• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कोशी प्रदेश सरकारः सत्ताका लागि एकपछि अर्को सम्झौता गर्दै उद्धव थापा

64x64
ईश्वर बराल सोमबार, साउन २९, २०८०  १८:१३
1140x725

काठमाडौं– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एक मात्र सांसद रहेको जनता समाजवादी पार्टी (जसपा)लाई फकाउन शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरी आफू पहिचानको पक्षमा रहेको र प्रदेश नामकरणको असन्तुष्टिलाई सम्बोधन गर्न आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरे। उनले भने, ‘नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता तथा संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेश सभाको कर्तव्य हो।’ 

थापाले यति प्रतिबद्धता जनाएपछि जसपा पनि विश्वस्त भयो र शुक्रबार नै सांसद निर्मला लिम्बूलाई सरकारमा पठायो। र, उनले स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत लिइन्।

साउन १६ गते मुख्यमन्त्रीका लागि दाबी गर्ने अन्तिम समयमा जसपाले थापाबाट यही प्रतिबद्धता खोजेको थियो। उसलाई सत्तामा पनि जानुपर्ने, पहिचानको कुरामा पनि छोड्न नहुने अवस्थाबाट ‘रेस्क्यू’ गर्ने काम थापाबाट भएको हो। थापालाई आफ्नो सरकार जोगाउन निर्णायक मत ‘१’ बोकेको जसपाको माग अनुसारको प्रतिबद्धता दिनुपर्ने बाध्यता आएको उनकै पार्टीका सांसद बताउँछन्। 

मुख्यमन्त्री थापा आफूलाई प्राप्त भएको सत्तालाई बहुमतमा टिकाइरहन जुनसुकै सम्झौता गर्न तयार हुने आरोप प्रतिपक्षी एमालेका सचेतक रेवतीरमण भण्डारी लगाउँछन्। 

‘यसअघि कांग्रेस–एमाले एकैमत भएर कोशी प्रदेश नामकरण गरिएको हो। अहिले सत्ताका लागि कांग्रेसले जस्तो पनि सम्झौता गर्दैछ। तर कांग्रेसलाई चेतावनी दिन चाहन्छौं कि दूरगामी सम्झौता गर्दा विचार गरियोस्’, भण्डारीले नेपाल लाइभसँग भने। 

फागुन १७ गते सदनबाट सो नाम पारित हुँदै गर्दा कांग्रेस–एमाले–माओवादी पक्षमा हुँदा ४ सांसद रहेको एकीकृत समाजवादी र एक सांसद भएको जसपा विपक्षमा थिए। 

सम्झौताले ४७ अंक पुर्‍याएका थापा संसद्‌मा पास होलान्?
थापालाई १६ गते साँझ ५ गतेसम्ममा मुख्यमन्त्रीमा दाबी गर्नु थियो। तर बहुमतका लागि आवश्यक ४७ सांसद पुर्‍याउन १ हस्ताक्षरका लागि उनको पर्खाइ थियो सभामुखको राजीनामा। सभामुख बाबुराम गौतम भने काठमाडौंबाट विराटनगर निकै ढिलाइ गरेर पुगेका थिए। गौतम अर्थमन्त्री पाउने सहमतिमा सभामुख पद त्याग्न जाँदै थिए। 

थापाले अन्तिम मिनेटमा ४७ सांसदको हस्ताक्षर जुटाएर मुख्यमन्त्रीमा दाबी गरेका थिए। जसलाई प्रदेश प्रमुखले तत्काल सकारेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अर्थमन्त्री भएपछि गौतमको औचित्य तत्काललाई सकिएको थियो। सोही अंकलाई स्थिर राख्न एकमात्र सांसद रहेको जसपासँग शुक्रबार सम्झौता गरेर ढुक्कको अवस्थामा छन् थापा। 

तर, बहुमत ४७ सांसदको समर्थनलाई कायम राख्न अनेक सम्झौतामा फसिरहेका थापाले त्यसलाई सिद्ध भने संसद्‌मा गर्नुपर्ने हुन्छ। त्यसका लागि उनीसँग समय साउन १६ गतेका दिनबाट ३० दिन भदौ १६ गतेसम्मका लागि छ। तर यो बीचमा  सदन चलेको छैन।  प्रदेश सभा सचिवालयले भाद्र १ गतेका लागि प्रदेश सभा बैठक आह्वान गरेको छ। 

