• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, पुस १३, २०८२ Sun, Dec 28, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश सरकारः सत्ताका लागि एकपछि अर्को सम्झौता गर्दै उद्धव थापा

64x64
ईश्वर बराल सोमबार, साउन २९, २०८०  १८:१३
1140x725

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एक मात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)लाई फकाउन शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफू पहिचानको पक्षमा रहेको र प्रदेश नामकरणको असन्तुष्टिलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरे। उनले भने, ‘नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता तथा संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य हो।’ 

थापाले यति प्रतिबद्धता जनाएपछि जसपा पनि विश्वस्त भयो र शुक्रबार नै सांसद निर्मला लिम्बूलाई सरकारमा पठायो। र, उनले स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत लिइन्।

साउन १६ गते मुख्यमन्त्रीका लागि दाबी गर्ने अन्तिम समयमा जसपाले थापाबाट यही प्रतिबद्धता खोजेको थियो। उसलाई सत्तामा पनि जानुपर्ने, पहिचानको कुरामा पनि छोड्न नहुने अवस्थाबाट ‘रेस्क्यू’ गर्ने काम थापाबाट भएको हो। थापालाई आफ्नो सरकार जोगाउन निर्णायक मत ‘१’ बोकेको जसपाको माग अनुसारको प्रतिबद्धता दिनुपर्ने बाध्यता आएको उनकै पार्टीका सांसद बताउँछन्। 

मुख्यमन्त्री थापा आफूलाई प्राप्त भएको सत्तालाई बहुमतमा टिकाइरहन जुनसुकै सम्झौता गर्न तयार हुने आरोप प्रतिपक्षी एमालेका सचेतक रेवतीरमण भण्डारी लगाउँछन्। 

‘यसअघि कांग्रेस–एमाले एकैमत भएर कोशी प्रदेश नामकरण गरिएको हो। अहिले सत्ताका लागि कांग्रेसले जस्तो पनि सम्झौता गर्दैछ। तर कांग्रेसलाई चेतावनी दिन चाहन्छौं कि दूरगामी सम्झौता गर्दा विचार गरियोस्’, भण्डारीले नेपाल लाइभसँग भने। 

फागुन १७ गते सदनबाट सो नाम पारित हुँदै गर्दा कांग्रेस–एमाले–माओवादी पक्षमा हुँदा ४ सांसद रहेको एकीकृत समाजवादी र एक सांसद भएको जसपा विपक्षमा थिए। 

सम्झौताले ४७ अंक पुर्‍याएका थापा संसद्‌मा पास होलान्?
थापालाई १६ गते साँझ ५ गतेसम्ममा मुख्यमन्त्रीमा दाबी गर्नु थियो। तर बहुमतका लागि आवश्यक ४७ सांसद पुर्‍याउन १ हस्ताक्षरका लागि उनको पर्खाइ थियो सभामुखको राजीनामा। सभामुख बाबुराम गौतम भने काठमाडौंबाट विराटनगर निकै ढिलाइ गरेर पुगेका थिए। गौतम अर्थमन्त्री पाउने सहमतिमा सभामुख पद त्याग्न जाँदै थिए। 

थापाले अन्तिम मिनेटमा ४७ सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। जसलाई प्रदेश प्रमुखले तत्काल सकारेका थिए। 

Ncell 2
Ncell 2

अर्थमन्त्री भएपछि गौतमको औचित्य तत्काललाई सकिएको थियो। सोही अंकलाई स्थिर राख्न एकमात्र सांसद रहेको जसपासँग शुक्रबार सम्झौता गरेर ढुक्कको अवस्थामा छन् थापा। 

तर, बहुमत ४७ सांसदको समर्थनलाई कायम राख्न अनेक सम्झौतामा फसिरहेका थापाले त्यसलाई सिद्ध भने संसद्‌मा गर्नुपर्ने हुन्छ। त्यसका लागि उनीसँग समय साउन १६ गतेका दिनबाट ३० दिन भदौ १६ गतेसम्मका लागि छ। तर यो बीचमा  सदन चलेको छैन।  प्रदेश सभा सचिवालयले भाद्र १ गतेका लागि प्रदेश सभा बैठक आह्वान गरेको छ। 

