• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि आकाशियो बजार भाउ

64x64
नेपाल लाइभ सोमबार, भदौ ४, २०८०  २०:१४
1140x725

काठमाडौं- भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेपछि नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ। अहिले प्याजको थोक मूल्य प्रतिकिलो न्यूनतम ७५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ पुगेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

भारतले कर लगाउने सूचना पाउनुअघि कालीमाटीमा प्याजको मूल्य प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ६२ रुपैयाँसम्म रहेको थियो। जसअनुसार अहिले प्रतिकिलो २० रुपैयाँसम्म बढेको पाइएको छ। 

बजारमा भाउ बढ्न थालेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबारदेखि ४ वटा अनुगमन टोली खटाएर अनुगमन थालेको विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरले बताए। भारतले कर लगाउने सूचना पाउनेबित्तिकै पुरानै स्टक प्याजको मूल्य बढाउने व्यापारीहरुलाई कार्बाही हुने उनले जानकारी दिए।

‘टोलीले बजारमा प्याज कतिमा बिक्री भइरहेको छ र खरिद कतिमा गरेको छ भन्ने अनुगमन गरेर कार्बाही गरिरहेको छ,’ उनले भने, ‘अहिले बजारमा ९० रुपैयाँदेखि १२० रुपैयाँसम्म बिक्री गरेको पाइएपछि ती व्यापारीलाई कार्बाही गर्दा प्रतिकिलो ७० रुपैयाँमा झरेको छ,’ उनले भने। 

भारतको वित्त मन्त्रालयले शनिबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बरको अन्त्यसम्मका लागि प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको जनाएको छ। विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ। प्याजको उत्पादनमा आएको कमीसँगै मूल्यवृद्धि बढेपछि निर्यात कर लगाउने भएको हो। कर लगाएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ। 

यसअघि सरकारले बजेटमार्फत प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको थियो। त्यसलगत्तै नेपालमा प्याजको मूल्य आकाशिएको थियो। केही व्यापारीले सरकारले लगाएको मूल्य अभिवृद्धि कर खारेजीको माग गर्दै केही समय प्याज ल्याएनन्। त्यसपछि बजारमा खुद्रा व्यापारीले कालोबजारी गरेका थिए।

बजेट भाषणको अघिल्लो दिन खुद्रा मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्म पर्ने प्याज भोलिपल्टदेखि बढेर प्रतिकिलो ९० देखि १ सय रुपैयाँसम्म पुगेको थियो। प्याजको मूल्य बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले केही गोदाममा छापा मारेको थियो। विभागले मूल्य नबढाउन निर्देशन दिँदै कारबाही थालेपछि मूल्यमा केही सुधार भएको पनि थियो।

भारतले लगाएको निर्यात कर र स्वदेशमा लाग्ने १३ प्रतिशत मूल्य अभिवृद्धि करले नेपालमा प्याजको मूल्य बढ्न थालेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

पटक-पटक अवरोध 
भारतले नेपाली बजारमा माग बढ्ने सिजनमा पटक-पटक प्याज निर्यातमा अवरोध गर्ने तथा कर लगाउने गर्दै आएको पाइन्छ। असार-साउनदेखि मंसिर-पुस महिनासम्म नेपालमा प्याज उत्पादन नहुने तर खपत बढी हुने गर्छ। 

२०७५ मंसिर १२ मा भारतले प्याजको अभाव भएको र मूल्य अकाशिएकाले नियन्त्रण गर्ने भन्दै निर्यातमा प्रतिबन्ध लगाउँदा यसको ठूलो प्रभाव नेपाली बजारमा परेको थियो। त्यस्तै, २०७६ असोजमा र २०७७ भदौ २९ मा पनि भारतले प्याजको निर्यातमा प्रतिबन्ध लगाएको थियो।

यसरी भारतले पटक-पटक प्याजको निर्यातमा रोक लगाउने तथा भ्याट लगाउने गर्दा यसको असर नेपाली बजारमा पर्ने गरेको छ। जसका कारण बजारमा प्याजको मूल्य बढाउने, कालोबजारी गर्ने गर्दा आम उपभोक्ता यसको मारमा पर्ने गरेका छन्।

भारतबाटै आउँछ शतप्रतिशत प्याज
विगत ५ वर्षमा नेपालमा कुल ६ लाख ६४ हजार ७३७ मेट्रिक टन प्याज आयात हुँदा २३ अर्ब ६३ करोड १ लाख ५३ हजार रुपैयाँ बाहिरिएको केन्द्रीय भन्सार विभागको तथ्यांकमा छ। जससमध्ये शतप्रतिशत जस्तो प्याज भारतबाट नै आयात हुने गरेको विभागको तथ्यांकले देखाउँछ।

Xtrem

Xtrem

गत आर्थिक वर्ष २०७९/०८० मा नेपालमा ६ अर्ब ७५ करोड ९ लाख २३ हजार रुपैयाँ बराबरको १ लाख ८० हजार मेट्रिक टन प्याज आयात भएको थियो। जसमध्ये ६ अर्ब ७५ करोड ९ लाख २२ हजार कुल १ लाख ८० हजार १९० मेट्रिक टन प्याज भारतबाट आयात भएको विभागको तथ्यांकमा छ। 

आर्थिक वर्ष २०७८/०७९ मा १ लाख ६८ हजार ५४० मेट्रिक टन प्याज आयात हुँदा ६ अर्ब १७ करोड ५ लाख ७१ हजार रुपैयाँ बाहिरिएको थियो।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा २ अर्ब ४६ करोड ८२ लाख ३६ हजार रुपैयाँ बराबरको ६२ हजार ७५४ मेट्रिक टन प्याज आयात भएको थियो। २०७६/०७७ मा ७७ हजार ५४४ मेट्रिक टन प्याज आयात हुँदा २ अर्ब ९७ करोड ६८ लाख ९ हजार रुपैयाँ बाहिरिएको थियो।

आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब २६ करोड ९६ लाख १४ हजार रुपैयाँको १ लाख ६७ हजार मेट्रिक टन प्याज आयात भएको थियो।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गगनलाई अमरेशको जवाफ – पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार
सम्बन्धित सामग्री
अध्ययन बिदा दुरुपयोगबारे कृषि तथा वन विज्ञान विश्वविद्यालयमा छानबिन समिति विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प... मंगलबार, असोज १३, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
ताजा समाचारसबै
गगनलाई अमरेशको जवाफ – पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
कांग्रेसमा उम्मेदवारी शुल्क तोकियो, सभापतिका लागि ४० हजार सोमबार, असोज १९, २०८३
कांग्रेस महाधिवेशन : आज बेलुका मतदाता नामावली प्रकाशन गरिने, २२ गते मतदान सोमबार, असोज १९, २०८३
सभापति गगनको निष्कर्ष : उद्देश्यभन्दा पद र सत्ता रोज्दा कांग्रेस जनताबाट टाढियो सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्