सत्तामा रहँदा ४७ रहेको संसदीय गणित सदनमा पुग्दा कम हुने सम्भावना बन्न सक्ने कारण भनेको कोशी प्रदेशको संसदीय अंकमाथिको राजनीतिले हो। सभामुखलाई राजीनामा दिलाएर ४७ पुर्‍याउन बाध्यात्मक अवस्थामा पुगेको अहिलेको गठबन्धनलाई प्रतिपक्षी राप्रपा–एमालेले संसद्‌मा चुनौती दिने अवस्था छ। 

सभामुख रिक्त रहँदा उपसभामुखले सदन चलाउनुपर्ने संवैधानिक व्यवस्था छ। एमालेबाट उपसभामुख बनेकी सिर्जना दनुवारले पनि पद त्यागेमा ज्येष्ठ सदस्यले सदन चलाउनुपर्ने संविधानमै व्यवस्था छ। 

Xtrem

Xtrem

संविधानको धारा १८२ को उपधारा ५ मा उल्लेख छ, ‘दुवै पद रिक्त भएको अवस्थामा प्रदेश सभाको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्नेछन्।’

यो व्यवस्था अनुसार कांग्रेसका सांसद गयानन्द मण्डलले सभा सञ्चालन गर्नुपर्नेछ। जसले थापाको पक्षमा रहेको ४७ अंकको बहुमत गुम्ने अवस्था बन्नेछ। 

यो अवस्थाको जानकार सत्तापक्षले कुनै पनि हिसाबमा सभा सञ्चालन नगर्ने बताउँछन् कांग्रेस कोशीका सचेतक भुपेन्द्र राई।‘हाम्रो पक्षले सदन चलाउनुपर्ने अवस्था आउनै मिल्दैन। उपसभामुख हुँदै हुनुहुन्छ। उहाँले सदन सञ्चालन गर्नुहुन्छ,’ राई भन्छन्। 

यता, उपसभामुख निकट एक सांसद भने उपसभामुखले सुझबुझपूर्ण निर्णय लिने बताउँछन्। उनी उपसभामुखले राजीनामा दिने परिस्थिति बन्दै गएको संकेत गर्छन्। 

‘सत्तापक्षको नियत हेर्दा हामीले चुप बस्ने अवस्था छैन। उपसभामुखले आवश्यकता अनुसार ठोस निर्णय गर्नुहुन्छ,’ ती सांसदले भने। 

एमाले सचेतक भण्डारी पनि उपसभामुखलाई पार्टीले केही नभन्ने, उनले आफैं उचित निर्णय लिने बताउँछन्। ‘हामीले भन्ने पद होइन त्यो। उहाँले सिंगो प्रदेशको हितमा निर्णय लिनुहुन्छ भन्ने लाग्छ,’ भण्डारी भन्छन्। 

एमालेका ४० र राप्रपाका ६ सांसदसहित ४६ सांसद यो प्रदेशका विपक्षमा छन्। 

प्रतिपक्षी एमालेको बजेट कार्यान्वयन गर्दै थापा सरकार
अल्पमतमा परेपछि असार १ गते अध्यादेशमार्फत् ल्याएको बजेट तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले असार १४ गते सदनमा टेबुल गरे। लगत्तै उनी सरकारबाट बाहिरिए। त्यसयता सरकार बन्ने र भत्किने क्रममै बजेट साउन १ गतेबाट स्वत: कार्यान्वयनमा गयो। अध्यादेशबाट आएको बजेटलाई भदौ १४ गते अर्थात् सदनमा टेबुल भएको ६० दिनभित्रमा पास नगरे स्वत: निष्क्रिय हुने अवस्था बन्छ। यदि त्यसो भएमा सरकारले बजेट खर्च गर्न पाउने छैन। 

थापासँग अब करिब १७ दिन समय बाँकी छ। उनले कि एमालेले ल्याएको बजेट स्वीकार गर्नुपर्ने हुन्छ वा प्रतिस्थापन विधेयकमार्फत् नयाँ बजेट ल्याउनुपर्ने हुन्छ। मुख्यमन्त्री थापा भने बजेट प्रतिस्थापन गर्ने बताउँछन्। 

