• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ ४, २०८३ Mon, May 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कार्यान्वयनमा गइसक्दा पनि एमसीसीमा शंका गरिरहेका प्रचण्ड

64x64
नेपाल लाइभ बुधबार, भदौ १३, २०८०  २०:००
1140x725

काठमाडौं– ‘म के भन्न चाहन्छु भने प्रधानमन्त्रीको हैसियतमा अहिले एमसीसीको बारेमा एकजना अधिकारी अमेरिकाबाट आउँदै हुनुहन्छ। प्रधानमन्त्री भएपछि भेट्ने कुरा स्वत: भइहाल्यो म त्यो व्याख्यात्मक घोषणापत्रलाई सम्झौताको अंक बनाउने हो या होइन भन्ने कुरालाई सिधा भाषामा राख्ने छु,’ मंगलबार बुटवलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त अभिव्यक्ति दिँदा सभाहलमा परर ताली बज्यो। 

उनी त्यहाँ समाजवादी मोर्चा नेपालको सन्देश सभा सम्बोधन गर्न पुगेका थिए। बुधबारदेखि कार्यान्वनको चरणमा गएको अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई लिएर प्रधानमन्त्री स्वंयको शंका सार्वजनिक भएको हो। खासगरी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सदनमा प्रस्तुत गरेपछि पार्टीको सहअध्यक्षसमेत रहेका प्रचण्डले आफू निकटका सभामुखको अवसरलाई प्रयोग गर्दै संसद्‌मा लामो समय टेबुल हुन दिएनन्।

त्यसयता, सार्वजनिक मञ्चहरुमा उक्त परियोजनाको औचित्यमाथि अनेक सन्देह प्रकट गर्ने प्रचण्डले कांग्रेस नेतृत्वको सरकार हुँदा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित संयुक्त पत्र लेखेर समयावधि थप्न भनिरहे। 

अन्तत: २०७८ फागुनमा उनकै पार्टी सहभागी सरकारले प्रतिनिधि सभाबाट पारित गर्‍यो। उक्त परियोजनाप्रति पार्टी भित्र र सार्वजनिक मञ्चहरुमा विपक्षमा देखिएका उनीलगायत एकीकृत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको अनुहार छोप्न १२ बुँदै व्याख्यात्मक घोषणा पत्र तयार गरेका थिए।

उनै प्रचण्ड अहिले प्रधानमन्त्री भएर विभिन्न चरण पार गरेर काम प्रारम्भ हुने बेलाका परियोजनाहरु रोक्ने आसयका साथ उसैगरी विपक्षमा प्रस्तुत भएका छन्। जुन कुरा मंगलबार उनले बुटवलमा व्यक्त गरे। 

प्रचण्डले उक्त व्याख्यात्मक बुँदाहरु एमसीसीको अंग नबनेमा सडक आन्दोलनमा जाने चेतावनीसमेत दिए। जबकी एमसीसी परियोजनाले तत्कालीन समयमा र अमेरिकी राजदूतावासमार्फत् मंगलबार पनि उक्त बुँदाहरुलाई गम्भीररुपमा लिँदै पालना गरिने बताइरहेको छ। 

‘नेपालको राष्ट्रिय हित पनि प्रर्वद्धन हुने र अनुदान लिएर पनि विकास गर्न पाइने उपाय केही छ र भोली गडबड भयो भने त्यसलाई लिएर सडकमा जान सक्ने र आन्दोलन गर्न सक्ने उपाय के छ भन्दा १२ बुँदे व्याख्यात्मक घोषणा। त्यसको गम्भीर अध्ययन र छलफलपछि त्यसलाई सदनबाट सर्वसम्मतरुपमा पारित गरिएको छ,’ सदनले अनुमोदन गरेकोलाई सम्पत्ति मान्नुपर्ने भन्दै प्रधानमन्त्रीले उक्त बुँदाहरुको महत्ताको चर्चा गरे। 

सोही कार्यक्रममा सहभागी पूर्वप्रधानमन्त्री नेपालले पनि सो सम्झौताबाट पछि हट्न आग्रह गरिरहेका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘यसमा कुनै अनुचित कुरा छन् भने प्रधानमन्त्री ज्यूलाई आग्रह गर्छु कि जनतालाई जानकारी गराउनु होस्। समाजवादी मोर्चालाई जानकारी गराउनुहोस्। सरकार हाम्रो प्राथमिकता होइन,’ नेपालको आग्रह थियो। 