सत्तामा रहँदा ४७ रहेको संसदीय गणित सदनमा पुग्दा कम हुने सम्भावना बन्न सक्ने कारण भनेको कोशी प्रदेशको संसदीय अंकमाथिको राजनीतिले हो। सभामुखलाई राजीनामा दिलाएर ४७ पुर्‍याउन बाध्यात्मक अवस्थामा पुगेको अहिलेको गठबन्धनलाई प्रतिपक्षी राप्रपा–एमालेले संसद्‌मा चुनौती दिने अवस्था छ। 

सभामुख रिक्त रहँदा उपसभामुखले सदन चलाउनुपर्ने संवैधानिक व्यवस्था छ। एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले पनि पद त्यागेमा ज्येष्ठ सदस्यले सदन चलाउनुपर्ने संविधानमै व्यवस्था छ। 

संविधानको धारा १८२ को उपधारा ५ मा उल्लेख छ, ‘दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछन्।’

यो व्यवस्था अनुसार कांग्रेसका सांसद गयानन्द मण्डलले सभा सञ्चालन गर्नुपर्नेछ। जसले थापाको पक्षमा रहेको ४७ अंकको बहुमत गुम्ने अवस्था बन्नेछ। 

यो अवस्थाको जानकार सत्तापक्षले कुनै पनि हिसाबमा सभा सञ्चालन नगर्ने बताउँछन् कांग्रेस कोशीका सचेतक भुपेन्द्र राई।‘हाम्रो पक्षले सदन चलाउनुपर्ने अवस्था आउनै मिल्दैन। उपसभामुख हुँदै हुनुहुन्छ। उहाँले सदन सञ्चालन गर्नुहुन्छ,’ राई भन्छन्। 

यता, उपसभामुख निकट एक सांसद भने उपसभामुखले सुझबुझपूर्ण निर्णय लिने बताउँछन्। उनी उपसभामुखले राजीनामा दिने परिस्थिति बन्दै गएको संकेत गर्छन्। 

‘सत्तापक्षको नियत हेर्दा हामीले चुप बस्ने अवस्था छैन। उपसभामुखले आवश्यकता अनुसार ठोस निर्णय गर्नुहुन्छ,’ ती सांसदले भने। 

एमाले सचेतक भण्डारी पनि उपसभामुखलाई पार्टीले केही नभन्ने, उनले आफैं उचित निर्णय लिने बताउँछन्। ‘हामीले भन्ने पद होइन त्यो। उहाँले सिंगो प्रदेशको हितमा निर्णय लिनुहुन्छ भन्ने लाग्छ,’ भण्डारी भन्छन्। 

एमालेका ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसद यो प्रदेशका विपक्षमा छन्। 

प्रतिपक्षी एमालेको बजेट कार्यान्वयन गर्दै थापा सरकार
अल्पमतमा परेपछि असार १ गते अध्यादेशमार्फत् ल्याएको बजेट तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले असार १४ गते सदनमा टेबुल गरे। लगत्तै उनी सरकारबाट बाहिरिए। त्यसयता सरकार बन्ने र भत्किने क्रममै बजेट साउन १ गतेबाट स्वत: कार्यान्वयनमा गयो। अध्यादेशबाट आएको बजेटलाई भदौ १४ गते अर्थात् सदनमा टेबुल भएको ६० दिनभित्रमा पास नगरे स्वत: निष्क्रिय हुने अवस्था बन्छ। यदि त्यसो भएमा सरकारले बजेट खर्च गर्न पाउने छैन। 

थापासँग अब करिब १७ दिन समय बाँकी छ। उनले कि एमालेले ल्याएको बजेट स्वीकार गर्नुपर्ने हुन्छ वा प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याउनुपर्ने हुन्छ। मुख्यमन्त्री थापा भने बजेट प्रतिस्थापन गर्ने बताउँछन्। 

‘अहिलेको बजेटलाई हामी प्रतिस्थापन गर्छौं, सर्वदलीय सहमतिबाट बजेट ल्याउने तयारी गरेका छौं। विस्थापन भएपछि त्यो समयसीमाबाट मुक्त हुन्छ र सबै दलको सहमतिबाट नै गरिनेछ,’ थापाको दाबी छ। 