‘अहिलेको बजेटलाई हामी प्रतिस्थापन गर्छौं, सर्वदलीय सहमतिबाट बजेट ल्याउने तयारी गरेका छौं। विस्थापन भएपछि त्यो समयसीमाबाट मुक्त हुन्छ र सबै दलको सहमतिबाट नै गरिनेछ,’ थापाको दाबी छ। 

तर, थापाले दाबी गरेजस्तो सहज भने छैन। एमाले भने आफूले ल्याएको बजेट नै पास गराउने राणनीतिमा देखिन्छ। एमाले कोशीका एक सांसद भन्छन्, ‘यहाँनेर भने हामी संसदीय खेल खेल्न सक्छौं। एक अंकको फरक हो। हामी थापाबाट अंक घटाएर धारा ३ अन्तर्गत आफ्नो नेतृत्वमा सरकार बनाउँछौं र हामीले ल्याएको बजेट पनि पारित गराउँछौं।’

मुख्यमन्त्री थापा पनि विश्वासको मत लिनुभन्दा पहिला बजेट पारित गर्ने तयारीमा छन्। यसका लागि उनि राप्रपासँग पनि घनिभूत छलफलमा रहेको कांग्रेसी नेताहरु बताउँछन्।

कुनै समयका राजनीतिक सहकर्मी राप्रपा कोशीका सचेतक भक्तिप्रसाद सिटौला र थापा बीच व्यक्तितहमै दरार रहेकाले उनै थापाको सरकारलाई राप्रपाले काँध नहाल्ने राप्रपाका नेताहरु बताउँछन्। सिटौला कांग्रेस परित्याग गरेर २०७० मा मात्र राप्रपामा प्रवेश गरेका हुन्। उनी प्रथम जनआन्दोलन र दोस्रो जनआन्दोलनमा झापा कांग्रेसको तर्फबाट अग्रमोर्चामा थिए। उनै सिटौला पार्टी भित्रको अन्तरसंघर्षले उछिटिएर राप्रपा आइपुगेका हुन्।

६ सांसद रहेको राप्रपाले थापालाई समर्थन गरिदिए उनीसँग स्पष्ट बहुमत हुन्छ। राप्रपा भने आफूहरु सत्ताको वैशाखी नहुने बताउँछ। ‘हामी सत्ताकै लागि कसैको वैशाखी हुँदैनौं,’ राप्रपा नेता सिटौला भन्छन्,‘हामी अहिले तटस्थ भूमिकामा हुन्छौं।’ 
थापा भने राप्रपालाई सत्तामा ल्याउन जुनसुकै सम्झौता पनि गर्न तयारीमा रहेको कांग्रेसकै नेताहरु बताउँछन्। उनी राप्रपालाई चुनावी सरकारको नेतृत्व दिनसम्मको सम्झौता गरेर सरकारमा सहभागी गराउने छलफलमा रहेको एक नेता बताउँछन्।

नाम नखुलाउने शर्तमा ती नेता भन्छन्,‘उद्धव दाई राप्रपालाई मुख्यमन्त्रीसमेत दिने तहको छलफलमा हुनुहुन्छ। यदि मान्यो भने उसलाई चुनावी सरकारको नेतृत्व दिने प्रस्ताव छ।’

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १८:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम तत्कालिन राजदूत नवीन श्रीवास्तवको कार्यकाल सकिएसँगै भारतले उनको स्थानमा वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नयाँ राजदूतका रूपमा प्रस्त... बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमा विभिन्न जिम्मेवारी सम्हालिसकेका पत्रकारहरू कांग्रेसको केन्द्रीय नेतृत्वमा पुग्ने आकांक्ष... बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार( आज) बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ६ वटा निर्णय गरेको सरकारका प्र... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात बुधबार, असोज २१, २०८३
बिर्तामोड नयाँ बसपार्कबाट १ हजार १ सय बोतल अमिलो बरामद गरी नष्ट बुधबार, असोज २१, २०८३
एग्रिमोका लागि आयो प्रस्तावित भारतीय राजदुतको नाम बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
कांग्रेसकाे नेता बन्न तम्सिए पत्रकार, काे कुन पदमा? बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
एमालेमा ओलीको आलोचना गर्न प्रतिबन्ध मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्