिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनतासँग प्रत्यक्ष संवाद गरेर गुनासा,... शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा विगतमा देशमा भएका राजनीतिक परिवर्तनमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै प्रचण्डले वर्तमान परिस्थितिमा थप गम्भीर... शनिबार, कात्तिक ७, २०८३
ताजा समाचारसबै
किम चीन पुगेपछि दक्षिण कोरियाको आरोप- अमेरिकाविरुद्ध संयुक्त मोर्चाबन्दीको प्रयास शनिबार, कात्तिक ७, २०८३
सुरुङमार्ग सञ्चालनपछि नागढुंगा प्रायः सुनसान शनिबार, कात्तिक ७, २०८३
एमालेसँग राष्ट्रिय मुद्दामा सहकार्य सम्भव, पार्टी एकता हुँदैन : प्रचण्ड शनिबार, कात्तिक ७, २०८३
कर्णालीका ७१ पालिकामा मात्र सडक सञ्जाल शनिबार, कात्तिक ७, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्