देशका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नै पार्टीहरुको भेलामा उत्तेजित रुपमा प्रस्तुत हुनु  र एकपटक स्पष्ट भइसकेको कुरालाई बारम्बार दोहोर्‍याउनु कूटनीतिक कच्चापन भएको कूटनीतिक मामलाका जानकारहरु बताउँछन्। 

‘प्रधानमन्त्रीज्यू, कार्यान्वयनमा जाने सम्झौतामा गत हप्ता नै हस्ताक्षर भैसक्यो। आजको त औपचारिकता मात्रै हो। अर्को महिना एमसीसीको झन् ठूलो डेलिगेसन आउँदैछ, फिल्ड भिजिट र भव्य सार्वजनिक कार्यक्रम हुँदैछन्। सबै कुराको तारतम्य मिलाएर झूट बोल्ने?,’ कूटनीतिक मामलाका जानकार तथा  राष्ट्रपतिका पूर्व सल्लाहकारले ट्विटरमार्फत् प्रधानमन्त्रीलाई प्रश्न गरेका छन्। 

यस्तै, कूटनीतिक मामलाका जानकार चन्द्रदेव भट्ट पनि प्रधानमन्त्रीको कच्चापन भएको बताउँछन्। ‘सम्झौता भएको डेढ वर्ष भयो। अब कार्यान्वयनमा जाँदैछ। देशको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले सार्वजनिक मञ्चहरुमा यस्तो बोल्नु कूटनीतिकरुपमा क्षति पुर्‍याउने काम हो। अस्पष्टताहरु भए कूटनीतिक माध्यमबाट हल गर्नुपर्छ,’ भट्ट भन्छन्। 

सुरु हुँदै एमसीसीको काम
अमेरिकी सहायता नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन इन्ट्री इन्टु फोर्स (इआईएफ) मा प्रवेश गरेको छ। अर्थमन्त्री प्रकाशशरण महत र एमसीसीका उपाध्यक्ष क्यामरुन एलफोर्डले बुधबार इआईएफ आदानप्रदान गरेपश्चात् परियोजना कार्यान्वयन सुरु भएको हो।

आयोजना कार्यान्वयनका लागि गठित एमसीए–नेपालअन्तर्गत विद्युत् प्रसारण लाइन र सडक निर्माणसम्बन्धी आयोजना सञ्चालन हुनेछन्। तोकिएको समयमा परियोजना पूरा नभए नेपालले एमसीसीमार्फत् रकम प्राप्त नगर्ने सर्त रहेको उल्लेख छ। उक्त परियोजना २०८५ भदौ १३ भित्रमा पूरा गर्नु पर्नेछ।
 

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  २०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी
सम्बन्धित सामग्री
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी विधानअनुसार खनाललाई मुख्य सचिव पदमा नियुक्त गरेको जानकारी पार्टी प्रवक्ता तथा प्रचार विभाग... आइतबार, जेठ ३, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आज काठमाडौंमा आयोजित पार्टीको कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रह... आइतबार, जेठ ३, २०८३
लोकतान्त्रिक संस्थामाथि दबाब बढेको प्रदीप ज्ञवालीको टिप्पणी ३३औँ मदन-आश्रित स्मृति दिवसका अवसरमा आइतबार आयोजित विमर्श कार्यक्रममा बोल्दै उनले राष्ट्रिय राजनीति जटिल मोडमा पुगेको उल्लेख गरे। उन... आइतबार, जेठ ३, २०८३
ताजा समाचारसबै
आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न कांग्रेसको प्रतिबद्धता आइतबार, जेठ ३, २०८३
जनतासँग टुटेका कार्यकर्ताको भरमा चुनावमा जाँदा एमालेले पराजय भोग्यो-महासचिव पोखरेल आइतबार, जेठ ३, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय तोकिएकी महिला सुन्धारा कारागारबाट फरार आइतबार, जेठ ३, २०८३
राप्रपाको मुख्यसचिवमा प्रा. डा. जयन्तनाथ खनाल मनोनयन आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
प्रधानमन्त्री कार्यालयको नाम लिएर वडासचिवलाई धम्की दिने खड्का पक्राउ शनिबार, जेठ २, २०८३
असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्