• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १२, २०८३ Fri, Aug 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध
सुन तस्करी प्रकरणः

विमानस्थल भन्सारका तत्कालीन प्रमुख पोखरेलमाथि अनुसन्धान गर्न अख्तियारलाई सरकारी वकिलले लेख्यो पत्र

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०८०  १६:५०
1140x725

काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सुन तस्करी प्रकरणमा हटाइएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अरुण पोखरेलमाथि अनुसन्धान गर्न पत्र पठाएको छ। सरकारी वकिलको कार्यालयले उनीमाथि अकुत सम्पत्ति र भ्रष्टाचार मुद्दामा छानबिन गर्न पत्र पठाएको हो।

विमानस्थल भन्सारबाट ६० किलो र त्यसअघि पनि भेपमार्फत् सुन तस्करी भएको देखिएको भन्दै उनीमाथि अनुसन्धान गर्न सोमबार पत्र लेखेको हो।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र लेखेर पोखरेलमाथि सुन प्रकरणमा अनुसन्धान गर्न भनेको हो।

उनी सरकारी कर्मचारी भएकाले भ्रष्टाचारमा अनुसन्धान गर्ने निकाय अख्तियारलाई पत्र लेखिएको छ। सीआईबीले पनि उनको संलग्नता बारे ६० किलो सुन प्रकरणमा अनुसन्धान गरिरहेको छ। तत्कालीन विभानस्थल भन्सारका प्रमुख पोखरेलमाथि अनुसन्धान हुनुपर्ने प्रमाणहरु फेला परेकाले अख्तियारलाई पत्र लेखिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका एक अधिकृतले बताए।

यसअघि भेपमा भएको ९ किलो सुन तस्करी र ६० किलो सुन तस्करी हुँदा पोखरेल विभानस्थल भन्सार प्रमुखको जिम्मेवारीमा थिए। चिनियाँ नागरिकले भेपमा लुकाएर ल्याएको ९ किलो सुन भन्सारका कर्मचारीले गायब पारेका थिए। साउन ३ गते राजश्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन पनि भन्सार विभागबाट जाँच पास भएर बाहिरिएको थियो।

nimb
nimb

भन्सारको गेट बाहिर पुगेपछि राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेको थियो। त्यसपछि गठन भएको छानबिन समितिले तस्करीको सुन चेकजाँचमा भन्सारको गम्भीर लापरबाही र मिलेमतो देखिएको सिफारिस गरेको थियो। दुवै घटनामा भन्सारका कर्मचारी र एजेन्ट संलग्न रहेको  हुनसक्ने आशंका देखिएपछि पोखरेललाई अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाइएको हो।

भेपमार्फत् ल्याइएको ९ किलो सुन प्रकरणमा भन्सारका कर्मचारीहरु पनि पुर्पक्षका लागि थुनामा छन्। भेपमा ल्याएको ९ किलो सुन तस्करीको घटनापछि पनि भन्सारमै कार्यरत रहेका प्रमुख पोखरेललाई अर्थ मन्त्रालयले ६० किलो सुन तस्करीको घटना सार्वजनिक भएको केही दिनपछि नै हटाएको थियो। 

सुन पक्राउ गर्दा पोखरेल लामो समय बिदा लिएर बसेको र उनी किन यसरी बिदा बसे भन्ने कुरा शंकास्पद देखिएको अध्ययन प्रतिवेदनले ठहर गरेको देखेपछि सरकारी वकिलको कार्यालयले अनुसन्धानका लागि पत्र लेखेको हो। तस्करी गरिएको ६० किलो सुन पक्राउ पर्दा उनी बिरामी बिदामा रहेका थिए।

उनको लापरबाही देखिएपछि अर्थमन्त्रालयले साउन ९ गते उनलाई सरुवा गर्दै टोकराज पाण्डेलाई विमानस्थल भन्सारको प्रमुखमा सरुवा गरेको थियो। राजश्वले साउन ३ गते सुन बरामद गरेको र पोखरेल त्यसको एक महिना अघिदेखि बिदामा बसेको पाइएको थियो। विमानस्थलको भन्सारजस्तो संवेदनशील स्थानको प्रमुखले किन यति लामो बिदा लिए भन्ने प्रश्नमै अध्ययन समितिले प्रश्न उठाएको थियो। उनले भदौ १७ गतेसम्मको बिदा लिएका थिए।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान अन्तिम चरणमा रहेको छ। सीआईबीले हालसम्म गरेको अनुसन्धानको विषयमा सरकारी वकिलसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो। राजश्व अनुसन्धान विभागले १८ जनालाई पक्राउ गरेर सीआईबीमा बुझाएको थियो। तीमध्ये एकजना स्वास्थ्यका कारण रिहा भएकी थिइन्। अन्य १७ जनालाई सीआईबीले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

सीआईबीले केही दिनमै आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको छ। यस्तै ६ जना चिनियाँ पनि पक्राउ परेका छन्। उनीहरु नै अहिलेसम्म यो तस्करी गर्ने कार्यमा मुख्य देखिएका छन्। तर यही बीचमा सरकारी वकिल कार्यालयले भने तत्कालीन भन्सार प्रमुखलाई अनुसन्धान गर्न अख्तियारलाई पत्र पठाएको हो।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो
ट्रम्प भन्छन्– नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ
सम्बन्धित सामग्री
प्रधानमन्त्रीलाई सामाजिक सञ्जालमार्फत् ज्यान मार्ने धम्की दिने युवक पक्राउ उनलाई प्रहरीले बुधबार कीर्तिपुरको नयाँ बजारबाट नियन्त्रणमा लिएको हो । उनले सामाविक सञ्जालमा अश्लिल गालीसहित प्रधानमन्त्री शाहलाई भदौ... बुधबार, भदौ १०, २०८३
५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ तेह्रथुममा ५६ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। बुधबार, भदौ १०, २०८३
महिला ट्राफिक प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ, पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु उनीविरुद्ध ड्युटीमा खटिएका राष्ट्रसेवकलाई आफ्नो कर्तव्य निर्वाहमा बाधा गरेको, अभन्द्र व्यवहार गरेको कसुरमा जिल्ला प्रशासन कार्यालय क... मंगलबार, भदौ ९, २०८३
ताजा समाचारसबै
बाढी–पहिरोको जोखिमले मुख्य राजमार्ग प्रभावित, नागढुंगा–मुग्लिन सडक पूर्ण बन्द शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढीले बगाएका १०२ शव पोखरा लगियो शुक्रबार, भदौ १२, २०८३
ट्रम्प भन्छन्– नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन अमेरिका तयार छ शुक्रबार, भदौ १२, २०८३
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर शुक्रबार, भदौ १२, २०८३
देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी शुक्रबार, भदौ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
बाँध फुटेको दाबी चीनले गर्‍यो अस्वीकार, सूचना नदिएको आरोपमा के भन्यो ? बिहीबार, भदौ ११, २०८३
महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको निवेदनमा सुनुवाइ सुरु बिहीबार, भदौ ११, २०८३
पूर्व सांसद इच्छाराज तामाङसहित १७ जना ठगीमा दोषी ठहर बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढीसम्बन्धी सरकारको प्राविधिक प्रतिवेदनः तिब्बतको ताल पूर्णरूपमा नखुलेको खुलासा बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्