तर, थापाले दाबी गरेजस्तो सहज भने छैन। एमाले भने आफूले ल्याएको बजेट नै पास गराउने राणनीतिमा देखिन्छ। एमाले कोशीका एक सांसद भन्छन्, ‘यहाँनेर भने हामी संसदीय खेल खेल्न सक्छौं। एक अंकको फरक हो। हामी थापाबाट अंक घटाएर धारा ३ अन्तर्गत आफ्नो नेतृत्वमा सरकार बनाउँछौं र हामीले ल्याएको बजेट पनि पारित गराउँछौं।’

मुख्यमन्त्री थापा पनि विश्वासको मत लिनुभन्दा पहिला बजेट पारित गर्ने तयारीमा छन्। यसका लागि उनि राप्रपासँग पनि घनिभूत छलफलमा रहेको कांग्रेसी नेताहरु बताउँछन्।

कुनै समयका राजनीतिक सहकर्मी राप्रपा कोशीका सचेतक भक्तिप्रसाद सिटौला र थापा बीच व्यक्तितहमै दरार रहेकाले उनै थापाको सरकारलाई राप्रपाले काँध नहाल्ने राप्रपाका नेताहरु बताउँछन्। सिटौला कांग्रेस परित्याग गरेर २०७० मा मात्र राप्रपामा प्रवेश गरेका हुन्। उनी प्रथम जनआन्दोलन र दोस्रो जनआन्दोलनमा झापा कांग्रेसको तर्फबाट अग्रमोर्चामा थिए। उनै सिटौला पार्टी भित्रको अन्तरसंघर्षले उछिटिएर राप्रपा आइपुगेका हुन्।

६ सांसद रहेको राप्रपाले थापालाई समर्थन गरिदिए उनीसँग स्पष्ट बहुमत हुन्छ। राप्रपा भने आफूहरु सत्ताको वैशाखी नहुने बताउँछ। ‘हामी सत्ताकै लागि कसैको वैशाखी हुँदैनौं,’ राप्रपा नेता सिटौला भन्छन्,‘हामी अहिले तटस्थ भूमिकामा हुन्छौं।’ 
थापा भने राप्रपालाई सत्तामा ल्याउन जुनसुकै सम्झौता पनि गर्न तयारीमा रहेको कांग्रेसकै नेताहरु बताउँछन्। उनी राप्रपालाई चुनावी सरकारको नेतृत्व दिनसम्मको सम्झौता गरेर सरकारमा सहभागी गराउने छलफलमा रहेको एक नेता बताउँछन्।

नाम नखुलाउने शर्तमा ती नेता भन्छन्,‘उद्धव दाई राप्रपालाई मुख्यमन्त्रीसमेत दिने तहको छलफलमा हुनुहुन्छ। यदि मान्यो भने उसलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्ताव छ।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने उनले भने, ‘प्रदेशबाट जिम्मेवार साथीहरूले नै नाम टुङ्ग्याएर पठाउनुभएको छ। त्यसलाई केन्द्रले हेरेर परिमार्जित गरेर भोलिसम्म आयोगमा बुझ... आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको जनाउँदै केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्। आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त उनले भने, “पुनर्स्थापनाको मुद्दा अदालतमा पुगेको र यसबारे सम्बन्धित निकायमा जवाफ दिनुपर्ने अवस्था आउन सक्ने भएकाले प्रक्रियागत अप्ठ्य... आइतबार, पुस १३, २०८२
ताजा समाचारसबै
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह आइतबार, पुस १३, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
यस्तो छ निर्वाचन आचारसंहिता (पुर्णपाठ) आइतबार, पुस १३, २०८२
कांग्रेसले समानुपातिक सूची सोमबार आयोगमा बुझाउने आइतबार, पुस १३, २०८२
पार्टी परित्याग गरेकालाई घर फर्कन काँग्रेसको आह्वान आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपा–बालेनबिच सात बुँदे सहमति: रवि पार्टी सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार आइतबार, पुस १३, २०८२
नेकपा (माओवादी) ले गर्‍यो संघर्षका कार्यक्रम घोषणा शनिबार, पुस १२, २०८२
आफ्नो पार्टीको अस्तित्व मासेर एकतामा नजाने उज्यालो नेपालको निष्कर्ष शनिबार, पुस १२, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
सभामुख घिमिरे र उपसभामुख रानाको कार्यकाल औपचारिक रूपमा समाप्त आइतबार, पुस १३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
लुभु हत्याकाण्डमा अर्को शव पनि फेला सोमबार, पुस ७, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्