• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आर्थिक वर्ष २०७९/८० को लेखाजोखा– तथ्याङ्कले बलियो अर्थतन्त्र

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १, २०८०  १६:३७
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको  आर्थिक वर्ष २०७९/८० को वार्षिक तथ्याङ्कले नेपालको अर्थतन्त्र सुदृढ हुँदै गएको देखाएको छ। आर्थिक वर्ष ०७८/०७९ को तुलनामा पछिल्लो आर्थिक वर्षमा आर्थिक सूचकहरु सुधारोन्मुख भएको देखिएको छ।

विदेशी मुद्रा सञ्चिति १५ खर्ब ३९ अर्ब माथि, १० महिनाको आयात धान्न पुग्ने
बैंकिङ क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार बैंकिङ क्षेत्रसँग विदेशी मुद्राको सञ्चिति बढेको देखिएको छ। 

शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७९/०८० को वार्षिक तथ्याङ्कअनुसार विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढेर २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७९ असार मसान्तसम्म नेपालको विदेशिक मुद्राको सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ बराबर रहेको थियो।

असार मसान्तसम्मको सञ्चितिले १० महिनासम्म वस्तु तथा सेवाको आयात धान्नसक्ने राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ।

‘आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ।

एक वर्षमा बढे करिब ५ लाख पर्यटक
आर्थिक वर्ष २०७९/८० मा ८ लाख ६२ हजार ९९२ पर्यटक नेपाल भित्रिएका छन्। यस आर्थिक वर्षमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ।

अघिल्लो आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या  ३ लाख ७४ हजार १४७ रहेको थियो।

शोधनान्तर स्थिति २ खर्ब ९० अर्बले बचतमा
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९/८० मा शोधनान्तर स्थितिमा उल्लेख्य सुधार भएको छ। अघिल्लो वर्ष करिब २ खर्ब ५५ अर्ब घाटामा रहेको शोधनान्तर स्थिति अहिले २ खर्ब ९० अर्बले बचतमा रहेको छ। 

Ncell 2
Ncell 2

‘समीक्षा वर्षमा शोधनान्तर स्थिति २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ। अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको थियो,’ राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ।

भित्रियो १२ खर्ब २० अर्ब बढी रेमिट्यान्स
आर्थिक वर्ष २०७९/८० मा नेपालमा १२ खर्ब २० अर्ब रुपैयाँभन्दा बढी विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। 

यस वर्ष १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो। यस आर्थिक वर्षमा रेमिट्यान्सको आप्रवाह २१.२ प्रतिशतले वृद्धि भएको छ।

अध्ययन प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको थियो।

राजस्व संकलनमा भने घट्यो
गत आर्थिक वर्ष ०७९/८०मा राजस्व संकलन घटेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा १ खर्ब १० अर्बले राजस्व संकलन घटेको हो।

यस आर्थिक वर्षमा प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत गरेर ९ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ राजस्व संकलन भएको छ। 

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कुल राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रुपैयाँ भएको थियो।

ऋण बढ्यो
नेपाल सरकारको ऋण २२ खर्ब १८ अर्ब पुगेको छ। २०८० को असार मसान्तसम्म ऋण २२ खर्ब १८ अर्ब ५४ करोड रुपैयाँ पुगेको हो।

नेपाल सरकारको कुल तिर्न बाँकी ऋणमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड रहेको छ। यसैगरी आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

तथ्याङ्कअनुसार प्रतिनेपाली ऋणको भार ७४ हजार १०८ रुपैयाँ पुगेको छ।

विदेश गए नयाँ ५ लाख नेपाली
त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा करिब ५ लाख नेपालीले वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिएका छन्। 

‘समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत)नयाँ लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भइ ४ लाख ९७ हजार ७०४ पुगेको छ,’ राष्ट्र बैंकले आफ्नो प्रतिवेदनमा भनेको छ। 

त्यसअघिको आर्थिक वर्षमा सो स्वीकृति लिने ३९२.० प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्यामा समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आइ २ लाख ७७ हजार २७२ पुगेको सो प्रतिवेदनमा उल्लेख छ। अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा
सम्बन्धित सामग्री
सुनको मूल्य तोलामा २८०० रुपैयाँ बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा छापावाल सुन तोलामा २८०० रुपैयाँ बढ्दै २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको... आइतबार, पुस २७, २०८२
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको ४ हजार ७८० रुपैयाँ कायम भएको छ । शुक्रबार, पुस २५, २०८२
अमेरिकी डलरको भाउ लगातार उच्च बिन्दुमा यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६८ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ २७... शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
८५ पुग्यो समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिनेको संख्या सोमबार, पुस २८, २०८२
एन्फाको निर्वाचन प्रक्रिया रोक्न उच्च अदालत पाटनको अल्पकालीन अन्तरिम आदेश सोमबार, पुस २८, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
कांग्रेस विशेष महाधिवेशन लम्बियो सोमबार, पुस २८, २०८२
देउवा निवासको छलफलपछि ज्ञानेन्द्र कार्कीले भने- पार्टी गम्भीर अवस्थामा छ सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्